रिस राग अनि क्रोधलाई निकाल्ने तिन वटा बाटोहरु हुन्छन् । आफु नजिकैको ब्यक्ति वा रिस उथेको ब्यक्तिलाई सारा रिस पोख्नलाई जे जे मन लाग्यो बोल्दा केहि क्षणको लागी राहत मिल्ने छ, तर दिर्घकालिन समाधान हुदैन यसको परिणाम निकै घातक हुने गर्छ। तापाई जब स- साना कुरामा रिसाउन थाल्नु हुन्छ,बिस्तारै त्यो तपाईको स्वभाव बन्दै जाने छ अन्तत: एक दिन तपाईलाई नातागोता, ईष्टमित्र, साथी भाई बाट एक-एक गरी अलग्याएर एकलकाँटे बनाउने छन ।
केहि मानिसहरु रिसलाई मन भित्र दबाएर राख्छन् त्यो झन खतरा हो। मैले एक पटक पढेको थिए एउटा केटिको मनमा सधै आफ्नो आमालाई मार्ने ख्याल आउथ्यो, किन भने उसको आमाले स-साना कुरामा काराउथिन, गालि गर्थिन कहिलेकाही पिट्थिन। तर आमाको उसले रिस आफनो मन भित्र भित्रै दवाएर राखेको हुन्थी। एक दिन उसको हात नै नचल्ने समस्या हुन गयो जब अस्पतालमा गई डाक्टरले सोधे उसको समस्याहरु उसले सबै वास्तविक कुरा खोलेर भनि अनि डाक्टरले भने आज देखि तिम्रो मनमा भएको सारा रिस राग अनि क्रोध निकालेर फाल्दैनौ नि हरेक क्षण अनेक थरि समस्याहरु उत्पन्न हुन्छन पछि त्यो रोगमा परिणत हुन्छ । आजको यो तिम्रो समस्या पनि सोहि क्रोध बाट जन्मिएको हो। त्यस पछि त्यो केटिले आफ्नो आमाको लागी मनमा भएको सारा आक्रोशलाई सन्देशको रुपमा ग्रहण गरि आमाको स्वभाब नबदलिए पनि उसमा भने निकै परिवर्तन हुदै आयो हिजो आमाले गाली गर्दा कोठाको ढोका बन्द गरेर बस्ने आज आमाले जे सुकै भने पनि मुस्कुराएर बस्न थाली बिस्तारै उसको हात ठिक हुदै गयो। यसको मतलब यो हो की आफ्नो क्रोध मन भित्र दबाएर राख्नु भनेको आफैको नास गर्छ। हुन सक्छ रिसले एक पटक काम बन्न सक्छ तर सधै भरि नोक्सानको सामना भने गर्ने पर्दछ।
सबै भन्दा उत्तम भनेको माफ गर्नु, क्षमा दिनु हो अनि बिर्सनु हो। एक जना ब्यक्ति गौतम बुद्धको छेउमा गएर भन्छन, तिमीलाई घृणा गर्छु, म तिम्रो ज्यान लिन आएको मैले तिम्रो हत्या गर्दैछु। तर गौतम बुद्ध मुस्कुराउदै भन्नुहुन्छ, मित्र तिमी मलाई घृणा गर्छौ ठिकै छ, मेरो हत्या गर्न आएका रहेछौ। थाहा छैन म तिमीलाई कति प्रेम गर्छु, तिमीले चाहे मार्न सक्छौ केवल मेरो केहि शब्द सुनिदेउ, रिस हरेक मानिसको वास्तविक स्वभाव होईन त्यो तपाईको क्षणिक हो चाहेर पनि दिन भरी रिसाएर बस्न सक्नुहुदैन, तर प्रेममा दिन, रात, हप्ता, महिनौ अनि वर्षौ खुसी साथ रहन सक्नु हुन्छ, किनकी मानिसको वास्तविक स्वभाव भनेको प्रेम अनि स्नेह युक्त हुन्छ। प्रेम हरेक मानिसको मनलाई शान्ति दिन्छ भने क्रोधले अशान्ति, दुख र दुखाई दिइरहन्छ। त्यस पछि त्यो ब्यक्तिमा यति धेरै परिवर्तन आयो की गौतम बुद्धको चरणमा पर्दै क्षमा माग्दछ। रिस,राग र क्रोधलाई समाप्त पार्न प्रेम र क्षमा गर्नु भन्दा उत्तम उपाय कुनै पनि छैन। एक जना ब्यक्ति अब्राहम लिङकन सँग गएर भन्छ, मलाई एक जना सँग बेस्सरी रिस उठेको छ। लाग्छ भर्खर गएर उसको गर्धन छिनाईदिऊ सो कुरा सुनेर अब्राहम लिङकनले एउटा कागज दिदै भन्छन लौ यो लिएर जाऊ अनि तिम्रो मनमा भएका सबै यहाँ लेख, उसले त्यसै गर्छ रात भर बसेर लेख्छ र बिहान सो चिठ्ठी हातमा बोकेर अब्राहम लिङकनलाई भेट्न पुग्छ अनि भन्छ म यो चिठ्ठी उसलाई पठाईदिउ। अब्राहम लिङकन भन्छन हुदैन पहिला यो भन कि अहिले तिमीलाई कस्तो अनुभूति हुदै छ। सो ब्यक्तिले भन्छ यो चिठ्ठी लेखे पछी मलाई धेरै शान्तिको अनुभव भएको छ। अब्राहम लिङकन भन्छन अब यो चिठ्ठी जलाइदेउ। मतलब हाम्रो दिलमा कुराहरु गुम्साएर राख्दा रिस उठ्छ, हामीले कुराहरु निकाल्नु पर्छ, बस तरिका हाम्रो कुरालाई प्रकट गर्ने शैली फरक हुन्छ त्यसैले तपाईलाई नातागोता, ईष्टमित्र, साथीभाई बाट अलग्याएर एकलकाँटे बनाउने छ। तपाईको मान सम्मान, इज्जत सबै गुम्ने छ, त्यसैले माफ वा क्षमा गर्ने अनि नराम्रो कुरा बिर्सने बानीले कहिल्यै पनि नोक्सान गर्दैन। तपाईको मान सम्मान अझै उच्च हुने छ। रिस, राग अनि क्रोध निकाल्ने यहि तेस्रो बाटो नै उत्तम बिकल्प हो ।
हामी स्वर्ग र नर्कको कुरा गरिरहेका हुन्छौ, के हो स्वर्ग अनि के हो नर्क? हामी प्रेममय जिन्दगी जिउने कोशिस गरौ हाम्रो कल्पनाको स्वर्ग आफ्नै घर, अफिस, गाऊँ समाजमा हाँसिल गरिरहेका हुन्छौ, भने क्रोधी स्वभावले भने नारकिए जीबन बनाउछ माथि उल्लेख गरे झै सवै बिरानो बन्दै जाने छन हिजो सम्म अरु सँग रिसाउथ्यो आज सबैले अलग्याए पछि को सँग रिसाउने त्यहा कोहि छैन, तर रिस भने यथावत हुन्छ, किन भने सारा मिलेर मलाई एक्लो बनाए भनेर रिस देखाउन नपाए पनि उ रिसाई रहेको हुन्छ् उसले आफ्नो कमजोरी बुझेको हुदैन उसलई विस्तारै आफ्नो रिसले माईग्रेनानि डिप्रेसन जस्तो रोगको शिकार बन्छ। क्रमिकः- उच्चरक्तचाप साथै बिभिन्न रोगले सताउछ, अनि नैराश्यता जीबन जिउन बाध्य हुने छ। जो सँग क्षमा गर्ने शक्ति हुन्छ उसलाई कसैले क्रोधी बनाउन सक्दैन। तपाईलाई रिस उठ्ने सय कुरा मध्ये उनान्सय कुरा यस्तो हुन्छन नरिसाउदा पनि केहि फरक पर्दैन। तर नरिसाउदा भने पक्कै फरक पर्दछ किन भने तपाई साथै तपाईका परिवार अनि सहकर्मीहरुलाई अद्भुत खुसि मिल्ने छ।