संघीय लिम्बुवान सामाजिक मञ्च केन्द्रिय समिती कतारको आयोजनामा बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कतारमा प्रवासी जीवन बिताई रहेका नेपाली श्रमिकहरुको चिरपरिचीत संस्थाको रुपमा स्थापित मञ्च कतारले सदाझै यश बर्ष पनि अंग्रेजी नयाँ बर्ष २०२० को शुभ अवशरमा बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम गर्न सफल भएको हो ।
गत ३ तारिक शुक्रबार कतारको दोहा देखि ४० किमि टाढा पर्ने सुन्दर ठाउँ अलदोसरिमा गरेको कार्यक्रममा नेपालकी राष्ट्रिय गायीका सुनिता थेगिम तथा स्थानिय कलाकारहरु को बेजोड सांगीतिक प्रस्तुति रहेको थियो ।
मन्च अध्यक्ष रेखा राइको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कतारमा रहेका स्थापित विभिन्न संघसंस्था,अग्रज व्यत्तित्वहरु, सामाजिक अभियानता, व्यावसायी, पत्रकार, कलाकार, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
दिप प्रज्वनन ब्यानर उत्घाटन गर्दै सुरु गरिएको औपचारिक कार्यक्रममा सस्थाका बरिस्ठ उपाध्यक्ष डम्बर लिम्बूले उपस्तिथ सम्पुर्ण लाई स्वागत मन्तव्य बाट स्वागत गर्दै आफ्नो सस्थाले बनभोज तथा सास्कृतिक कार्यक्रम गर्नुको उदेश्य बारेमा प्रकाश पार्दै अङ्ग्रेजी नयाँ बर्षले सबै नेपाली माझ सहहृदय मित्र भावको सहकार्य होस भन्ने चाहेको पनि उन्ले बताए ।
कार्यक्रममा मन्तव्य राख्ने अथिती हरु प्रायोजक तर्फबाट कान्तिपुर मेडिकल बाट विशाल खतीवडा,चानख पोखरेल,करिम बक्स मिया,अम्बिका खत्री कमल मणि गुराँगाई,शिव भुजेल,मोहम्मद मुक्तदा मुसलमान,संकर न्याउपाने लगायतले मन्तव्य राख्दै "सलिसाम "कतारले गरेको विभिन्न सामाजिक काम प्रती खुलेर प्रसंशा गरे ।
मन्च कतार अझ आउने बर्षमा फुल्दै फैलिदै जावस, नेपाली हरुको मन मुटुमा बस्न सफल रहोस, सामाजिक कार्यमा अझै एकदम बढ्डै जानेछ भन्दै नयाँ बर्ष २०२० को सुभकामना ब्याक्त गरे । सस्थाले गरेको सामाजिक कार्यमा हातेमालो गर्न तयार रहेको बताउदै कार्यक्रम सफलताको कामना गरे । त्येस्तै कवि तिर्थ सङ्गम राइको (आमा ) सम्बन्धी कविता वाचनले सबैलाई भावुक बनायो ।
संघीय लिम्बुवान सामाजिक मञ्च केन्द्रिय समिती कतारले सामाजिक,आर्थिक नैतिक सङगै नेपाली हरुको विभिन्न चाड पर्वमा कार्यक्रम तथा फुटबल खेल भब्य एवम सभ्य सक्रिय तरिकाले सम्पन्न गर्दै आइरहेको छ ।
साँस्कृतिक कार्यक्रम
दोस्रो चरणमा रहेको सास्कृतिक कार्यक्रममा रिता आङ्देम्बे लिम्बूले लिम्बू भाषाको गीतमा नृत्य प्रस्तुत गरिन भने अन्य कलाकार गायन तर्फ बिकेस लिम्बूको सम्झना सलल,मौसम लिम्बू: बल्ल बल्ल भेट भयो,गौतम लिम्बू,सम्झदै बस्दै छु,उज्ज्वल तामाङ,घुम्न सरर त्यस्तै अमृत लिम्बू लगायतका कलाकारले गायन प्रस्तुत गरे भने मोडल उर्मिला लामा बिरुसा वाइबा, सुस्मिता सन्खरको नृत्य पनि धेरैले मन पराए ।
कार्यक्रममा चर्चित गायिका नेपाल बाट आमन्त्रित अतिथि राष्ट्रिय कलाकार सुनिता थेगिम लिम्बुले ए हजुर माया हजार ,छ्त माया आउ ओर ओर छैन भने जाउ पर पर,लिम्बू भाषाका गीत, साकेला,धान याराक लगायत का करिपन १ दर्जन गीतमा आफ्नो प्रस्तुति दिदा दर्शक हरुले भरपुर्ण मनोरञ्जन लिए भने बिच बिचमा "वान्स मोरको " सब्दले माहोल झनै तताएको थियो । तेसमाथी मीठो स्वरकि धनी लिम्बुले अझ स्टेज तताउन सफल रहिन ।
इलामको माङ्सेबुङमा जन्मिएकी गायिका थेगिम नेपाली हरुको मन मुटुमा बस्न सफल रहेकी छिन । कार्यक्रममा विभिन्न उपहार सहितका रोचक खेलहरु पनि खेलाइएको थियो जस्मा सुस्मिता सन्खरले ११ जना प्रतिस्पर्धा लाई उछिन्दै पुरस्कार जित्न सफल रहिन ।
अन्त्यमा सभापति रेखा राइले बोल्दै विभिन्न ब्यास्थताको बावजुट पनि कार्यक्रममा उपस्थिति जनाएर सफल पार्नुहुने अतिथि,कलाकार र दर्शक र कार्यसमिति का सम्पुर्णमा धन्यवाद ब्यक्त गरिन । आगामी दिनमा पनि आफ्नो सस्थाले अझ बृहत तरिकाले अगाडि बढ्ने बताउदै कार्यक्रमको समापन गरिन । उक्त औपचारिक कार्यक्रमको संचालक कार्यवाहक महासचिव देबिन आङ्देम्बे र सास्कृतिक कार्यक्रम भने सृजन लिम्बु र सुजन लिम्बूले गरेका थिए ।