सुनिता मोक्तान तामाङ/इजरायल
नम्युङ, जिवा ल्हो (मुसा बर्ग )सोनाम ल्होछार २८५६ इजरायलमा भव्यताका साथ मनाइएको छ ।
नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा गत शुक्रबार सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम भव्यताको साथ मनाइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी नेपाली दुतावास इजरायलकी राजदुत डा. अन्जान शाक्यले ल्होछारको शुभकामना मन्तव्य राखेकी थिइन् । शुभकामना मन्तव्य राख्दै राजदुत शाक्यले इजरायलबाट नेपालमा कृषि प्रविधि भित्र्याउने पहल आफूले गरिरहेको बताईन् । ‘इजरायलबाट कृषि प्रविधि नेपाल भित्राउन सक्दो पहल गरी रहेका छौं ।’ शाक्यले भनिन्, ‘इजरायलले कृषि सम्बन्धि प्रविधि हस्तान्तरण गर्न नेपालसँग सम्झौतामा हस्ताक्षर गरीसकेको छ ।’
त्यसैगरि शाक्यले नेपाली राजदुतवास इजरायलले यहाँ स्थित नेपाली संघसंस्थाको सहभागितामा नेपाली खाना महोत्सवको आयोजन गर्ने बताउँदै नेपालबाट इजरायलमा आएर नेपाली खानाको रेस्टुरेन्ट खोल्न र व्यवसाय गर्न इच्छुकहरुलाई सहज वातावरणको व्यवस्था मिलाउने बताइन् ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर, बिशेष अतिथि सुन्दर सिंह लामा तामाङ, तिर्थ गौतम, खगेश्वर अधिकारी, उर्मिला पाख्रिन तामाङ, बी बी लामा तामाङ, शान्ता ज्ञवाली अधिकारी लगायतले ल्होछारको शुभकामना व्यक्त गरेका थिए ।
घेदुङ इजरायलकी अध्यक्ष अनिला मोक्तान तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलकी राजदुत डा. अन्जान शाक्य, विशिष्ट अतिथि नेपाल आदिबासी जनजाति महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर, बिशेष अतिथिहरुमा नेपाली दुतावास इजरायलका प्रदिप गिरी,
धर्म गुरु थुप्तेन लामा तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष बी बी लामा तामाङ, एनआरएन इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली अधिकारी, घेदुङ इजरायलका संस्थापक अध्यक्ष उर्मिला पाख्रीन तामाङ, पुर्व अध्यक्ष तथा शैक्षिक बिभाग प्रमुख सुन्दर सिंह लामा योन्जन तामाङ, प्रमुख संरक्षक कल्पना मोक्तान तामाङ, संरक्षक माया दिप्मा तामाङ प्रमुख सल्लाहकार अनिता तामाङ, वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ तामाङ,
प्रवासी एकता मन्च इजरायल संयोजक तिर्थ गौतम, जनसम्पर्क समिती इजरायलका सभापति खगेश्वर अधिकारी, नेपाली समाज (नेसो) इजरायलका अध्यक्ष सुन्दर सिह लामा तामाङ, नेपाल आदिवासी जनजाती महासंघ इजरायलका पुर्व अध्यक्षहरु रहेका थिए ।
यसैगरी कार्यक्रममा अतिथिहरुमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलमा आवाद्ध जातिय संस्था तमु समाज इजरायल, ह्योल्मो समाज इजरायल, राष्ट्रिय नेवा खल इजरायल, शेर्पा संघ इजरायल, किराँत याक्थुङ चुम्लुङ इजरायल, किराँत राई यायोख्खा इजरायल, मगर संघ, इजरायलका अध्यक्षहरु तथा प्रतिनिधिहरु, इजरायलमा अवस्थित धार्मिक, सामजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, घेदुङ इजरायलका सल्लाहकारहरु र मिडियाकर्मीहरु रहेका थिए ।
धर्मगुरु लामा थुप्तेन योञ्जन तामाङले बौद्धधर्म अनुसार पाठपूजा गरी सुरु गरिएको कार्यक्रम प्रमुख अतिथि, विशिष्ट अतिथि, धर्मगुरु लगायतले संयुक्त दीप प्रज्वलन गरी उदघाटन गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष छत्र गोले तामाङले स्वागत गरेको कार्यक्रममा गायिका सारा तामाङ, कल्पना मोक्तान तामाङ र जुन माया घिसिङ तामाङले स्वागत गीत प्रस्तुत गरेका थिए ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित वरिष्ट गायक तथा संगीतकार चन्द्र कुमार दोङले चर्चित तामाङ सेलो गीतहरु प्रस्तुत गरेर भरपुर मनोरन्जन दिएका थिए ।
साथै इजरायलवासी स्थानीय नेपाली कलाकारहरु गायक प्रनेश पाख्रिन तामाङ, दुर्गा बि सि र गायिका पेमा लामा पाख्रिन तामाङ र नृत्यकार लिला तामाङ, ईशा शर्मा, कल्पना लावती, सबित्री सुनवार राईले बेजोड प्रस्तुति राखेका थिए ।
यसैगरी मेन्दोमाया गितमा सुनी माया तामाङ, चिनी माया तामाङ र कुमारी तामाङले सामुहिक नृत्य प्रस्तुत गरेकी थिए ।
संस्थाकी वरिष्ट उपाध्यक्ष सिता कुमारी घिसिङ तामाङ संयोजक र प्रथम उपाध्यक्ष एलिजा दोङ तामाङको सहसंयोजकत्वमा सम्पन्न भएको कार्यक्रम संस्थाकी महासचिव पेमा लामा पाख्रिन तामाङ र सचिव निङमा घिसिङ तामाङले संचालन गरेका थिए ।
संस्थाका वरिष्ट उपाध्यक्ष तथा कार्यक्रम संयोजक सिता कुमारी घिसिङ तामाङले प्रवास भुमि इजरायलमा सन् २०१० देखि तामाङ जातिको भाषा, लिपी, भेषभुषा, धर्म, कला, साहित्य, संस्कार, संस्कृति, चाडपर्व, रिम्ठिम परम्परा आदिको संरक्षण सम्बर्धन र बिकासको मुल उद्धेश्य लिएर बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आयोजन गरेको थियो।