भारतीय हस्तक्षेप तथा सीमा अतिक्रमणका विरुद्ध राष्ट्रियतालाई अझ बलियो बनाउने दिशामा यतिखेर सिङ्गो देश नै आन्दोलित छ । हाम्रो देशको अभिन्न अङ्ग रहिआएका हाम्रो भूमि लिम्पियाधुरा, कालापानी,लिपुलेक सुस्ता लगाएत क्षेत्रहरुमाथि यतिखेर भारतीय शासकबाट भएको हस्तक्षेपको चुनौतिपूर्ण र संवेदनशील अवस्थामा पूर्व मेचीदेखि पश्चिम महाकाली तथा तराईदेखि हिमालसम्मका सबै नेपालीहरु एकजुट भएर त्यसको प्रतिरोध गर्नुभन्दा राम्रो अर्को विकल्प छैन। यस विषम परिस्थितिमा हामी नेपालीहरू चाहे जुनसुकै धर्म, लिङ्ग र जातिका होऊँ वा जुनसुकै राजनैतिक मतका होऊँ, आ-अफ्ना मत मतान्तरहरू भन्दा माथि उठ्दै एकजुट भएर राष्ट्रिय अस्मिताको विषयलाई सशक्त रूपले अघि बढाउन जरुरी छ भन्ने हामी ठान्दछौं । विषयको यही गम्भीरतालाई ख्याल गर्दै जनस्तरमा गठन भएको सीमा बचाऔं अभियान, नेपालले विभिन्न अभियानहरू मार्फत सीमा अतिक्रमण विरूद्धमा आवाज बुलन्द गर्ने र सबै सम्बन्धित पक्ष र निकायहरूलाई दबाब दिने उद्देश्य राखेर अगाडि बढिरहेको छ ।
यस सीमा बचाऔं अभियानले गत मंसिर ६ गते यहि रिपोटर्स् क्लबमा पत्रकार सम्मेलन गरी लिम्यियाधुरा कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा सार्बजनिक गरी सरकारका बिभिन्न निकायहरुमा बुझाई दबाब सिर्जा गरियो तर सरकरका तर्फबाट चित्त बुझ्दो ढंगले काम हुन सकेको छैन्। कुटनैतिक पहल जसरी हुनु पर्नेहो त्यो भऐरहेको छैन।भारतिय पक्षले आफ्नो पुरानै अडान दोहोर्याई रहेको छ।यस परिस्थितमा जनस्तर बाट खोजी भई अभियानलाई आएको सुझाब लाई मनन गरी नेपालको दोश्रो ठुलो अतिक्रमित क्षेत्र सुस्ताको नक्सा प्रकासित गरेका छौ ।यो दबाब अभियानलाई निरन्तर जारी राख्नु पर्ने देखिएको छ।
आदरणीय जनसमुदाय, सीमा अतिक्रमणसँग जोडिएर आएको राष्ट्रियताको यो सवाल सारा नेपालीहरूको साझा सवाल हो । यसर्थ जजस्ले जहाँ जहाँ सीमा अतिक्रमण विरूद्धका आवाजहरू जे जजसरी बुलन्द गर्न सकिन्छ गरौं । सँगसँगै, एक आपसमा मिलेर गर्न सकिने कार्यक्रमहरूमा पनि हातेमालो र ऐक्यबद्धता जाहेर गर्दै अतिक्रमण विरूद्ध प्रतिरोध महाअभियानको आँधिबेरी सिर्जना गरौं । यसका लागि आबश्यकिय हदसम्म साझा संयन्त्र निर्माण गर्ने दिशामा पनि पहल गरौं ! राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाको यस अभियानमा सम्पूर्ण मजदुर, किसान, महिला, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, कर्मचारी, राजनैतिक व्यक्तित्व लगायत सम्पूर्ण न्यायप्रेमी र देशभक्त सबै जन समुदायहररू सबै जुटौं ! आ-आफ्नो क्षेत्रबाट अभियानको सफलाताका लागि आर्थिक भौतिक, नैतिक जेजस्तो सहयोग र समर्थन दिन सकिन्छ सहभागिता र ऐक्यबद्धता जनाऔं भन्दै सरकारलाई तत्काल निम्न माग गर्दछौः-
१ नेपालको आधिकारिक नक्सा तत्काल सार्बजनिक गर।
२ दसगजा क्लियर गर।
३ सिमानामा सुरक्षा फौज तत्काल राख।
४ बिज्ञ हरुको टोलि बनाई तत्काल कुटनैतिक बार्ता अगाडी बढाउ।
सीमा बचाऔं अभियान, नेपाल