नुवाकोट:
रिवाज फाउन्डेसन को तर्फवाट फाउन्डेसन कि अध्यक्ष एवं मिसेज हेरिटेज 2019 दुर्गा विसुरालले नुवाकोट जिल्लाको चुतुराले मा अवस्थित व्रम्मायणि अाधारभुत बिद्यालयमा अध्ययनरत ११० विध्यार्थि लाइ जाडो मा न्यानो कपडा वितरण गरेकि छिन।
मुलत सामाजिक क्षेत्रमा क्रीयासिल रहने उदेश्य सहित यो संस्था हालै गठन भयको हो।
कार्यक्रमलाइ सम्वोधन गर्दै उन्ले यो संस्था कुनै विदेशी दाता हरुको सहयोग मा संचालन नभयको र विदेशी सहयोग पनि यो संस्थाले नलिने वताउदै कक्षा ८ मा अध्ययनरत एक वालक को नाममा अाफुले स्थापना गरेको र उक्त वालकको खाजा खर्च,जन्मदिन विषेश गरिने खर्च तथा अन्य फजुल खर्च कटाइ यस्ता कार्यक्रम गरिने र यहि सवालमा यो न्यानो कपडा वितरण गरियको वताइन।
यस्तो सामाजिक कार्यमा अाफ्नो संस्थाले सहयोग गर्न पाउदा अाफु अत्यन्तै खुसि भयको वताउदै अाउदा दिनमा पनि यसरि नै यो संस्था अगाडि वढने वताइन।
यो अवसर जुटाइदियकोमा विध्यालयका प्रधानअध्यापक,विध्यालय परिवार तथा सहजकर्ता राप्रपा(संयुक्त)का प्रवक्ता जनकराज पाठक लाइ उनले धन्यवाद व्यक्त गरिन। कला,संस्कृति को माध्यम वाट अाफु नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मन्चसम्म पुगेको देसको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा राख्न अाफु सफल भय पनि नेपाल भित्रनै यस्ता धेरै सामाजिक कार्य गर्नु अाफ्नो कर्तव्य र दायित्व रहेको अाफुले महसुस गरेको कारण म यो क्षेत्रमा सधै किर्यासिल रहने र देस का कुनाकन्दरा सम्म अाफ्नो कार्य वढाउने उनले वताइन।
सस्थाका सद्स्य राजेस विसुराल,संस्थाकै सदस्य एवं राप्रपा(संयुक्त)का प्रवक्ता जनकराज पाठक तथा सदस्य रिवाज विसुराल स्वयम को उपस्थित रहेको थियो।
कार्यक्रम लाइ सम्वोधन गर्दै प्रवक्ता पाठक ले राजनीतिक क्षेत्रले भन्दा सामाजिक क्षेत्र ले जनता मा राहत पुराउन सकिने अवस्था रहेको वर्तमानमा सरकार ले नै सरकारी बिद्यालय लाइ उपेक्षा गरेको कारण निजि विध्यालय संग प्रतिस्पर्धा गर्न कठिन रहेको वर्तमान समयमा यस विध्यालयमा अध्ययनरत विध्यार्थि हरुलाइ न्यानो कपडा वितरण को लागि अाफुले सहयोगी को भुमिका निर्वाह गर्न पाउदा गर्व महसुस गरेको वताए ।
बिद्यालयको तर्फबाट प्रधानाध्यापक नवराज पाठक ले उक्त संस्था लाइ वधाइ तथा धन्यवाद ज्ञापन गर्दै प्रामणपत्र समेत उपलब्ध गराए ।