समावेसीता भन्नाले विकासको दृष्टिकोणले पछाडी परेको तथा पारिएको वर्गलाई समाजका अन्य नागरिक सरह समान हक अधिकार सम्पन्न बनाउने व्यवस्था नै समाबेसीता हो। समाजमा सकारात्मक बिभेद सामाजिक न्याय, समान अवसर तथा समानताका लागि समावेसीता अत्यन्तै बहुउपयोगी संरचनाहो ।
विशेषतःमानव अधिकार, समानता र सामाजिक न्याय नै समाबेसीताको मूलमर्म हो ।नेपाली समाज बहुभाषिक, बहुधार्मिक, बहुसास्कृतिक र बहुजातीय भएको समाज हो । विभिन्न किसिमका धार्मिक तथा सामाजिक मान्यता वा कारणवस् पछाडी परेका जाती—जनजाती, वर्ग, धार्मिक समुदाय आदिलाई देशको अन्य नागरिक सरह समान अधिकार र निर्णय निरुपण तथा राज्यका हरेक तह र तप्कामा उनीहरुको पनि सहभागीता हुनुपर्दछ र उनीहरु पनि आफ्नो निर्णय आफै गर्नका लागि सक्षम हुनुपर्दछ। देशको राजनितीक सामाजिक सास्कृतिक शिक्षा निजामति, सैन्य विविध क्षेत्रमा उनीहरुलाई पनि सहभागी गराउने उद्देश्य समावेसी सिद्धान्तले बोकेको हुन्छ। नेपालमा समावेसी विकास कसरी भयो त भनी अध्ययन गर्दा राजनिती सामाजिक आर्थिक रुपमा सबैको समान सहभागीता र लोकतान्त्रिक राज्यको मर्म अुनुसार सबैको लागि राज्य सबैले समान हक अधिकार पाउनु पर्छ भन्ने मान्यता का साथ समावेसीता को सुरुवात भएको हो|
समानुपातिक समावेसीकरणलाई सर्वप्रथम नेपालको अन्तरिम संविधान २०६३ ले आत्मसाथ गरेको थियो । त्यसपछी मूलुकि ऐन,२०२० मा भएको १२औँ संशोधन मार्फत समावसीकरणलाई समावेश गरिएको र निजामति सेवा ऐन २०४९ मा २०६४ सालमा दोस्रो संशोधन भई निजामति सेवा प्रवेशमा पहिलो पटक समानुपातिक समावेसी तथा सकारात्मक विभेद मार्फत महिला , मधेसी , जनजाती , दलित , मूश्लीम , अपाङ्ग र पिछडिएका अन्य समूह र समुदायलाई आरक्षण कोटा मार्फत समान प्रतिनिधित्व गर्नु नै नेपालमा समावेसी करण भनेर बुझ्न सकिन्छ । हामीले समावेसी सिद्धान्त कार्यन्वयन गर्दा खेरी विशिष्ट क्षेत्रमा समावेसीकरण गर्दा केही चुनौती समेत देखापर्दछ। जस्तो किः डाक्टरी÷स्वास्थ्य क्षेत्र, सैन्य क्षेत्र आदिमा कसरी समावेसी गर्ने भन्ने प्रश्न उठेको छ । समावेसी सिद्धान्त मार्फत सिमान्तकृत वर्ग र उपेक्षीत वर्गले समान अवसर पाएका छन कि छैनन?अध्ययन हुन आवश्यक छ । नेपालमा साना मञ्चबाट समावेसीता कहिले सम्म भन्ने बिषयमा समेत वहस उठ्न थालिसकेको छ ।
अत: समाजिक विभेद, धार्मिक, राजनितीक, आर्थिक रुपले विपन्न र शैक्षिक दृष्टिले पछाडी परेका समुदायलाई पहिचान गरी उचित निति निर्माण गरी वास्तविक तथ्याङ्क सूचिकृत गरी समावेसी विकासमा लाग्नुपर्दछ । नेपाली समाज विविधतायुक्त छ, तर ऐतिहासीक कालदेखि विद्यमान विभेद तथा अन्याय र शोषण अन्त्य गर्न समावेसीतामा रुपान्तरण गरी समानता र सामाजिक न्यायतर्फ उन्मूख हुनुपर्दछ । जुन समावेसीकरणले गर्दछ । समावेसीताको अध्ययन गरिराख्दा छुटाउनै नहुने विषय आरक्षण, सकारात्मकविभेद वा विशेषाधिकारका नाममा सरकारी तथा गैरसरकारी संस्थाले पछाडी परेका वर्ग समुदाय क्षेत्र र लिङ्गका मानिसहरुलाई मूलधारमा ल्याउन गरिरहेका छन् । यीनीहरुको क्षमता विृद्धि र विकासका लागि वैदेशीक सहयोग पनि भित्रीएको पाईन्छ।