नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको मुल आयोजनामा २८५६ औं सोनाम (जिवा, नाम्यूङ ल्हो) ल्होछार समारोह तथा प्रथम वार्षिकउत्सव-२०२० बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना लगभग पूरा भएको छ l
१७ जनवरी २०२० मा ग्रान्ड मल स्थित एसियन टाउन, सनैयामा सम्पन्न हुन् लागिरहेको कार्यक्रमलाई भब्य बनाउन संस्थाका उपाध्यक्ष वाङ्ज्यु लामा तामाङको संयोजकत्वोमा २१ सदस्यीय ल्होछार मुल समारोह समिति गठन गरिएको थियो भने प्रचार प्रसार,स्टेज,हल ब्यानर लगायतका विभिन्न कार्यक्रमलाई चाहिने सामग्रीहरु तयारी गरिएको छ l
कार्यक्रममा आउने कलाकारहरुमा
१) छाेटाे समयमै नै चर्चा परिचर्चा कमाएकी म्हेन्दाेमाया,तामाङ,सेलाे ,नेपाली अाधुनिक तथा लाेक पप कर्णप्रीय आवाजकी धनी गायिका पुर्णिामा लामा तामाङ ।
२) विगत लामो समयदेखि गित संगितमा लागेर धेरै भन्दा धेरै तामाङ सेलाे गितहरु सृजना गर्नुका साथै अाफै संगितकार,गायक तामाङविद , बर्तमान तामाङ डाजाङका अध्यक्ष फुल कुमार बम्जन तामाङ ।
३) विगत लामाे समयदेखि गित संगितमा लागेर दर्जनौं विभिन्न विधाका गितहरु सृजना गरि अाफ्नाे स्वरहरु हजारौं दर्शक माझ गुञ्जायमन पर्न सफल अाफैमा संगित पाठशाला चलाएर बस्नु भएका गायक शुभ घलान तामाङ कार्यक्रममा आउने भएका छ्न ।
‘सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो साँस्कृतिक एकताको मूल नारा,ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनीतिक एकताको मूल अभिभारा” भन्ने मुल नारालाई आत्मसात गर्दै तामाङ समुदायको मौलिक पहिचान भेष भुषा,भाषा, धर्म, लिपि, कला ,संस्कार संस्कृतिलाई जगेर्ना तथा बिश्वव्यापी रूपमा प्रबर्द्धन गर्ने उदेश्यले ल्होछार समारोह गर्न लागिरहेको र कार्यक्रम को मुख्य आकर्षक धार्मिकग्रन्थ अनुसार पुजापाठको लागि पवित्र लाभदायक मानिने भएकोले लामा गुरुहरु द्वारा मोलम मन्त्र प्रवचन गर्दै पुजापाठ ध्यान गरि लामा नाच तथा विभिन्न झाँकी प्रदर्सन गरिन आयोजकले जनाएको छ ।
ताम्बा घेदुङले तामाङ हरुको संस्कार संस्कृति रितिथिती, बारेमा प्रस्टाउने गरि आफ्नो प्रस्तुति पस्किने तयारी गरिरहेको छ l अतिथि कलाकारहरु संगै कतारमा स्थापित दर्जन भन्दा बढी कलाकारहरुले आफनो सांगीतिक प्रस्तुति दिने भएका छन l कार्यक्रममा मौलिक बाजा डम्फु नाच, फापरे सेलो, तामाङ सेलो , तामाङ गित, म्हेन्दोमाया गित र नृत्य, दुवै विधामा साँस्कृतिक प्रस्तुति राखिने सूचना तथा सञ्चार बिभाग प्रमुख डिबि तामाङ ले जानकारी दिएका छन l
कार्यक्रम स्थल सम्म जान आउन बिभिन्न स्थान बाट निशुल्क यातायातको ब्यबस्था समेत गरिएको छ l