स्याङ्जा सहयोग समाज कतार हरिनास गाउँपालिका इकाईले आफ्नो प्रथम बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । सन:२०१८ मा स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका बाट बैदेसिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत व्यक्ति हरुबाट खोलिएको सस्थाले गत ३१ जनवरी शुक्रबारको दिन आफ्नो पहिलो बार्षिकोत्सब भब्य एवम शब्य तरिकाले कार्यक्रम सम्पन्न गरेको हो ।
इकाईका अध्यक्ष हुत बहादुर क्षेत्रिको सभापतित्वमा भएको कार्यक्रममा प्रमख अतिथि हरिनाश गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरको प्रमुख आतिथ्य साथै नेपाल सरकार भुमी ब्यबस्था, सहकारी तथा गरिबी निबारण मन्त्रीका स्वकिय सचिब ललित थापा लगायत स्याङ्जा सहयोग समाजका अध्यक्ष , सल्लाहकार, बुद्धिजीवी, ब्याबसायी, पत्रकार, कलाकार, कतारमा कार्यरत हरिनाश गाउँपालिका दाजु-भाइ, दिदिबहिनीहरु, स्याङ्जा तथा गैर स्याङ्जाबासी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
ब्यानर उत्घाटन दिप प्रज्वलन संगै उपस्थित सम्पूर्णको मुखारबिन्दु बाट नेपाली रार्ष्ट्रिय गान गाउदै सुरु गरिएको कार्यक्रममा वार्षिकोत्सवको अवसरको सस्थाको नाम अंकित केक काटिएको थियो l सस्थाका बरिस्ठ उपाध्यक्ष पुष्पराज लम्सालले स्वागत मन्तब्य राखेका थिए । त्यस्तै करीब ३४००० कतारी रियल बाराबरको बार्षिक आर्थिक प्रतिबेदन कोशाध्यक्ष चेत प्रसाद सिग्देल प्ररस्तुत गरेका थिए l बर्षभरी सस्थाले कतार साथै नेपालमा गरेका सामाजिक कार्यहरुको प्रगति प्रतिबेदन भने महासचिव राजेस मानन्धरले प्रस्तुत गरेका थिए ।
मन्तब्य राख्दै प्रमुख अथिति खिम नारायण मानन्धरले बैदेसिक रोजगारीको लागि कतार आएरपनि आफ्नो समाज, देशको उन्नति र प्रगतिको लागि यसरी खटिनु हुने सम्पूर्ण प्रति धन्यवाद ब्यक्त गरे । उनले आफ्नो कतार भ्रमण पहिलो विदेश भ्रमण रहेको साथै यो भ्रमण बिल्कुल आफ्नो व्यक्तिगत खर्चमा रेहको पनि जानकारी गराए l कतारमा रहदै गर्दा यहाँपनि एक छुट्टै नेपाल भएको आभास मिलेको बताए,नेपालका स्थानिय तहमा हुदै गरेको बिकासको बारेमा जानाकारी गराउदै मानन्धरले बेरोजगारीले गर्दा युवाहरुलाई प्रदेशिन बाध्य गराएको भन्दै अव यहाँ सिकेको सिप,आय आर्जन लिएर स्वदेस फर्की आफ्नै गाउ घरलाई समृद्ध बनाउने समय आएको बताए ।
बिभिन्न राजनैतिक उतारचढाव पारगर्दै अहिले देशले बिकाशमा फड्को मार्ने बेला आएको बताउदै सबै देशप्रेमी युवा स्फवदेश फर्की आफ्नो देशलाई सेवा गर्नेमा आफु ढुक्क रहेको बताए । कार्यक्रममा मन्तब्य राख्ने वक्ताहरुमा समाज सेवी ईश्वर काफ्ले,माया केसी,भेसराज पराजुली,सरिता भण्डारी,टुकराज अर्याल,अजमत अलि नेपाल सरकार भुमी ब्यबस्था, सहकारी तथा गरिबी निबारण मन्त्रीका स्वकिय सचिब ललित थापा लगायतले कार्यक्रम सफलताको सुभकामना ब्याक्त गरे ।
त्यस्तै बार्षिकोत्सब कार्यक्रमलाई सांगीतिक माहोल बनाउनको लागि कलाकारहरु जिल्ला बाट शिवराम ढकाल,प्रेम गुरुङ,संजिव बि.क,अस्मि गुरुङ रहेका थिए भने अतिथि कलाकार हरुमा ( गायक एवम सर्जक ) इमान सिंह ठकुरी, ( गायक सर्जक संगीतकार) बिसाल बिसी तेसैगरि गायक गुना मगर, सबिन सन्माने मगर र शुबास पाैडेल लगायतका रहेका थिए ।
कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीमा गत अधिवेशन बाट महिला उपाध्यक्षमा मनोनित माया केसी साथै नेपालबाट आमन्त्रित द्दोय खिम नारायण मानन्धर रललित थापा लाई र प्रमाणपत्र सहित दोशल्ला ओडाएर सम्मान गरिएको थियो l
कार्यक्रमको अन्त्यमा सभापति हुत बहादुर क्षेत्रिले बोल्दै समाजको हरेक कार्यमा साथ सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै आउदो दिनमा पनि यसरीनै सबैको सहयोग र सहकार्यमा अगाडी बढ्ने विश्वास व्यक्त गरे l साथै कार्यक्रम सफल पार्न नेपाल बाट आमन्त्रित प्रमुख अतिथि लगायत सम्पूर्णमा धन्यबाद अर्पण गर्दै कार्यक्रम समापन गरे ।
कार्यक्रमको सहजीकरण भने सस्थाका प्रमुख सल्हाकार रेसम रानाले गरेका थिए ।