काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि बञ्चरे डाँडामा स्यानेटरी ल्याण्डफिल साइट निमार्णको काम भइरहेको छ । सिस्डोलमा फोरले भरिएपछि धादिङ र नुवाटोटको बञ्चरे डाँडमा अहिले ल्याडफिल निमार्ण भइरहेको छ ।
शुक्रबार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र १८ वटै नगरपालीकाको टोलीले बन्चरे डाँडामा निमार्ण भइरहेको ल्याण्डफिल निमार्णको निरक्षण गरिएको थियो । निरक्षणको क्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले अवरोध भन्दा पनि यसलाई व्यवस्थान कसरी गर्ने भन्ने तरि लाग्न आग्रह गरे । सिसडोल फोहोर व्यवस्थापनको लागि राज्यको लागी परेको उनले बताए । उनले भने, ‘स्थानीयको माग सम्बोधन गर्छाै । अब हामी कसै जनतालाई ढाडदिन किन की म याहँकौ स्थीनी हो । हप्ताको एक चोटी निरिक्षण गर्न आएको उनले बताए । उनका अनुसार याहाँको समस्या कहाँ निर गएर अडकिएको छ । सयको समस्याको समाधान गर्नको लागि म जिम्मेवारी लिन्छौ ।
नुवाकोट सांसद नायरण खतिवडाले खुकुरी चोटको पिडा अचानोलाई मात्र थाहा हुने बताए । ०६२ साल जेठ २२ गते काठमाडौं महानगरपालिका तत्कालिन स्थानीय विकास मन्त्रालयले २ वर्षमा सिसडोलको डम्पिङको व्यवस्थापन गर्ने गरी आवासन दिएको थियो तर अहिले सम्म डम्पिङ साइड व्यवस्थापन भएको छैन उनले बताए । उनले भने, ‘अहिले पनि नुवाकोटे जनताहरु शसंकित छन । कतै यो निमार्ण कार्य पनि समयमा सम्पन्न हुदैनकि भनेर । अब आउँदो बर्खापनि पहिलाको जस्तो फोहोरको लिचाड बगेर जानेकी हो भनेर त्याहाँका बासिन्दहरु चिन्तित छन् ।’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सिसडोल फोहोरले भरिसकेकाल त्यसको विकल्पमा ल्याण्डफिल निर्माण गरिएको बताए । कुनै बेला पनि पहिरो जान सकिन्छ उनले बताए । त्यस्तै ललितपुर महानगरापालिकाको मेयर चिरिबाबु महर्जले फागुनको पहिलो हप्तासम्म भौतिक संरचनाको निमार्ण समपन्न भई फोहोर बिसर्जन विश्वासत हुन आग्रह गरे ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल भन्दा करिब दुई किलोमिटर अगाडि बन्चरेडाँडो छ । ल्याण्डफिल साइटमा धादिङ जिल्लाको धुनीबेंसी–१ का केही भूभाग र नुवाकोट ककनी गाउँपालिका २ र ३ का केही भूभाग पर्छन् । ल्याण्डफिल साइट निर्माण क्षेत्रको क्षेत्रफल एक हजार १७ सय रोपनी जग्गा रहेको निमार्ण आयोजनाले बताए । तर धादिङ र नुवाकोटका स्थानीयले भने ७ सय रोपनी जग्ग अधिग्रहण गरिएको बताउँदै आएको छ । काठमाडौं महानगरपालिकाका, लालितपुर महानगरपालिकासँगै १८ वटा नगरलालिकाले सिसडोलमा फोहोर फाल्दै आएको थियो ।
जापान सहयोग नियोग (जाइका)ले बनाएको डिजाइनअनुसार ल्यान्डफिलसाइट निर्माण गर्न एक अर्ब ५६ करोड लागतमा बन्न लागिएको हो । यो निमार्ण सम्पन्न भइए सकेपछि उपत्यकाको फोहर २० वर्षसम्म धान्न सक्ने आयोजनाले जनाएको छ ।
२०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयलाई पूर्वाधार निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बैशाख १२ गते ल्याण्डफिल साइट निमार्णको शिलान्यास गरेका थिए । शिलान्यास भएको ९ महिला वित्तिसक्दा पनि सन्तोष जनक काम भने देखिएको छैन ।
बैशाख २२ गते सहरी विकास मन्त्रालयले लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई एक वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्रतिनिधि निरञ्जन खनालका अनुसार फागुनको एक गतेबाट मात्र पहिलो चरणमा फोहोर फाल्न मिल्ने बताए ।
माग पुरान भनए बन्चरेडाँडमा फोहोर फाल्न दिदैनौ
२ वर्षका लागि मात्र भनेर काठमाडौंको फोहोर फाल्न सुरु गरिएको नुवाकोटस्थित सिसडोलको फोहोर १४ वर्ष बित्दा पनि व्यवस्थापन हुन नसकेको स्थानीत बताउँछन् । स्थानीय हाम्रो माग पुरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयले चेतावनी दिएको छ । सिसडोलमा फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा फोहारको कारणले गर्दा मनिस, गाई बस्तुलाई समेत असर परेको छ ।
स्थानीय चक्रमान बलामीले राज्यले १४ वार्ष देखि ठुलो ठुलो आसवाश्सन मात्र दिएर राखेको बताए । उनका अनुासर अब हामीलाई कसैको पनि आश्वासन चाइदा पनि चाइदैन हाम्रो खुट्टा छ हामी आफै कमाएर खान्छौ । उनले भने, ‘फोहोरको डम्पिङको छेउमा मेरो घर छ हामी कसरी बस्यो होला ? कसरी बच्यौ होला ? सिसडोललाई राम्रो सँग व्यवस्थापन नगरेसम्म बन्चरेमा फहोर फाल्न दिदैनौ ।