गणेश क्षेत्री - भ्रष्टाचार कहिले समाप्त हुन्छ र कसरी?? सडक देखि सत्ता तातिन्छन,सत्तासिन दलका स्वयं प्रधानमन्त्रीका भ्रष्टाचारीको मुख पनि हेर्दिन्न भन्ने चिल्ला कुरा बन्छन, प्रतिपक्ष दलका बलिया मुद्दा बन्छन।टायर बल्छन विभिन्न ब्यक्तिहरु रातारात हिरो बन्ने बिषयबस्तु बन्छन ,मिडिया देखि सामाजिक संजाल तातिन्छन तर शक्ति र सत्ताको पावर पहुचमा भ्रष्टाचारका ठुला ठुला कान्डहरु सधै गुमनाम नै रहन्छन तोपिन्छन छोपिन्छन, चाहे त्यो ह्वाईट बडी जहाज कान्ड, ३३ किलो सुनकान्ड, वा निर्मला हत्याकान्ड हओस अब यो क्रम कहिले सम्म?
त्यसैगरी यो हप्ता भित्र हामिले सयौ समाचार सम्प्रेषण गरि जनतालाई सुसूचित गर्ने कार्य गरेका छौ । गन्डकी प्रदेशका संसद राजिब गुरुङ " दिपक मनाङे" ले अनलाईन मिडिया मुग्लानी खबर सङ्ग केही दिन अगाडी मुलुककै प्रथम भ्रष्टाचार मुक्त जिल्ला मनाङ बनाउन अभियान थालिएको र यदि बनाउन नसके राजनितिबाटै सन्यास लिने उद्घोष समेत गरेका थिए उक्त भनाईलाई हामिले समाचार मार्फत सम्प्रेषण गरेका थियौ जसमा दुई दिनमै सबै भन्दा बढी हेरिएको र हजारौ शेयर भएको भाईरल समाचार बनेको थियो।सत्तासिन नेकपाकै दुई तिहाईको बहुमतिय सरकारबाट चरम भ्रष्टाचार भएको,विभिन्न ठुला ठुला कान्डहरु भैई आलोचना समेत भैईरहेको बेला संसद "दिपक मनाङ्गे"को भनाईलाई फरक दृष्टिकोणले हेरिएको छ।यदाकदा केही आलोचनात्मक कमेन्ट भएपनी अधिकतमले उनको अभियानलाई सफल रहोस भन्ने शुभकामना दिएका छन।
बास्तबमा जनताले भ्रष्टाचारमुक्त समाजको कती आसा गरेका छ्न र भ्रष्टाचार बिरोधी मुद्धा बोकेर हिड्ने अभियन्ताका लागि ज्यानको बाजि लगाएर अगाडी बढेका छन।हिजोका दिनमा चर्चित पत्रकार रबि लामिछाने को पक्षमा उर्लिएको भिड हओस वा नेपालका लागि नेपाली अभियानका युवा अभियन्ता ज्ञानेन्द्र शाहीका पक्षमा उर्लिएको नेपाली जनताको भिड हओस त्यसैगरी आज संसद "मनाङ्गे"को भनाईको सपोर्ट्,समाचार भाईरल र अधिकतम शेयर भएको समाचार हओस।
यद्यपी सबै घटनाक्रमलाई हेर्ने हो भने साच्चिकै नेपाली जनताहरु भ्रष्टाचारको दलदलमा फसेका छ्न। यसको बिरुद्धमा उत्रिन र भ्रष्टाचार नामक समाजको ऎझेरुलाई सदाकालागी तिलान्जली दिन कुनै कसर राख्दैनन।नेपाली जनतालाई थाहा छ कि मुलुक भ्रष्टाचार मुक्त हुन सके सिघ्र मुहार फेर्न सक्दछ भने जनताले सुख शान्ती र समृद्धिको सास फेर्न पाउनेछन।अब भ्रष्टाचारको बिरुद्धमा गाउँ गाउँ बस्तिबस्तिबाट उठ्नुपर्छ र समृद्ध नेपाल सुखी नेपालीको नाराप्रती समर्पित हुनुपर्दछ।हवाई चप्पल लगाएर राजधानी छिरेका नेताहरु हेलिकप्टरमा चढेर फर्केको देखिसकेका छन, सर्बाहाराका निम्ति लड्नेहरु आलिसान महलमा मासु र रक्सीको चुस्किमा दिन ब्यतित गर्नेहरु पनि देखिसकेका छन।अब ठुलो भुँडी हेलिकप्टर चढेर आउने नेता होइन सुन्य भ्रष्टाचार ,समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गर्ने उदार नेता आएको जनताले हेर्ने ठूलो अबिलासा बोकेका छन।
जनताको सुखी र समृद्ध नेपाली भएर आत्मनिर्भर बन्ने इच्छा अबिलासा अझै मरेको छैन झन तिब्र बढेको छ।जनताले नै अमुल्य भोट हालेर बहुमतले जिताएर पठाएका जननिर्वाचित प्रतिनिधिहरु र बहुमतीय सरकार प्रती पुर्ण आसा भरोसा रहेको छ। साच्चिकै त्यो जनताको आसा र भरोसालाई तुहिन नदिने हो भने संसद दिपक मनाङ्गे जस्तै अन्य जनप्रतिनिधिहरुले पनि आफुबाटै परिबर्तन शुरु गर्नुपर्दछ भने सरकारले पनि बिभिन्न तह र तप्कामा तदारुकता साथ कदम चालिदिए असम्भव भन्ने बिल्कुलै केही छैन।