नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले आयाेजनामा २८५६ औं साेनाम (जीवा ल्हाे/ नाम्यूङ बर्ष) ल्होछार समाराेह तथा प्रथम वार्षिकाेत्सव- २०२० भब्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका का.वा. अध्यक्ष ज्ञानमान थिङ तामाङ ( तारा ) को सभापतित्वमा तथा नेपाली राजदुतावास दाेहा कतारका महामहिम राजदूत डा.नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यमा एसियन टाउन, ग्राण्ड मलमा अबस्थित क्रीकेट स्टेडियमको सभाहलमा सभ्य र भव्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा एनआरएनए आईसिसि पुर्व मानार्थ सदस्य कमलमणि गुरागाँइ, नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रविण भट्टराई , तृतीय सचिव तुलसि प्रसाद काेईराला, एनआरएनए एनसिसि कतारका अध्यक्ष माेहमद मुक्तदा मुसालमान, एनआरएनए एनसिसि हङकङका महासचिव गाेकर्ण ढकाल, लगायत कतारमा रहेका बिभिन जिल्ला सस्थाहरु बैचारिक तथा सामाजिक अभियान्ता पत्रकार हरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।
तामाङ समुदायको मौलिक कला ,संस्कार संस्कृति भेष भुषा,भाषा, धर्म, लिपिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यले ” सोनाम ल्होछारको प्रवर्द्धन ,, हाम्रो साँस्कृतिक एकताको मूल नारा,ताम्सालिङ प्रदेशको स्थापना,, हाम्रो राजनीतिक एकताको मूल अभिभारा !!’ भन्ने मुल नाराका साथ आयोजित ल्होछार कार्यक्रम बौद्धधार्मिक अनुसार लामा गुरुहरुद्वारा पुजापाठ शुद्धता गरि, मोलम मन्त्र प्रवचन पश्चात् सभापति, प्रमुख अतिथी, बिशिस्ट अतिथिहरुद्वारा संयुक्त रुपमा दिप प्रज्वलन , राष्ट्रिय गान बाचन गरि समारोह उद्घाटन गरिएको थियो भने बिशेष गरि नुवाकोट, रसुवा, धादिङ भेगमा प्रचलित संस्कार लामा नाच, घोडा नाच, बदेल नाच, खन्डङ् नाच लगायत विभिन्न झाँकी कला कलाकारले प्रदर्सन गरेका थिए।
संस्कृति घेदुङ कतारका स्थानीय कलाकार हरुले स्वागत नृत्य, ताम्बा घेदुङ कतारले स्वागत गित पनि प्रस्तुत गरिएको थियो ।
संस्थाका सचिव बिकास तामाङले कुशल ढंगले सञ्चालन गरेको उक्त कार्यक्रमलाई औपचारिकता दिने क्रममा स्वागत मन्तव्यका साथै घेदुङ्को पृष्ठभुमि, इतिहासको बारेमा संस्थाका बिशेष सल्लाहकार इन्द्र ब. तामाङले प्रष्ट पारेका थिए।
आमन्त्रित अतिथी कलाकार फुल कुमार बम्जन, पुर्णिमा लामा, शुभ घलानको बेजोड प्रस्तुतिले मञ्च गुञ्जायमान पारेको थियो। साथै संस्कृति घेदुङ कतारका स्थानीय कलाकारहरुको उत्कृष्ट साँस्कृतिक गायन तथा नृत्य प्रस्तुतिले दर्शकहरु अतिथिहरुहरु समेत मञ्चमा सरिक भएर अत्यन्तै झुमेको देख्न सकिन्थ्यो ।
प्रतिभा र क्षमता भएर पनि तामाङ जाती अवसरको कमिले निश्चित दायरामा बाध्य भएर बस्नुपरेको अवसर पाएमा तामाङ जातिले राष्ट्र निर्माणमा ठूलो योगदान पुग्ने मत नेपाली दूतावासका महामहिम राजदुत डा. नारदनाथ भारद्वाजले राख्नुभयो । ल्होछार समारोहलाई सम्बोधन गर्दै महामहिम ले कतारमा रहँदा त्यस देशको कानुनको पालना गर्दै नेपाल र नेपाली समाजप्रती उत्तरदायी हुन समेत सबैलाई अनुरोध गर्नुभएकोछ ।
उहाँले थप्नु हुन्छ तामाङहरु हरेक क्षेत्रमा धेरै विद्धान छन्, सबैले चिन्ने प्रख्यात नाम सुवास घिसिङ, बिमल तामाङ, बिनय तामाङले कला प्रस्तुत गरि भारतलाई हल्लाउने प्रशान्त तामाङ, कुन्ती मोक्तान येही समुदायका प्रतिभाशाली कलाकारहरु हुन् । यस्तो ऎतिहासिक समारोहमा छोटो समयको लागि भएपनि उपस्थित हुने अबसर मिलेकोमा आफैलाई गौरवान्वित ठानेको छु।
देशको विभिन्न राजनितिक गतिविधिमा तामाङ जातिको योगदान र सहभागीको बारेमा नेपाली प्रवासी सम्पर्क मन्चका अध्यक्ष चाणक पोख्रेलले बताउनुभयो ।तामाङ जातिले प्रवासमा आफ्नो मौलिक पहिचानको प्रबर्द्धनमा गरेको प्रयासको निरन्तरता राख्दै अन्य धर्म समुदायसङ सहकार्य गर्नुपर्ने बिचार पत्रकार महासंघका अध्यक्ष करिम बकस मियाँ ले शुभकामना मन्तव्यका क्रममा राख्नुभयो ।
पर्वमा सरकारले सार्वजनिक विदाको व्यवस्था गर्नुपर्ने र राष्ट्रिय महत्वको विषय हुनुपर्ने मत राख्दै तामाङ जाति लगायत नेपालका आदिवासी जनजातिमाथी राज्यले गरेको विभेदकारी नीति खारेज गर्नुपर्ने माग नेपाली समाज कतारका अध्यक्ष हिराधन राइले राख्नुभयो ।
कार्यक्रम मा अन्य बिशेष अतिथि तथा अतिथि हरुले शुभकामना मन्तब्य तथा प्रवासमा रहेर आफ्नो समुदायको मौलिक पहिचान कला, संस्कृति, भाषा लिपि, धर्म को जगेर्ना र प्रवर्धन हुने कार्य गरेकोमा खुसि व्यक्त गर्दै आयोजक लाई बधाई समेत दिनु भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख सल्लाहकार बिनेश तामाङले सम्पुर्ण प्रवासी भएर समाज बिकासमा एकजुट हुन आग्रह गरे । संस्थाका कार्यवाहक अध्यक्ष तथा समारोहका सभापति ज्ञानमान थिङ् तामाङ ताराले ल्होछारको शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित अतिथि कलाकार, अतिथिगण, कार्यक्रम सफलता पार्नुको निम्ति अहोरात्र खट्ने आयोजक टिम लगायत, प्रायोजकहरु, सपोर्टर, स्थानिय कलाकार , पत्रकार साथै प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।