नेपाल सरकारबाट लोपोन रिन्पोछेको मान्यता प्राप्त योल्मो कान्यिङ शेदुप लिङ गोन्पाका प्रमुख लामा श्रध्देय आचार्य लामा दावा साङबो योल्मोपालाई परम पावन १७ औं ग्याल्वा कर्मापा ठिलेथये दोर्जे ज्युबाट परम पुजनिय ८ औं श्यामार रिन्पोछेको पिताको वङ्शधर "दुङ्जिन लोपोन रिन्पोछे " को उपाधी प्राप्त भएको पावन अवसरमा आयोजित गद्दी आरोहण कार्यक्रम योल्मो कर्म कुनगावो चुक ल्हाखाङ माकलबारीमा भब्य सभ्य तरिकाले सम्पन्न भएको थियो ।
योल्मो कान्यिङ शेदुप लिङ गोन्पाद्वारा आयोजित पुजनिय टुल्कु रिन्पोछे गुरुको प्रमुख आतिथ्यमा सुरुवात भएको कार्यक्रममा दुङ्जिन लोपोन रिन्पोछे पद का .व प्रमुख लामा,लामा निमा योल्मोपा दोर्जे लोपन लामा रिन्जेन दोर्जे योल्मोपा लोपोन लामा पासाङ योल्मोपा उम्जे लोपोन ज्याम्याङ योल्मोपा गोन्पा लामा परिवार (लाप्राङ ) को तर्फबाट विमाया तामाङ योल्मोपाओम्मो
छ्योटिन साङमो योल्मोपा चन्दन श्रेष्ठ पेम्पा शेर्पा गोन्पा व्यवस्थापन समितिको तर्फबाट कार्यवाहक अध्यक्ष लोपन न्हाम्खा दोर्जे योल्मोपा,सचिव प्रदिम दोङपा योल्मोपा सदस्य लामा ग्याल्जेन योल्मोपा सदस्य दावा दोङपा योल्मोपा योल्मो काग्यु साङाग् लाछोग्को तर्फबाट
कार्यवाहक अध्यक्ष लामा दावा ग्याल्बु योल्मोपा उपाध्यक्ष लामा यारु योल्मोपा महासचिव लामा सोनाम छिरिङ ( युवराज ) योल्मोपा कोषाध्यक्ष लामा फुर्पा योल्मोपा उर्गेन स्याब्लेर फेल्गोलिङ गोन्पा दुर्सागप सि. पा को लोपन कर्म लोटे योल्मोपा गोन्पाका दानपतिको तर्पबाट पेमा छोनिङ गोल्पा पासाङ नुर्बु शेर्पा सम्देन शेर्पा फुर्पु शेर्पा नुर्बु शेर्पा प्रतिनिधिहरु, संघ सस्था प्रमुख ज्युहरु, समाज सेवी,बुद्दीजीविहरुको बाक्लो उपस्तिथी रहेको थियो।
गद्दी आरोहण ( ठिदेन ) कार्यक्रम बिहान ९स् ४५ मा शुभआरम्भ भएको थियो । गद्दी आरोहण ( ठिदेन ) कार्यक्रममा रिन्पोछे तथा लामा गुरु ज्युहरुबाट धार्मिक विधिहरु प्रारम्भ भएको थियो । जसमा स्( लेज्याङ प्रारम्भ देखि छोग सम्म ,स्वागत (देन्डेन) तथा (डेसिल) वितरण ,(ठि) शुद्धिकरण , गेग् (वाधा हटाउने ),टुल्कु रिन्पोछे गुरु बाट तेन्स्यु चढाउने ,छोग चढाउने , ग्याल्वा कर्मापा ठिलेथये दोर्जेबाट घोषित पदावीपत्र सार्वजनिक , दानपतिहरुबाट मण्डल चढाउने ,टासी ( मङ्गलम ) ,पत्र वाचन तथा शुभकामना मन्तव्य , दुङजीन रिन्पोछेको दर्शन कार्यक्रमहरु गरिएको थियो । कार्यक्रममा विभिन्न गुम्बाबाट रिन्पोछे गुरु तथा लामा गुरुहरुको सहभागिता रहेको थियो ।
अन्त्यमा आचार्य लामा दावा साङबो योल्मोपाेले उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रम सफलताको लागि अनबरत सहयोग पुर्याउनु हुने सम्पुर्णमा आभार ब्यक्त गर्दै कार्यक्रम संचालक प्रा. ध्यान बहादुर मोक्तानले समापन भएको घोषणा गरेका थिए।