नेपालका प्रहरीलाई बोल्न आउदैन ,अ.. प्रहरीलाइ बोल्न नै आउदैन, प्रहरीले बोल्न सिक्नु पर्छ, प्रहरीले त " भन्नु हुदैन नि? आदि इत्यादि! अ.. यो MCC चाहिदैन, यसले रास्ट्रघात गर्नेछ, अ.. लिपुलेक त भारत ले आफ्नो बनायो रे, बिरोध गर्नैपर्छ, गोबिन्द के सि जायज हुन् नि!
निर्मला ले न्याय पाउनुनै पर्छ नि! इस्यु हरु बेला बेला यसरी नै फेरिएको हुन्छ हामी तेस्को पछी क्षणिक रगत तताउने फेरि सुस्ताउने तेहि दैनिकी। हामी अनावश्यक शिर्षक मा अनावश्यक बिषयमा चर्चा परिचर्चा ज्यादा गर्छौं मुलत कुन बिषयले समाजमा रास्ट्रमा के प्रभाव पार्छ ? त्यसको असर अल्पकालीन वा दीर्घकालीन के छ? त्यसको अनुशरण हामी गर्दै गर्दैनौं नेपाली समाजको यहि हो परवर्तन को शैली र नेपाली समाज को रुप! रुपान्तरणको शैली समृद्धि बिकास कतापट्टी जादै छ हामी कस्तो भबिस्यको कल्पना गर्दै छौ? हाम्रा सन्ततिलाई हामीले के छाडेर जाने? इतिहासले हामिलाइ के सिकायो भबिस्यलाई हामिले के सिकाउने? हामी जान्ने भएको हो ज्यादा वा दुनियाँ को उच्च चेतनशील भएको हो? हामी आफै न्यायाधीस आफै प्रहरी आफै बुद्धिजीवी वास्तवमा हाम्रो चेतना कति सम्म जायज?
हामी देशको लागी समाजको लागी हाम्रो सन्तती भबिस्यको लागी वा के को लागी मरिहत्ते गरिहेका छौ? चिया पसल मा अनगिन्ती चर्चाहरु सामाजिक संजालमा छरपस्ट बिचारहरु तर्क विवाद बिचार चोक चोकमा झुन्ड-झुन्डहरु सबैको घारणाहरु सुन्ने कस्को मान्ने कस्को के सत्य के असत्य? नियम कस्लाइ लाग्ने? जनताको पीडितको न्याय दिने को? दमन गर्नेको? पट्यार लाग्दो परिबेष मनस्थिति वास्तवमा देशको कुनै गन्तव्य छैन अन्धाधुन्ध परिक्षण देश प्रयोगशाला। भाइरल हुनु छ, चर्चा पाउनु छ, युट्युब छ, टिक टक छ, खाएको लागेको घुमेको देखाउनु पर्ने छ| अलि सभ्यता सिकेको आभास दिलाउनु छ, देखाउनु छ, बनावटी हुनु छ, देशमा रोजगार छैन अवसर छैन भन्दै पासपोर्टमा भिसा लाग्दा खुसी हुनुपर्ने छ, छोरा छोरीको बिबाह पि.आरधारी संग गरिदिनु छ| चार पाँच बर्ष पछी युरोप अमेरिका अस्ट्रेलिया घुम्नु छ, सिकेको त्यही संसकार हामी सिमित स्वार्थको लागी सन्ततिको भबिस्यको मतलब छैन| खै यो कस्तो परिपाटी? कस्तो समृद्धि? यो कस्तो रास्ट्रबाद? नेपाली मन्त्री बिदेशमा अपमान हुदाँ खुसी हुने कटाक्ष गर्ने? के रास्ट्रबाद नकारात्मक र आक्रमक ज्यादा, सिमित स्वार्थ बनावटी रास्ट्रबाद, प्रोपोगन्डा मानवीय चेतना बिहिन, मानिस यस्तो परिस्थितिले देश उज्यालो देख्दै जस्तै “थोरै वाट मा चम्किलो उज्यालोको अभिलाषा” ।