मनाङ समाज सेवा समिति काठमाडौंको आयोजनामा मनाङ गुम्बा स्वयम्भूमा मनाङेहरु तथा नेपालीहरुको महान पर्व होल्ताङपा ल्होसार (चि-ल्हो) पर्बको सुखद अवसरमा सास्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम भएको छ।
मनाङ समाज सेवा समिति काठमाडौंका अध्यक्ष अनिल गुरुङको सभापतित्व तथा मनाङ गुम्बा लामा गुरु रिन्पोर्छेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। त्यसैगरी उपस्थित बिशेष अतिथिहरुमा प्रदेश सभा सदस्य राजिब गुरुङ ( दिपक मनाङे), प्रतिनिधि सभा सदस्य पाल्देन छोपाङ गुरुङ,नेकपा का नेता देव गुरुङ लगायत विभिन्न राजनितीक दलका प्रतिनिधिहरु, समाजसेवी, बुद्धीजिबि लगाएत मनाङे नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो।
मनाङे दाजुभाई तथा दिदिबहिनिहरुको सुख शान्ति समृद्धिको कामना साथै मनाङे तथा गैर मनाङे दाजुभाई दिदिबहिनिहरुका बिच भाईचारा आत्मियता सम्बन्ध प्रगाढ गराउने,नेपालका मौलिक चाड पर्बहरुलाई संरक्षण,सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्य अनुरुप बिशेष गरि मनाङेहरुको मौलिक पर्व होल्ताङपा ल्होसार (चि-ल्हो)को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।
भाषणरहित मनोरञ्जनात्मक रहेको शुभकामना आदानप्रदान कार्यक्रममा कलाकारहरु द्वारा मनाङका मौलिक परम्पराका विभिन्न गीत र नृत्य प्रस्तुत गर्नुका साथै गुरुङ ,नेपाली ,हिन्दी तिबतियन,इङलिस गीत र नृत्यहरु प्रस्तुत गरिएका थिए।प्रस्तुति राख्ने कलाकारहरुमा चोल्सुम तेन्जिङ डोन्सेल,एन्जेल गुरुङ,छिरिङ डोल्मा,सिम्रन गुरुङ,सरिना गुरुङ,आलिया गुरुङ,लम छेटन गुरुङ,कृष्ण गुरुङ,चुङ्ता गुरुङ,कुन्जो गुरुङ, लगाएत दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राखेका थिए।
कार्यक्रमका सभापती अनिल गुरुङले देश संघियतामा गैईसक्दापनी नेपाल सरकारले मनाङेहरुको होल्ताङपा ल्होसारमा सार्बजनिक बिदा नदिई उपेक्षा गरेको हुँदा आगामी दिनमा सार्बजनिक बिदा दिन सरकार समक्ष अपिल गरेका थिए ।अन्त्यमा कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै समापन भएको घोषणा गरेका थिए भने कार्यक्रमको संचालन जिमि र अन्जु तामाङले गरेका थिए।