केरखामा कमल गाउँ पालिका याक्थुंङ युवा मञ्च गठन भएको छ ।
पछिलो समयमा आदिवासी जनजातिहरु मध्ये नेपालका लिम्बु समुदायहरु राजनीतिक सामाजिक लगायत हरेक तह तप्कामा सचेत हुदै समाज परिवर्तनमा शसक्क्त अगाडि बढ़नु पर्छ । भन्दै मूल रूपमा लिम्बु युवा समूहलाई जागरूप गराउने उद्देश्यले स्थापित याक्थुंङ युवा मञ्चको हिजो मिति २०७६/१०/१७ गते शुक्रवार कमल गाउँ पालिकाको हिलिहाङ चौक सृजना क्लब सभा हलमा रोसन लिम्बुको संयोजकत्वमा 13 सदस्य गठन गरिएको छ ।
भने याक्थुंङ युवा मञ्च झापा जिल्लाका अध्यक्ष प्रेम सेर्माको उपस्थितिमा अध्यक्ष बसन्त राज सुब्बा क्रमश :उपाध्यक्ष बिजू थेबे लिम्बु ,उपाध्यक्ष मिक्की
योङहाङ , सचिब सन्जु मेनाङम्बो , सह सचिव मनोज लिम्बु , कोष अध्यक्ष तिल बहादुर योङहाङ सदस्यहरु सविन मेनाङम्बो ,कविता माबो , प्रकाश आङबो ,असोक लिम्बु ,मेम्बो माबो , आस्ता योङहाङ , सुजा साम्सुहाङ लगायत १३ सदस्य रहेको छ ।
प्रमुख सल्लाकार बिरेन्द्र याक्थुंम्बा ( सुवास ) बिशेष सल्लाहाकार रोसन लिम्बु सल्लाहकार विक्रम माबो , आस बहादुर केरुङ रहेका छन् ।
सो नवगठित कमिटीलाई प्रेम सेर्माले लिम्बु भाषामा सपथग्रहण गराएका थिए । त्यस्तै गरी याक्थुंङ युवा मञ्च का झापा जिल्ला सचिब देवी निङलेकु ( प्रताब ) ले याक्थुंङ युवा मञ्च गठन गर्नुको उद्देश्य र त्यसको आवश्यकता बारे आफ्नो भनाइ राखेका थिए ।
नवगठित प्रमुख सल्लाकार बिरेन्द्र याक्थुंम्बाले याक्थुंङ युवा मञ्चको लक्ष्य उद्देश्य प्रति लक्षित प्राक्ति गर्नु पर्ने बताए । अन्त्यमा कार्यक्रम संयोजक रोसन लिम्बुले याक्थुंङ युवा मञ्च यो कुनै राजनीतिक भातृसंगठन नभएर विशुद्ध लिम्बु समुदायहरुको युवाहरूमा सचेत गराउदै समाजका हरेक क्रियाकलापहरुमा शसक्त भुमिका खेल्न सक्ने क्षमता अविबृद्धि गराउने उद्देश्यले यसलाई कसैले राजनीतिक संगठन नभई समाजको हरेक सकारात्मक कार्यक्रमहरुमा नेतृत्व विकास गराउने उद्देश्य रहेको बताउदै कार्यक्रम समाप्त गरेका थिए ।