कतारमा हुन गैईरहेको सोनाम ल्होछारलाई भब्य र सभ्य रुपमा मनाउन नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु लाई कतारमा भब्यताका साथ स्वागत गरिएको छ ।
नेपाल प्रवासी तामाङ समाज कतारद्वारा यही आउदो २४ जनवरी २०२० का दिन आयोजित मञ्जुश्री सम्वत् २८५६ सोनाम ल्होछार जिवा ल्हो (मुसा वर्ग) को उपलक्ष्यमा हुने बृहत् सांस्कृतिक कार्यक्रम २०२० का लागि आमन्त्रित चर्चित कलाकारहरुमा प्रथम नेपाल IDOL बुद्ध लामा, सेलो गायक सन्जीव वाईबा, सेलो गायिका अन्जु लामा र म्हेन्दोमाया गायक राम गोम्जा रहेका छ्न ।
स्वागत कार्यक्रममा तामाङ समाज कतारका सस्थापक अध्यक्ष शुक बहादुर तामाङ,अध्यक्ष धिरेन तामाङ,प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङ,कार्यक्रम संयोजक गौतम तामाङ,कार्यवाहक महासचिव प्रेम घिसिङ तामाङ, छिमेकी मार्टका प्रबन्ध अध्यक्ष तथा समाजका विशेष सल्लाहकार संकलाल तामाङ लगायत समाजका विशेष ब्याक्तित्व हरुको बाक्लो उपस्तिथि रहेको थियो ।
उपस्थित आयोजक तथा शुभचिन्तक हरुले अतिथी कलाकार हरुलाई स्वागत तथा सम्मान गर्ने क्रममा क्रमबद्ध रुपमा खादा ओडाई, पुष्प गुच्छा अर्पण गरि स्वागत गरिएको थियो ।
प्रत्येक वर्ष बृहत रुपमा ल्होछार कार्यक्रम गर्दै आएको समाज कतारले यसपटक पनि दोहाको मिसाइदस्थित अम्वाज क्याम्प –२ मा बृहत तरिकाले कार्यक्रम गर्न लागेको छ । कार्यक्रममा आउन जानको लागि समाजले ठाउँ ठाउँ बाट यातायातको ब्यवस्था गरेको छ ।
चर्चित कलाकारहरु नेपाल एयरलाइन्स मार्फत कतारको स्थानिय समय बुधबार बिहान २:५० मा हमाद अन्तर्राष्ट्रिय बिमानस्थलामा आइपुगेका थिए