वशन्त राज सुब्बा (झापा) - भ्रमण बर्ष-२०२० लाई सफल बनाउन प्रदेश नम्बर १ स्थित झापा केरखामा एतिहासिक साईकल र्याली भब्यताका साथ सम्पन्न भएको छ।
नेपाल सरकारको घोषित भ्रमण बर्ष-२०२०, गत जनवरी एक गते राजधानीमा आमन्त्रित अन्य चालीस मुलुकहरुका पर्यटन मन्त्रीहरु लगायतको उपस्थितिमा दशरत रंग शालामा Open Ceremony गरिसकेको छ। नेपाल उद्योग बाणिज्य तथा पर्यटनमन्त्री योगेश भट्टराई एवम सरकारको घोषित भ्रमण बर्ष-२०२०,को अबधी भरिमा करिब २० लाख पर्यटन भित्र्याउने लक्ष्य रहेको छ। पछिलो समय युवा जमातहरूद्वारा "प्राकृतिक सम्पदा हाम्रो सान विश्वसामु चिनाउने हाम्रो अभियान " भन्ने नाराका साथ स्थापित भएको Walk Nepal संस्थाले प्रदेश नम्बर एकमा रहेका सम्भाबित पर्यटकीय स्थलहरुको व्यापक प्रचार प्रसार लाई तीब्र पारेको छ। सामाजिक गतिबिधिमा समेत सक्रिय रहेको संस्था वाल्क नेपालले भ्रमण बर्ष-२०२० को अवसर पारी "Save the historical heritage" भन्ने नारालाई अगाडि बढाउदै लगेको हो।
प्रदेश न. एकको पर्यटन क्षेत्रमा बिकाश गर्दै प्रबर्द्धन गर्नका लागि गत सनिबार बिहान सस्थाका अध्यक्ष खडग बहादुर श्रेष्टको सभापतित्व, विश्व साईकिलिस्ट ज्ञान लाल महर्ज़नको प्रमुख आतिथ्य,बिशिस्ट अतिथी रथी बाहिनिपति डा. आस बहादुर तामाङ,भेन्चर धावक दिनेश श्रेष्ठ तथा विभिन्न बिशिस्ट ब्यक्तित्वहरुको समुपस्थितिमा साईकल कुदाएर साईकल र्याली कार्यक्रमको उद्घाटन गरिएको थियो।
झापा कमल गाऊँपालिका केरखा बजारस्थित महेन्द्र राजमार्ग देखि दमकसम्मको परिक्रमा गरी बिबिध सास्कृतिक कार्यक्रम सहित कोण सभा गरिएको थियो ।र्यालीमा सुरक्षाको बिशेष ध्यान दिदै नेपाल आर्मी, दमक इलाका जनपद प्रहरी, दमक इलाका ट्राफिक प्रहरीको समेत सहभागिता रहेको थियो । त्यसैगरी स्वास्थ्य सम्बन्धी सतर्क रहदै नेपाल रेडक्रसको एम्बुलेन्स उपलब्ध गराईएको थियो। दमक नेसनल हस्पिटल द्वारा बिचबिचमा फस्ट एड कीट लगाएत प्राथामिक उपचारका सामाग्री समेत उपलब्ध गराईएको थियो।
केरखा बजारमा आए पश्चात् सस्थाका सचिव रोशन लिम्बुले सबै प्रतियोगिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए।त्यसै क्रममा विभिन्न साङ्गीतिक कोसेलीहरु समेत प्रस्तुत गरिएका थिए । कलाकारहरु बिनिशा नेम्वाङ, एलिशा तामाङ, साबित्रा रसाईली, रुषम लावति, बाबा फ़्याक, अस्मिन मगर लगाएतका कलाकारहरुका विभिन्न कोसेलीहरुले थप मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रमका प्रमुख विश्व साइक्लिष्ट अभियन्ता ज्ञान लाल महर्जनले झापाको केरखामा भएको ऐतिहासिक साईकल र्यालीमा विद्यार्थीहरुको उत्साहपुर्ण यति ठुलो सङ्ख्या आफुले प्रथम पटक देखेको भन्दै यस कार्यक्रमबाट प्रभावित भएको ब्यक्त गरेका थिए, त्यस्तै सामाजिक ब्यक्तित्व अथितिहरूमा छत्रहाङ फगो, गौरीमान फागो, अग्नि कोईराला लगायतले भ्रमण बर्ष २०२० र देशको पर्यटकीय क्षेत्रबारे आ-आफ्नो तर्क राख्दै Walk Nepal को कार्यप्रति धन्यबाद दिएका थिए।
स्थानीय सरकार कमल गाऊँ पालिका को वडा न.३, अध्यक्ष नन्दलाल दङाल तथा श्री शहिद धर्मभक्त उच्च माबी का ब्यबस्थापक अध्यक्ष चक्र गुरूङले वाक नेपाल सस्थाले भ्रमण बर्षको उपलक्ष्यमा आफ्नै ठाऊमा यसरी सरकारले चलाएको पर्यटकीय अभियानमा निस्वार्थ रूपले गरिएको उदाहरणिय काममा सहयोग गर्न स्थानिय तहको कमजोर प्रति आत्मा समीक्षा गर्दै ऑउदो दिनमा पुन:सहयोग रहने ब्यक्त गरेका थिए । र्यालीमा सहभागी निहारिका बोर्डिंग्, शाहिद धर्मभक्त मा.बी, अण्डरलैण्ड बोर्डिंग, फोनिस बोर्डिंग् स्कूल लगाएत सितापुरी युवा ग्रूप, धर्मपुर ग्रूप लगायतलाई प्रशंसा-पत्र र कदर-पत्र बितरण गरी सम्मान गरिएको थियो ।
अन्त्यमा: सभापति खडग श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने सुरक्षाकर्मी, स्वास्थ्य कर्मी, विद्यार्थी , मिडियाकर्मी तथा विभिन्न आर्थिक भौतिक नैतिक सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजिकरण युवा समाजसेबी बिरेन्द्र याक्थुङ्बा ( शुबास) ले गरेका थिए।