बर्तमान सरकार समाजवादको नाममा भ्रष्ट र नव सामन्तवादको जिउदो प्रतिमुर्ति हो।
राप्रपा (संयुक्त ) का अध्यक्ष द्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जबराद्वारा हस्ताक्षरित आज जारी बिज्ञप्तिमा मार्फत बर्तमान सरकार समाजबादको नाममा भ्रष्ट र नव सामन्तवादको जिउदो प्रतिमुर्ति भएको जनाईएको छ।
देशमा दिन दुगुना र रात चारगुनाका दरले देशमा भ्रष्टाचार वृद्धि हुँदै गएको र यसलाई मलजल गर्ने कार्य बर्तमान सरकारको नेतृत्व वर्गले नै गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले वर्तमान सरकार समाजवादको नाममा भ्रष्ट, नव सामन्तवादको जिउदो प्रतिमुर्तिको रुपमा देखा पर्नुका साथै प्रजातन्त्र र लोकतन्त्रको आडमा भ्रस्टाचारलाई सस्थागत गरी प्रजातन्त्र मास्ने अभियानमा लागेको जारी बिज्ञप्तिमा बताएको छ ।
द्वय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जबराद्वारा जारी विज्ञप्तिमार्फत नीतिगत तहदेखि कार्यान्वयन र सेवा प्रवाह गर्ने तहसम्म भ्रष्टाचार वर्तमान सरकारको छत्रछायाँमा संस्थागत हुँदै गएको भन्दै प्रजातन्त्र मास्ने अभियानमा सरकार लागेको बताएको हो ।
जारी विज्ञप्तिमा सरकारप्रति जनतामा असन्तुष्टि बढेको, विभिन्न काण्डमा मुछिएको सरकार भ्रष्ट समेत भएको बताईएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘देश भ्रष्टाचारमा डुब्दै जाने तर सत्तासिन नेताहरु सारङ्गी र बाँसुरी बजाउँदै मनोरञ्जन गर्ने शैली प्राचिन समयमा रोममा मान्छे आगोमा जल्दै गर्दा त्यस बेलाका सम्राटले बाँसुरी बजाउँदै रमाइलो गर्ने गर्दथेरे बास्तबमा।बर्तमान सरकार त्यही यथार्थता सँग मेल खाने देखा परेको छ । यो भ्रष्ट र नौटंकीको विरोधमा एकचोटि नेपाली जनता सडकमा उत्रिन अनिवार्य हुँदै गएको हाम्रो पार्टीको ठम्याई रहेको राप्रपा (संयुक्त ) ले जनाएको छ।
प्रेस बिज्ञप्ति जस्ताको तस्तै: