अर्घाखाँची सेवा समाज कतारको आयोजनमा हुन लागेको समाजको तेस्रो बनभोज तथा सांस्कृतिक कार्यक्रमको लागि तयारीले तिब्रता पाएको छ ।
आज मिति १० जनवरि २०२० का दिन दोहा स्थित (मुन्ताजा पार्क) मा बसेको समाजको भेलाले आगामी १४ फेब्रुअरीका दिन दोहादेखि ४० किमि पर पर्ने शुन्दर ठाउँ अल्दोसरि जु मा गर्ने " बनभोज तथा सास्कृतिक कार्यक्रम"लाई भब्य एवम सभ्य पार्न सम्पुर्ण आवस्यक विषय बस्तुमाथी छलफल गर्दै तिब्रता दिएको छ ।
कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायक कुशल बेल्बासे को साथमा कतारलाई कर्मथलो बनाइ आइरहेका स्थानिय चर्चित कलाकार हरुले भरपुर्ण मनोरञ्जन दिलाउने छन ।
कार्यक्रममा जान आउनको लागि कतारको विभिन्न स्थान हरुमा गाडिको ब्याबस्था, गरिएको आयोजक संस्था अर्घाखाँची सेवा समाज कतारले जनाएको छ ।
समाजले कतारमा रहनुहुने सम्पुर्ण संघ संस्था, बुद्धिजीवी, समाजसेबी, पत्रकार तथा अर्घाखाँची बासीहरुलाई कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुन सस्थाका अध्यक्ष टेक राज थापाले आग्रह गरेका छ्न ।
को हुन बेल्वासे ?
अर्घाखाँची जिल्ला पटौटि ७ साविक हाल पाणिनी गाँउपालिका ४ मा सामान्य परिवारमा जन्मेका बेल्वासे आफु गीत संगीतलाई सानै उमेर देखि रुचि राख्ने गर्थे ।
चर्चित लोकगीत रातोघलेकीमा गितको वोलबाट चर्चा कमाएका बेल्बासेले प्रदेशीयका प्रदेशीहरुको कथा र व्यथामा आधारित परदेशी, रिडी दोभान, माली गाईले बाछी चाटेको, बाँचे घर आम्ला, झुमे रुमाल , रानिफुल लगाएत करिब एक दर्जनौ भन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन ।