राज कुमार राई,१९,माघ–काठमाण्डौं ।
राजधानी काठमाण्डौंको राष्ट्रिय नाँचघर जमल स्थित मुक्तक दिवसको अवसरमा इतिहासकै उत्कृष्ट मुक्तक वाचन कार्यक्रमको आयोजना गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान र साँस्कृतिक प्रतिष्ठान काठमाण्डौंको संयुक्त आयोजनामा सो कार्यक्रम गरि मुक्तक दिवस मनाईएको हो । नेपाल मुक्तक प्रतिष्ठानको नियमित मुक्तक मेलाको १९ औ शृङखला अन्र्तगत आयोजित कार्यक्रममा १३ जना नारी महिलाहरुले रोचक र परिवर्तन मुलक मुक्तक वाचन गरेका थिए । नारीवादी र चेतनामुखी मुक्तकले हलमा उपस्थित दर्शकलाई मन्त्रमुक्धक बनाएका थिए । नेपालका विभिन्न जिल्ला लगायत भारत सिक्किम सम्मका साहित्य पारखी मुक्तक वाचक उपस्थित भएका थिए । मुक्तक वाचन गर्नेहरुमा रश्मि रोदन,निशा के.सी.,दुर्गा तिवारी,शान्ति शर्मा,लुमन्ती चित्रकार,विमला देवकोटा,तारा के.सी.,प्रतिक्षा पोखरेल,कोपिला घिमिरे,भगवती रोका, सुमन स्मारिका,पूजा आराधना,राधा पाण्डे,सुशिला ढकाल लगायतका नारी साहित्यकारहरु रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल रहेका थिए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक कुमार राई विशेष अतिथिको रुपमा रहेका थिए । यसैगरी प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सभापतित्व गरेको कार्यक्रममा प्रतिष्ठानका महासचिव रमेश पौडेलले अतिथिहरुलाई स्वागत गरेका थिए । राष्ट्रिय नाँचघर सांस्कृतिक संस्थानका महाप्रबन्धक नव निर्वाचित अशोक कुमार प्यासी राईले नेपाल मुक्तक प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा निकै खुशी लागेको बताउनु भयो । यो प्रतिष्ठानले त्रैमासिक रुपमा केही लेख रचना प्रकाशन गर्दै आए पनि मासिक रुपमा नै पढौं र सुनौ सुुनौं लागेको पनि उहाले बताए । अब साँस्कृृतिक प्रतिष्ठानलाई पनि एउटा नमुना प्रतिष्ठानको रुपमा लैजाने पनि बताउनु भयो । साथै उहाँले नारी महिलाहरुको चहकिलो र रोचक साहित्य प्रतिभा देख्दा आफूलाई निकै खुशी तुल्याएको. पनि बताउनु भयो । प्रमुख अतिथिको रुपमा रहनु भएका वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले सबै सभागी तथा साहित्य पारखीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो ।
महिला नारीहरुको साहित्य प्रतिभा देखेर आफू दंग परेको बताउदै यस्तो प्रतिभालाई हरेक सञ्चार माध्यमहरु रेडियो , टेलिभिजन,पत्रपत्रिका लगायतले व्यापक रुपमा प्रचार गर्नुपर्ने बताउनु भयो । साहित्य समाजको ऐना भएकोले यसलाई सबैले हेर्न चाहेको पनि उहाले बताउनु भयो । कार्यक्रमलाई समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सहभागी महिला स्रष्टाको सम्मानमा दुईवटा मुक्तक सुनाएका थिए । सामाजिक सञ्जालको साथ पाएर अहिले मुक्तक फैलिँदो रहेको बताउँदै अध्यक्ष कोनेले अग्रजदेखि अनुज पुस्ता यो विधामा क्रियाशील रहेको बताए । मुक्तकको शास्त्रीय मान्यता र यसको मौलिकतामा नकारात्मकता आएकोले प्रतिष्ठान स्थापना गरेर मुक्तकको मौलिकता जोगाउन क्रियाशील रहेको उनले सुनाए । विशेष गरि नारी हौशला र नारी प्रतिभा जागरणका लागि नारी मुक्तककारहरुको वाचन राखिएको आयोजकले जनाएको छ ।