मुग्लानी खबर डट कम
बिवेक पुलामी मगर, कतार
नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक विभाग र महिला विभागको संयुक्त आयोजनामा गत शुक्रवार २१ अप्रिल २०१७ का दिन नेपालीहरुको नव वर्ष २०७४ को शुअवसरमा शुभकामना आदान प्रदान कार्यक्रम कला तथा सांस्कृतिक विभागका का.वा. संयोजक गायत्रि पुन मगरको सभापतित्वमा नेपाल मगर संघ, शाखा कतारका सांस्कृतिक बाङ २०१७÷०१८ का वाङ रेशम आले मगर बिशेष उपस्थितिमा नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा महिला विभागका संयोजक ईश्वरा थापा मगरको सञ्चालनमा अलखोर स्थित रमणिय स्थल परपल आईल्याण्डमा भएको थियो ।
कार्यक्रममा अन्य अतिथिहरुमा ने. म. सं, शाखा कतार का केन्द्रिय प्रमुख सल्लाहकार भिम तरामु मगर
देब बहादुर राना मगर, डि.एन पङ्मी मगर, खिम राना मगर, नेपाल प्रबासी मगर बचत कोष, कतार अध्यक्ष ः– केशव राना मगर,ने.म.सं. शाखा कतार केन्द्रिय समितिका पदाधिकारीहरु,मानार्थ सदस्यहरु बविन राई , रोशिका लामा , संघको मातहतमा रहेको दोहा एरिया समिति अध्यक्ष अशोक आले मगर, ने.म.सं, शाखा कतारसनैया “ए“ एरिया समिति केशव थापा मगर, साहानिया एरिया समिति सदस्य भक्क्त ब. ढेंगा मगर, वक्रा एरिया समिति सचिव दिपक मगर र विभागका सदस्यहरुज्युहरु,, कलाकारहरु तथा संघलाई माया गरेर पाल्नु भएका मगर अनि गैर मगरहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रथम शहिद लखन थापा मगर तथा अन्य ज्ञात अज्ञात शहिदहरुको सम्झनामा १ मिनट मौनधारण पछि कला तथा सांस्कृतिक विभागका कोषाध्यक्ष कृष्ण सोराली मगरको उपस्थित सबैलाई स्वागत मन्तब्य वाट शुरु भएको कार्यक्रममा बक्ताहरुले गतको बर्षवाट शुरुवात गरिएको यस शुभकामना आदान प्रदान कार्यक्रमले केन्द्रिय समिति तथा कलाकारहरु विच सुमधुर सम्वन्ध बढाएकोमा आयोजक समितिलाई धेरै धेरै धन्यवाद दिनु भएको थियो । बचत कोषमा अध्यक्ष केशव राना मगरले मगरहरुकै लगानीमा संघको मातहतमा छुट्टै निर्देशिका बनाएर “नेपाल प्रवासी मगर बचत कोष, कतार—२०११” स्वचालित रहेको बताउनु हुंदै कतारवासी मगरहरुलाई बचत गर्नका लागि हार्दिक अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरज्युले यस संघ — ३० जुन सन् २००० मा स्थापना भई ११ औं कार्यकालमा पाईलालाई अगाढी बढाईरहंदा यस यस संघले दोहामा रहेका मगरहरुलाई एकरुपतामा लेराउन , भई परेको समस्यहरुलाई समाधान गर्न, संस्थामा संगठित बनाउन तथा मगरहरुको भाषा, धर्म, संस्कृतिहरुलाई जोगाई राख्न र विश्वमा रहेको मानव जातिलाई मगर जाति पनि एक आदिवासी जनजाति हो भन्ने अवगत गराउने उद्धेश्येले “सम्पूर्ण मगरहरुको एकता—अहिलेको आवश्यकता” मुल नारा का साथ कतारमा विभिन्न संघ, संस्थाहरु संग हातेमालो गर्दै अगाढि बढिरहेको वारे प्रष्टाउनु भएको थियो । संस्थालाई विस्तारित गर्ने क्रममा कतारको विभिन्न स्थानहरुमा एरिया समितिहरु गठन गरिएको र संघको कार्यलय सम्वन्धि कार्यहरुलाई चुस्त दुरुस्त राख्न विभिन्न ८ वटा विभाग रहेको र ति मध्ये महिला विभाग अनि कला तथा सांस्कृतिक विभागले दोहा कतारमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको मा धेरैधेरै धन्यवाद दिनु भयो । यसरी नै संघको गतिशिलतालाई अगाढि बढाईरहनको लागि हर तह तप्काका मगर तथा गैरमगरहरुलाई आह्वान गर्दै नव वर्ष २०७४ को अवशरमा बिश्वभरी छरिएर रहेका मगर तथा गैरमगरहरुमा आपसी सद्भाव, भाईचारा, मायां, प्रेम को साथै मगरांत प्राप्तका लागि संघर्ष गरी रहेका हामी मगरहरुलाई अझ बढि सशक्त ढंगले आन्दोलनलाई अगाढी बढाउनका का लागि हौसला मिलोस् भन्ने आशा राखी सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने संपूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामनाका साथ सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तररोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।
अन्तमा, सभापतिज्युले यस कार्यक्रममा खानाको परिकार बनाएर सहयोग गर्नु भएका सदस्यज्ुहरु र कार्यक्रममा उपस्थित भएर सब्य र भब्य रुपमा सफल पारिदिनु भएकोमा विभागहरुको तर्फवाट र ब्यक्तिगत तर्फवाट हार्दिक धन्यवाद दिंदै कार्यक्रम समापन गर्नु भएको थियो ।