लक्ष्मी ब्लोन तामाङ/ साइप्रस
गत आइतबार ०२ फेब्रुअरी २०२० मा नेपाल तामाङ घेदुङ प्रवासी साईप्रसले आयोजना गरिएको २८५६ सोनम जिवा/नाम्युङ ल्हो (मुसा वर्ग) ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
संस्था अध्यक्ष साङमो थोकर तामाङको सभापतित्व र होनरी कन्सुलेट नेपालका प्रमुख राम जीवन पञ्जियारको प्रमुख आतिथ्यमा साइप्रसको ट्रीकिस पार्टी प्यालेस लिमासोल स्थित सु - सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विशेष अतिथिगणहरु NRNAअतिथी गैर आवासीय नेपाली संघ,साईप्रसकि वर्तमान अध्यक्ष दिल कुमारी तिलिजा साथै गैर आवासीय नेपाली संघ साईप्रस कै प्रमुख संरक्षक सुबास मल्ल र पुर्व महासचिव सन्तोष बडाल, अतिथीुहरु तमु सेवा समाज साइप्रसकी अध्यक्ष धन गुरुङ,
चितवनसेवा समाज साइप्रसको महासचिव बिमल पुरी ज्यु, किराँत याक्थुङ चाम्लुङ साइप्रसको सबिन सिगु (तेजबहादुर सिगु) , शेर्पा किदुग साईप्रसको उपाध्यक्ष मीन लामा, नेपाल मगर संघ साइप्रसको अध्यक्ष खगेन राना मगर , किराँत राई यायोक्खा साइप्रसको अध्यक्ष मलिना राई , ह्योल्मो समाज साईप्रसकी कोषाध्यक्ष कर्चुङ अमु ह्योल्मो, रास्ट्रीय जनमुक्ति मन्च साइप्रसकि तरा राई, जन सम्पर्क समिति साइप्रसकी सरस्वती खनाल , प्रबासी नेपाली एकता मञ्च साप्रसकी संयोजक रमिला राई , संघीय लिम्बुवान समाजिक मञ्च साइप्रसको बाल कुमार लिम्बू , बौद्ध महासंघ साईप्रसको शुभम तामाङ, दोलखाली एकता समाज साइप्रसकि वरिष्ठ अध्यक्ष डोमा शेर्पा , पत्रकार मिडिया कर्मी हरु बुद्धिजिबि तथा समाज सेविहरु साथै दर्शकहरुको बाग्लो उपस्थिति रहेका थियो ।
"तामाङ जातिको उत्थान,भाषा धर्म र सांस्कृतिकको संरक्षण गरौँ२८५६ सोनाम ल्होछार (जिवा) ल्हो मुसा वर्ग भब्यताका साथ सफल पारौँ" " शिक्षा नै ज्ञानको ज्योती हो" भन्ने मुल नारा र उदेश्यका साथ आयोजित ल्होछार कार्यक्रम सभापति र प्रमुख अतिथि होनरी कन्सुलेट साइप्रसको प्रमुख डा. रामजिवन पन्जियरले दिप प्रज्वलन साथै राष्ट्रिय गान वाचन गरि समरोह उद्धाटन गरिएको थियो।
सस्थाकी वरिष्ठ अध्यक्ष सबिता घिसिङले स्वागत मन्तव्य राख्दै उपस्थित र सहयोगी सम्पुर्णलाई धन्यवाद दिदै संस्थाकी सांस्कृतिक बिभाग स्दस्य सहारा लोप्चनले स्वागत साथै निर्मला थिङ तमाङ र मिना लामा सुनिला दोङले तामाङ गीत प्रस्तुत गरेका थिए ।
पर्देशमै भएता पनि आफ्नो जातियताको भाषा, धर्म सांस्कृतिकलाई जोगाई राख्नु पर्छ भन्ने उद्देश्य लिएर सस्था स्थापना गरि आफ्नो पर्वलाई मनाएको भन्दै आफ्नो महत्त्वपुर्ण भनाईको साथ शुभकामना व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा आतिथी कलाकारहरु चर्चित गायक राजु लामा र सेलो गायक खेम मोक्तानले दर्जनौं गीत प्रस्तुत गर्दा दर्शकलाई भरपुर्ण नचाउदै साङितिक माहोल तताए । साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीले पनि कार्यक्रम रमाइलो बन्यो ।
ल्होछारको शुभकामना व्यत्त गर्दै कार्यक्रम सफल पार्नका लागि आर्थिक , नैतिक , र भौतिक रुपम प्रत्यक्ष वा अप्रत्यक्ष रुपममा सहयोग गर्नु हुने र उपस्थि प्रमुख ,बिशेष र र अतिथीगण ज्यु साथै पत्रकार स्थानिय कलाकारहरु सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै औपाचारिक कार्यक्रमलाइ समापन गरिएको थियो।
कार्यक्रम सस्थाको महासचिव लक्ष्मी ब्लोन तामाङ र सचिब सुनिला दोङ तामाङ ले संचालन गएको थिए ।