नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा हुने सोनाम ल्होछार कार्यक्रमको प्रचार प्रसार तीब्र रुपमा गरिएको छ ।
समाजले यहि आउदो जनवरी २४ तारिखका दिन गर्न लागेको मञ्जुश्री सम्वत २८५६ सोनाम ल्होछार जीवा ल्हो (मुसा वर्ग)का उपलक्ष्यमा गर्ने बृहत साँस्कृतिक कार्यक्रमको प्रचार प्रसारलाई तीब्र पारेको हो ।
प्रत्येक वर्ष बृहत रुपमा ल्होछार कार्यक्रम गर्दै आएको समाज कतारले यसपटक पनि दोहाको मिसाइदस्थित अम्वाज क्याम्प –२ मा बृहत तरिकाले कार्यक्रम गर्न लागेको छ ।
तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछारलाई भव्य र सबैको उपस्थिति होस भन्ने हेतुले कतारका दोहा,सनैया ग्राण्ड महल, मिसाइद अल्खोर लगायत धेरै ठाउँमा प्रचारप्रसार लाई तीब्र पारेको आयोजक सस्था नेपाल प्रवासी तामाङ समाज कतारले जनाएको छ ।
कार्यक्रममा आमन्त्रित कलाकारहरु तामाङ कलाकार संघका अध्यक्ष गायक तथा संगीतकार सञ्जीव वाइबा, प्रथम आइडल बुद्ध लामा, सेलो गायिका अञ्जु थोकर र म्हेन्दोमाया गायक राम गोम्जासँगै लामागुरु, बोम्पो, झाँक्री
लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । त्येस्तै दोहाका बिभिन ठाउँ बाट कार्यक्रममा आउन जानको लागि पनि यातायातको ब्यावस्था रहेको छ ।
“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन २००५मा स्थापना भएको समाजले विभिन्न रोगका बिरामी, भूकम्प पीडित, छात्रवृत्ति, कतारमा विविध कारण पीडित भएकाहरू लगायतलाई आर्थिक,नैतिक, भौतिक रुपले सक्रियताका साथ सहयोग गर्दै आएको छ ।