कतारमा हुन गैईरहेको ल्होछारलाई भब्य र सभ्य रुपमा मनाउन नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु भब्यताका साथ बिदाई भएर कतार प्रस्थान गरेका छन।
नेपाल प्रवासी तामाङ समाज कतारद्वारा यही आउदो २४ जनवरी २०२० का दिन आयोजित मञ्जुश्री सम्वत् २८५६ सोनाम ल्होछार जिवा ल्हो (मुसा वर्ग) को उपलक्ष्यमा हुने बृहत् सांस्कृतिक कार्यक्रम २०२० का लागि आमन्त्रित चर्चित कलाकारहरुमा प्रथम नेपाल IDOL बुद्ध लामा, सेलो गायक सन्जीव वाईबा, सेलो गायिका अन्जु लामा र म्हेन्दोमाया गायक राम गोम्जा लगाएतलाई तामाङ समाज नेपाल र तामाङ समाज कतारका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा खादा लगाइ बिदाइ गरेका थिए छन।
बिदाई कार्यक्रममा उपस्थित हुनेहरुमा तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङ तामाङ, कमल योन्जन तामाङ-सचिब, सन्जय कोमल-सह-संयोजक, सोनी लुङ्बा-कोषाध्यक्ष, त्यस्तै नेपाल प्रवासी तामाङ समाज कतारबाट अशोक सिङ्दन-महासचिव, गणेश ब्लेन्थेन-पुर्व कार्यसमिति सदस्य, सन्तोष फ्युबा- सल्लाहकार, म्हेन्दोमाया समाज कतारका राजकिङ वाइबा-अध्यक्ष, म्हेन्दोमाया कलाकारसंघ नेपालका अरम्ब तामाङ, म्हेन्दोमाया गायक -राज डिम्डुङ-तामाङ, आवाज(प्रबन्ध निर्देशक) -डोल्मा मानाङ्थेन-म्हेन्दोमाया कलाकार एबम तामाङ आवाजका प्रतिनिधि लगायतको बाक्लो उपस्तिथि रहेको तामाङ समाज कतारका प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङले बताए ।
तामाङजातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन २००५मा स्थापित सस्था नेपाल प्रवासी तामाङ समाज कतारले बिभिद सामाजिक तथा सास्कृतिक उत्थानका कार्यक्रमहरु गर्दै आएको छ ।प्रत्येक वर्ष बृहत रुपमा ल्होछार कार्यक्रम गर्दै आएको समाज कतारले यसपटक पनि दोहाको मिसाइदस्थित अम्वाज क्याम्प –२ मा बृहत तरिकाले कार्यक्रम गर्न लागेको हो।
चर्चित कलाकारहरु नेपाल एयरलाइन्स मार्फत कतारको स्थानिय समय १:२० मा हमाद अन्तर्राष्ट्रिय बिमानस्थलामा आइपुग्ने तामाङ समाज कतार का कार्यवाहक महासचिव प्रेम घिसिङ तामाङले मुग्लानी खबर लाई बताएका छन । कलाकार लाई कतारमा पनि भब्य स्वागत गर्न बृहत् तयारी गरिएको घिसिङले बताए ।