अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित वाचनालय कतारको १०० औ वाचन डबली( स्वर्ण डबली) कतारमा सम्पन्न भएको छ।
अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापाको सभापतित्व तथा अन्तरास्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम गुप्ता "लेकाली"को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।
विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगाएत कतारमा रहेका साहित्य अनुरागीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा सस्थालाई गरिएको सहयोग सुझाव सल्लाहको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै ९९औ डबली सम्म उपस्थित बिशिस्ट स्रोताहरुलाई मायाको चिनो प्रसस्ती पत्र द्वारा सम्मान गरिएको थियो जस अनुसार चानक पोख्रेल-६७औ डबली,बिल बहादुर गुरुङ -९ औ डबली, बिमल सुवेदी-१४ डबली,गुरुनारायण रानाभाट -२१औ डबली,मुक्तादा मुसलमान-९८औ डबली, रम्जान अलि मिया- ८२ औ डबली, सतिस यादव- ७६ औ डबली,टिबि कार्की-९६ औ डबली,केदार बानियाँ- ५२ औ डबली,चिरञ्जीवी तिमल्सिना- ९९औ डबली,तेज कटुवाल-९२ औ डबली,बिनोद खड्का-३६ डबली, सुरेश भट्ट- ८४ औ डबली,क्रान्ती सिंङ- ४१ औ डबली,हंस राज ढकाल- ७२ औ डबली,बुधवल गुरुङ- ,लोक माया क्षेत्री( माया केसी)-६० औ बाचन डबली, बिनोद भट्टराई-५६ औ बाचन डबली लगाएतका बिशिस्ट स्रोताहरुलाई सम्मान गरिएको थियो ।
मोबाईल पुस्तकालय बाट सुरुवात गरिएको सस्थाले किताब पढ्ने बानी बसाल्नुपर्छ भन्ने बिचार राख्दै नेपाली साहित्य पुस्तक मेला-२०२० समेत गरिएको थियो जसमा विभिन्न लेखकहरुका १५० जति किताब बुक स्टलमा राखिएका थिए।
"भाषाको उत्थान नेपालीको पहिचान,सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान" कला, साहित्य र सङ्गीतमा रुचि नभएको मानिस आत्मा बिनाको शरीर जस्तै हो" जस्ता नारा सहित स्थापना भएका अनेसास नबोदित वाचनालय कतारले डायस्पोरामा रहेर नेपाली भाषा साहित्यको उत्थानको लागि उल्लेखनीय योगदान गरेका छन।९९औ वाचन डबली सम्मका बिशिस्ट श्रोताहरुलाई सम्मान समेत रहेको उक्त कार्यक्रममा साहित्यकार स्व. सिखर बैधको सम्मान तथा सम्झनामा "अनेसास सिखर बैध अक्षयकोष"को स्थापना गर्ने घोषणा समेत गरिएको छ। स्व. सिखर बैधकी धर्मपत्नी श्रीमती सबिता श्रेष्ठ बैध्य तथा छोरा सगुन बैध्य र बुहारी शेहरोजको समेत उपस्थिति रहेको थियोे। स्व. बैधको सम्झनामा अनेसास कतार च्याप्टरका पुर्ब अध्यक्ष तथा रेगिस्थानी कवि तिर्थ सङ्गम राईले " राम बिलासको याचना" बोलको कबिता वाचन गरेका थिए।त्यसैगरी अन्य साहित्यिक रचना प्रस्तुत गर्ने श्रष्टाहरुमा दिप मिलन कबिता,लेख कार्की - गजल,रुप रसाईली बिस्वकर्मा- कबिता,टीका खड्का राष्ट्रप्रेमी- गजल,सानू थपलिया- गजल, सागर भन्डारी- गजल, सेखर बस्नेत -गजल लगाएतका रहेका थिए।
भर्खरै मात्र जापानमा सम्पन्न अनेसासको सम्मेलनमा सस्थाकी सचिब माया केसी सम्मिलित उक्त कार्यक्रममा कतार च्याप्टर तेस्रो स्थानमा घोषणा भएकोमा खुसी ब्यक्त गरिन उक्त कार्यक्रमबाट प्राप्त मायाको चिनो केन्द्रिय अध्यक्ष राधेश्याम गुप्ता " लेकाली" द्वारा कतार च्याप्टरलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्ने बिशिस्ट श्रोताहरुमा रम्जान अलि मिया , बिल बहादुर गुरुङ,टिबि कार्कि,बिनोद खड्का,बुधवल गुरुङ, तेज कटुवाल, चिरञ्जीवी तिमल्सिना लगाएतका रहेका थिए।
अनेसास कतार च्याप्टरका निबर्तमान अध्यक्ष प्रेम प्रसाद भट्टराईले मरुभुमिमा श्रम बेच्न आएर पनि नेपाली साहित्यका पुष्पहरु फुलाउन सफल भएका छौ।स्वर्ण डबली सम्म आइपुग्दा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।त्यसैगरि अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम गुप्ता लेकाली अति ब्यस्तताका बाबजुद पनि निमन्त्रणालाई सहस्र स्वीकार गरि उपस्थिति जनाई सुनमा सुगन्ध थपिदिनु भएकोमा धन्यवाद ब्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी राधेश्याम लेकालीले मरुभूमिमा पसिना बेचेर पनि नेपाली भाषा र साहित्यलाई पुर्याउनु भएको योगदान प्रती कतारमा रहनुभएका सम्पुर्ण साहित्य प्रेमीहरुलाई धन्यवाद ब्यक्त गरेका थिए।खाडीमा बस्ने साहित्यकारहरु अन्य देशका भन्दा फरक बिचार र पुर्ण रुपमा मातृभुमी प्रती समर्पित रहेको बताए।त्यसैगरी एउटा साहित्यकारको दिबङ्गत पश्चात् उनको सम्झनामा "अनेसास सिखर बैध पुरस्कार" घोषणा जस्तो सह्रानिय कार्यप्रती खुसी ब्यक्त गरेका थिए।
अन्त्यमा कार्यक्रमका सभापती सिताराम थापाले प्रबासमा रहेर स्वर्ण डबली जस्तो एतिहासिक कार्य गरेकोमा आफू औधी खुसी भएको र यो अवस्था सम्म आईपुग्न सहयोग पुर्याउनुहुने सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए।त्यसैगरी ब्यस्तताका बाबजुद पनि नितान्त नेपाली भाषा साहित्य प्रती कटिबद्ध अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीलाई पनि धन्यबाद ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण नबोदित साहित्य वाचनालय कतारका अध्यक्ष दिलिप पराजुलीले गरेका थिए।