अमृत गोले/मुग्लानी खबर
नेपाल तामाङ घेदुङ सिन्धुलीको जिल्ला अधिबेशन गत मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । संघीय सचीव राम कृष्ण ब्लोनको प्रमुख आतिथ्यता, नेपाल तामाङ घेदुङको केन्द्रिय भाषा तथा संस्कृति प्रमुख काजीमान थिङ्को अतिथिमा तथा घेदुङ्को जिल्ला अध्यक्ष गम्भीर मोक्तानको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल तामाङ घेदुङ,युवा घेदुङ,संस्कृति घेदुङ सिन्धुलीको संयुक्त समन्वयमा संचालित उक्त कार्यक्रममा घेदुङ घ्याङलेखका उत्तर वाईबा,मरिणका मोतिलाल गोले,हरिहरपुरगढीका निरेश मोक्तान,कमलामाईका सरिता तामाङ ,दुधौलीका मोतिलाल बल त्यस्तै सुनकोसीका छेडुप मोक्तान लगायतमा अन्य तामाङ गायकगायिका तथा कलाकारको उल्लेख्य सहभागिता थियो ।
अधिबेशनले तामाङ भाषा तथा संस्कृतिको संरक्षण तथा संबर्द्धनको लागि नेपाल तामाङ संस्कृति सिन्धुलीको नयाँ कार्यसमिती प्रकाश वाईबा तामाङको अध्यक्षतामा १३ सदस्यीय समिति समेत चयन गरेको छ ।
कार्यसमितिमा अध्यक्ष प्रकाश वाईबा,उपाध्यक्ष नवीन तामाङ ,कोषाध्यक्ष निरुता लामा,सचीव अमर लो,सहसचिव निकेश तामाङ ,सदस्यहरु अन्जु थोकर,संञ्जय थोकर,रेश्मा बोम्जन,मिलन थिङ पाराङ,मेनुका मोक्तान ,रिता तामाङ ,सन्तोष तामाङ र दिप तामाङ रहेको छ ।
अधिबेशनले प्रमिला वाईबाको संयोजकत्वमा महिला घेदुङको समेत चयन गरेको हो ।