मञ्जुश्री सम्वत २८५६ सोनाम ल्होछार जीवा ल्हो (मुसा वर्ग)को उपलक्ष्यमा आउदो शुक्रबार यहाँ हुने बृहत सास्कृतिक कार्यक्रमको लागि मिनि नेपाल भनेर चिनिने कतारमा प्रथम नेपाल आइडल बुद्ध लामा सहितका थप तीन चर्चित कलाकार कतार आउदै छन ।
नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा हुने बृहत सोनाम ल्होछार सास्कृतिक कार्यक्रम लाई भब्य बनाउन बुद्ध लामाको साथमा अन्य ३ जना आमन्त्रित कलाकारहरु तामाङ कलाकार संघका अध्यक्ष गायक तथा संगीतकार सञ्जीव वाइबा,सेलो गायिका अञ्जु थोकर र म्हेन्दोमाया गायक राम गोम्जा रहेका छ्न ।
समाजका पुर्व अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङ चाहिँ कतारमा हुने ल्होछार कार्यक्रम लाई दोस्रो टुडिखेल भनेर सम्बोधन गर्छ्न । उन्ले सामाजिक संजाल फेसबुकमा लेख्छ्न दोस्रो नेपालको टुँडिखेलको नामले परिचित अम्वाज क्याम्प-२ मिसाइदको ल्होछार कार्यक्रम ।
यही आउदो जनवरी २४ तारिख शुक्रबार हुने
सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको प्रचार प्रसार सामाजिक सन्जाल लगायत कतारका विभिन्न एरियामा भौतिक रुपमै उपस्थित जनाएर तिब्र पारिएको समाजका अध्यक्ष धिरेन तामाङले बताए ।
प्रत्येक वर्ष बृहत रुपमा ल्होछार कार्यक्रम गर्दै आएको समाज कतारले यसपटक पनि दोहाको मिसाइदस्थित अम्वाज क्याम्प –२ मा बृहत तरिकाले कार्यक्रम गर्न लागेको छ भने यस्को लागि तयारी लगभग अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक गौतम तामाङले जनाए ।
त्येस्तै दोहाका बिभिन ठाउँ बाट कार्यक्रममा आउन जानको लागि पनि यातायातको ब्यावस्था पनि रहेको यातायात संयोजक पासाङ मोक्तान तामाङले बताए ।
“तामाङजातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन २००५मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले हरेक क्षेत्रमा सक्रियता पुर्वक आर्थिक नैतिक सङै भैतिक रुपले अगाडी बढी रहेको छ ।