विमानस्थलमा प्रहरी संगको भनाभन पछि गायिका आस्था राउतले प्रहरीलाइ सामाजिक संजालमा तथानाम गाली बेज्जती गरेको कसुरमा प्रक्राउ पुर्जी निकालेको थियो ।
प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने आस्थाले बताएकी आस्था ४ हजार धरौटीमा हिरासतमुक्त भएकी छिन् । फेरी पनि केहि सहयोग गर्नु परे आफु तयार भएको आस्थाले बताएकी छिन् । हिरासतमुक्त भएपछी सी।डी।ओ कार्यालयमा पत्रकार संग कुरा गर्दै प्रहरी आफुले सोचेको भन्दा धेरै सहयोगी भएको बताईन । उनले प्रहरीको खुलेर तारिफ गरिन् ।
उनले भनिन् 'सबै भन्दा ठुलो कानुन हो । पत्रकार, कलाकार, नेता, जनता जो सुकैले पनि कानुनलाई मान्नु पर्छ । मैले बोलेका दुइ चार ओटा सब्दहरु गलत थिए त्यसका लागि मैले क्षमा याचना गरिसकेको छु ।' मिडियाले राखेको हेडलाईन पढ्दा निकै चित्त दुखेको भन्दै आस्थाले मिडियाकर्मीलाई नैतिकता सिरमा राखेर काम गर्न आग्रह समेत गरिन् ।RSS