नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारद्वारा आयोजित २८५६ औं सोनाम (जीवा/नाम्यूङ ल्होछार) समारोह तथा प्रथम वार्षिकोत्सब २०२० मनाउन चर्चित कलाकार कतार आइपुगेका छ्न ।
भोलि १७ जनवरीमा एसियन टाउन ग्राण्डमलमा हुन गैरहेको कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय ख्यातिप्राप्त अतिथि कलाकारहरु, तामाङ डाजाङका अध्यक्ष एवम् तामाङ सेलो गितकार, संगीतकार फुल कुमार बम्जन, आधुनिक, पप, लोक तथा तामाङ सेलो गायिका पुर्णिमा लामा, सर्जक, गितकार, संगीतकार शुभ घलान तामाङ सांगीतिक कोसेली बोकेर आज बिहानै कतारमा अवतरण गरेका छन्।
अतिथी कलाकारहरुलाई स्वागत तथा सम्मान गर्नको लागि आयोजक कमिटिको तर्फबाट का.वा अध्यक्ष ज्ञानमान थिङ तामाङ (तारा) प्रमुख सल्लाहकार बिनेस कुमार तामाङ, विशेष सल्लाहकार, इन्द्र ब.तामाङ, कार्यक्रम संयोजक तथा उपाध्यक्ष वाङ्ज्यु लामा, महिला उपाध्यक्ष, बेली कुमारी तामाङ (सबिता) सचिव बिकास तामाङ, सूचना तथा सञ्चार बिभाग प्रमुख धनबहादुर तामाङ (डिबि), आर्थिक संयोजक सुमन कुमार लो तामाङ, लामा गुरुहरु , होङ्गा घले , कान्छाराम तामाङ, कार्यक्रम व्यवस्थापक संयोजक फुर्वा साङ्गे तामाङ, साथै सनक बम्जन, लकदोर्जे तामाङ, नेत्र स्याङतान, हरि तामाङ, स्थानिय कलाकार, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
उपस्थित आयोजक तथा शुभचिन्तक हरुले अतिथी कलाकार हरुलाई स्वागत तथा सम्मान गर्ने क्रममा क्रमबद्ध रुपमा खादा ओडाई, पुष्प गुच्छा अर्पण गरि सबैले शुभकामना दिदै सामुहिक फोटो सेसन गरेका थिए।
स्वागत कै क्रममा कलाकार हरुले एउटै स्वरमा भन्नुभयो हामीहरु तपाइँ हरुको निमन्त्रणामा तपाइकै शहरमा भरपुर मनोरञ्जन दिलाउन सांगितीक कोसेली लिएर आईपुगेका छौं। त्येसैले दोहामा रहनु भएका सम्पुर्ण नेपाली आमा बुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा भोलि हुन गैरहेको कार्यक्रममा १ दिन भने पनि समय निकालेर पारिवारिक वातावरणमा संगै ल्होछार कार्यक्रम उत्साहजनक एउटा उत्सवको रुपमा मनाउनको लागि हार्दिक अनुरोध तथा निमन्त्रणा गर्नुभएको छ
तपशिलको मिति स्थान र समयमा गरिमामय उपस्थिति भई अतिथि कलाकार हरुको बेजोड प्रस्तुति संगै स्थानीय कलाकार हरुको साथमा नाच्दै गाउँदै , विभिन्न झाँकी प्रस्तुति, लामा नाच लगायत विभिन्न साँस्कृतिक प्रस्तुतिको अवलोकन गरि ल्होछार समारोह ऎतिहासिक बनाई दिनको लागि आयोजक परिवारले सम्पुर्ण दोहाबासीमा निमन्त्रणा गरेकाछन ।
दोहाको विभिन्न स्थानबाट कार्यक्रम स्थलमा सहजै आवातजावत गर्न निशुल्क: बसको पनि व्यवस्था गरिएको छ ।