झापा - प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले जनताले विकासे कामका लागि सिंहदबार धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । झापाको अर्जुनधारा नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय र प्रदेश सरकारबाटै विकासका काम हुन थालेपछि सिंहदरबारको मुख ताक्नुपर्ने बाध्यता अन्त्य भएको छ भन्नुभयो ।
“पहिला सानामसिना विकासे योजनाका लागि पनि केन्द्र धाउनुपथ्र्यो”, उहाँले भन्नुभयो, “अब त्यो अवस्था छैन ।” कार्यक्रममा नगरप्रमुख हरिकुमार रानाले नगरमा गठित टोल विकास समितिको अधिकार र कार्य क्षेत्र फराकिलो भएको बताउनुभयो ।RSS