राप्रपा ( संयुक्त ) को उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भएको छ ।
पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षता तथा पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराको समुपस्थितिमा भएको राप्रपा ( संयुक्त)को उच्चस्तरीय कार्य सम्पादन समितिको बैंककमा पार्टी को भाबी कार्यक्रम तथा निती र संगठन सुदृढीकरण एबं बिस्तार सम्बन्धी प्रतिबेदन माथी ब्यापक छलफल गरि प्रेस विज्ञप्ति जारी गर्दै कार्यन्वयन गर्ने निर्णय गरेको छ ।
पार्टिका संयोजक द्धय हरिबहादुर बस्नेत र नवराज सुवेदीद्वारा प्रस्तुत गरिएका दुईवटा प्रतिवेदन माथि बुदागत रुपमा बृहत छलफल भएको हो। सामाजिक सञ्जाललाई मर्यादित अनुशासित बनाउने बाहानामा नेकपा सरकारले संसदमा अगाडि बढाएको विधेयकलाई बहुमतको आधारमा पारित गर्ने कुत्सित प्रयास प्रति राप्रपा ( संयुक्त ) को गम्भीर ध्यानाकर्षण भएको बताएको छ । जसमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने हतियार भएको बताएको छ।
त्यसैगरी राप्रपा ( संयुक्त ) आफैमा मर्यादित सुव्यवस्थीत र अनुशासनको हिमायती पार्टी भएकोले सामाजिक सञ्जालको सदुपयोग आदर्शमा र मान्यताको आधारमा हुनुपर्छ भन्ने पार्टीको अवधारणा भएको बताएको छ।सरकारले अदालतमा न्यायाधीश तोक्ने र अदालतमा समेत राजनिति हाबी भएको हुँदा निष्पक्ष न्यायको संभावना नरहेकोले यस्तो कानुनको समेत राप्रपा ( संयुक्त ) ले खारेजीको माग गरेको छ।
प्रेस बिज्ञप्ति जस्ताको तस्तै: