रामेछापको ऐतिहासिक दोरम्बाको काली पोखरी मासेर पार्क र खेल मैदान बनाइएको छ । दोरम्बा गाउँपालिका वडा नं २ दोरम्बाको शिरमा रहेको २ ठुला पोखरी मासिएको छ ।
जमिनलाई चिस्यानयुक्त बनाइ पानीका मूल जोगाउन सहयोग र्पुयाउने यस्ता पोखरीहरु अतिक्रमणका कारण मासिदै गएका छन् । हिउँद वर्षा भरि एकै नासको पानी जमिने यस पोखरी हहिले पार्क र खेल मैदान निमार्ण गरिएको छ ।
२०६१ साउन ३२ गते सरकार र माओवादीबिच दाङको हापुरे वार्ता चलिरहेका बेला दोरम्बामा जिल्ला जनसरकार बाबुराम लामा सहित २१ जना माओवादी कार्यकलाई नेपाली सेनाले सामुहित हत्या गरेको थियो । जसले गर्दा पनि दोरम्बा एक चर्चित ठाउँ हो । जनयुद्धले कथा सुन्न र बुझन् दोरम्बा उपयुक्त छ ।
तिपोखरी भएकै कारण संस्कृत भाषाको ‘दो अम्ब’ बाट अपभ्रम्स हुँदै दोरम्बा नाम रहेको स्थानीय बताउँछन् । ऐतिहासि पोखरी मासेर पार्क र खेल मैदान निमार्ण गर्न थाले पछि स्थानीय बासी चिन्तित बनेका छन्् ।
यस पोखरीमा काली देउता बस्ने भएकाले यस पोखरीलाई कालीपोखरी भन्ने गरेको धार्मिक विश्वास रहेको छ । यस भन्दा दुई दशक अघिसम्म कत्तिक पुर्णेका बेलामा रातिको समयमा जात्र लाग्ने गरेको बुढापाकाहरुको मुखबाट सुन्न सकिन्छ । यस ठाउँमा दुई ओटा पोखरी रहेकोमा हाल एउटा भत्काएर खेल मैदान बनाएको छ । वर्षा भरी पानी जमि रहने भएकाले गर्मी याममा पखोरीमा गाई, भैंसी र सुंगुरले आहाल खेल्ने तथा पानी खाने गरेको वडा अध्यक्ष खड्का श्रेठले बताए । उनका अनुसार, ‘हामीहरु निर्वाचित हुनु भन्दा पहिले नै खेल मैदानको रुपमा परिनत भएको थियो । स्थानीय सरकार बने पछि त्यसलाई थप ठुलो पारेको मात्रै हो ।’
पोखरीकै माथि डाडामा हस्पिटल बनाएको छ । हस्पिटलको फोहोर पानी पोखरीमा मिसिने गर्दछ । जसले गर्दा फोहोरले यस ठाउँबाट काली देवी भागिएको स्थानीएको भनाई छ ।
काली देवी भागेसँग पोखरी पनि विस्तारै सुकेको स्थानईको भनाई छ । तर पनि बर्खाको पानी पोखरीमा जम्मा भएको पानीमा दिनभरी भैंसीहरु पोखरीमा आहाल बस्थे ।
उनले भने, ‘जंगल चर्न जाने गाई गोरुले बिहान बेलुका सोही पोखरीमा पानी खान्थे तर अहिले पार्क र खेल मैदान बनाएका कारणले पोखरी पोखरी नाममा मात्र सिमित हुने अवस्थामा पुगेको छ ।’
केहि समय दोरम्बा धान उत्पादन गर्ने जिल्लाको एक प्रमुख मानिथ्यो । सोहि पोखरीबाट पानीको कुलो खेनेर हिँउदमा सिँचाई र धान उत्पादन गरिन्थ्यो । पोखरीलाई संरक्षण गर्नुपर्नेमा उल्टै पोखरी मासेकोमा स्थानीय चिन्चित बनेको छ । पछिल्लो समय यस पोखरीमा निमार्ण गरिको पार्क अलपत्र अवस्थामा रहेको छ । न पार्क नै निमार्ण गर्न सकियो न पाखेरीको नक्सा नै बस्यो !
।त्यस्तैकखुरे आहालको आहल पनि सडकको माटो गएर आधा भन्दा बढी पुरिएको छ । सोही पोखरी पनि मासिदै गएको छ । केही वर्षमा सो आहाल पनि पुरिएर नाममा मात्र सिमित हुने अवस्था आएको छ । पोखरी तथा आहालहरु मासिदै जाँदा अहिले पानीको पनि सक्दै गएको छ ।
त्यस्तै दहपताल गाउँको पोखरी पनि यसरी नै मानिदै गएर अहिले खेत बारीको अवस्थामा पुगेको छ । यस ठाउँको वरीपरि भुभागमा विस्तारै मानव बस्ती बस्तै गयो । जसले गर्दा पोखरी सुक्दै भयो । अहिले यसठाउँमा घना नेवार समुदायको बस्ती रहेको छ ।
यस्तै जिल्लाको कतिपय ऐतिहासिक तथा धामिर्क पोखरीहरु मासेर खेल मैदान, भवन र पार्क निमार्ण गर्न थालिएको छ ।