यदि आफूमा सेक्स डिजायर उत्पन्न भएन भने के गर्नुहुन्छ ? यस्तो स्थितिमा आफ्नो पार्टनर त निराश हुन्छ नै, त्यसका साथै आफैंमा पनि हीनतावोध उत्पन्न हुनसक्छ । अझ लामो समय सेक्स डिजायर जागेन भने आपसी सम्बन्धमै दरार सिर्जना हुन सक्छ । त्यस्तै पार्टनरमा सेक्स डिजायर फिटिक्कै उत्पन्न भएन भने के गर्र्ने ? अन्तै जाने वा निराश भएर बस्ने ? यो गम्भीर कुरा हो ।
पार्टनरमध्ये कुनै एकमा अधिक सेक्स डिजायर हुनु र अर्काेमा फिटिक्कै नभएको अवस्था सिर्जना भयो भने सम्बन्ध कस्तो होला ? अझ लामो समयसम्म यस्तो अवस्था कायम रह्यो भने त सम्बन्धमै तुषारापात हुनसक्छ । एक अध्ययनले सेक्स डिजायर नभएकै कारण अमेरिकामा ४ लाखभन्दा बढी नागरिकले वर्षमा १० पटकभन्दा कम सेक्स गरेको पाइयो । नेपालमा बढ्दो सम्बन्ध–विच्छेदको एउटा ठूलो कारक बनिरहेको यौन असन्तुष्टि पनि यसकै रूप हो । एक्लोपनबाट टाढा एक अध्ययनअनुसार एक्लोपनका कारण अधिकांशमा सेक्स डिजायरभन्दा पनि नैराश्यता छाउ“छ । त्यस कारण सकभर पार्टनरस“ग सधैं स“गै बसे केही हदसम्म सेक्स डिजायर बढ्न सक्छ । विविध कारणले एक्लो बस्न बाध्य भएकाहरूको सेक्स डिजायर सुरुमा बढे पनि बिस्तारै घट्दै जाने अध्ययनले देखाएको छ ।
त्यसैले बाध्यतावशः एक्लो बस्नुपरे पनि नियमित सम्पर्कमा रहने प्रयास गर्नुपर्छ । एक अध्ययन प्रतिवेदनअनुसार लामो समय बाहिर बस्नुपर्दा पार्टनरस“ग इन्टरनेट वा फोन सेक्स पनि गर्न सकिन्छ । अधिक व्यस्तता अधिक व्यस्तताका कारण पनि सेक्स डिजायरमा कमी आउन सक्छ । बढी व्यस्तताले शारीरिक मात्र होइन, यौनजीवनमा पनि असर छ । अत्यधिक व्यस्तताले थकान निम्त्याउछ जसले सेक्स जीवनमा प्रभाव पार्छ । थकाइ लागेका बखत मनतातो पानी, मन पर्ने खानेकुरा लिएर पार्टनरसगै शान्त कोठामा बसेर प्रेमपूर्ण वार्तालाप गर्दा डिजायर बढने विभिन्न अध्ययनले देखाएका छन् । सेक्सी बेड अचेल बेडलाई पनि विभिन्न कोणबाट आकर्षक बनाउने चलन छ । श्रीमान्÷श्रीमती सुत्ने बेडलाई सकभर सेक्सी बनाउने फेसन छ । यसले पनि सेक्स डिजायर बढाउन मद्दत गर्छ । विभिन्न सामान थुपारेर बेडलाई गज्याङगुजुङ पार्नु हुदैन ।
यसो गर्दा दम्पतीमा नैराश्यता र अल्छीपन छाउन सक्छ । बेडलाई सकभर दुवैको चाहना अनुसार आकर्षक बनाउनुपर्छ । बेड नजिकै ल्यापटप, कम्प्युटर, पेपरजस्ता कुरा राख्नु हुदैन। व्यस्तता र समयको सदुपयोग गर्ने धुनमा बेडमै बसेर काम गर्ने चलन पनि बढेको छ, वास्तवमा यो राम्रो होइन । बेडमा पार्टनरसग रोमान्सका लागि आवश्यक सामग्रीहरू सुरक्षित राख्नुपर्छ । बेडमा सामान थुपार्नु हुदैन । हेर्दै चिटिक्क, आकर्षक, सफा र लुटुपुटु गरौं जस्तो बेड बनाउनुपर्छ । यसले पनि सेक्स डिजायर बढाउन सक्छ । सेक्स टुल्स दुवै जना सेक्सका लागि आतुर छन्, तर साथमा कन्डमलगायत आवश्यक सामग्री छैनन् भने कस्तो महसुस हुन्छ ? गर्भ निरोधक औषधी, सेक्स ड्राइभ, अन्य औषधी, सेक्स पावर औषधी, कपडा आदिको सही व्यवस्था पनि अत्यावश्यक छ । यस्ता सेक्स टुल्सहरू सुरक्षित राख्नुपर्छ, जसले झन्झटबाट मुक्ति मिल्छ ।