मुग्लानी खबर १३ पुस थाइल्यन्ड,बैकक
प्रत्यक्ष बिक्रि प्रणाली अन्तर्गत आफ्नो सेवा र उत्पादन बितरण गर्दै आइरहेको नेपालमा पहिलो पट्क अन्तर्राष्ट्रिय रुपमा नेपाली बस्तुको बजार बिस्तार गर्ने उदेश्यकासाथ स्थापित संस्था "iBOSS Global Life International"ले हिजो थाइल्यान्डको पटय शहरमा आफ्नो अन्तर्राष्ट्रिय बजारको एक समारोहका बिच प्रारम्भ गरेका छन । औपचारिक समारोह पस्चात नेपालबाट त्यहा पुगेका बिशिस्ट ब्यक्तिहरुबिच छलफल र तालिम सत्र चलिरहेको छ । नेतृत्व बिकास तथा अन्तरास्ट्रिय बजार बिस्तार गर्न पुगेका टोलि जनवरी पहिलो तारीखमा नेपाल फर्किसक्ने कुरा आयोजकले बताएका छन ।
औपचारिक समुदघाटन कार्यक्रम आइबोसका अध्यक्ष राजकुमार दङालको सभापतित्व र नेपाल प्रहरी प्रशासनका पुर्ब एआइजी हेमन्त बहदुर पलको प्रमुख आतिथ्यमा सम्पन्न भएका थिए । ग्रीनबुटी ब्रन्ड लोगो अङ्कित कपमा भएको पानीलाइ त्यहा अवस्थित सानो बिरुवाको बोटमा अतिथिहरुले पानी खन्याएर गरिएको समुद्घाटन समारोहा आइबोसको प्रोडक्ट रिसर्चर भक्त थोकरले संचालन गरेका थिए भने अधिवक्ता तथा आइबोसका सचिव तिल बहादुर भट्टराईले स्वगत मन्तब्य दिएका थिए ।
कार्यक्रममा सहभागी अन्य अतिथिहरुमा आइबोसका सस्थापक सदस्य श्री बल्लभ नेपाल, दिनेश दहल, रबिन कटुवाल,बिरेन्द्र न्यौपाने, टेक बहादुर तामाङ, रहेका थिए । मंचमा उपस्थित ब्याक्तित्वहरुलाइ तारा पन्डित, मनिसा तामाङ र कृष्ण कुमारी राइले खादा तथा ब्याज बितरण गरेका थिए ।
आइबोस नेपालको अन्तर्राष्ट्रिय बजार बिस्तारको औपचारिक समुदघाट्न पछि तालिम सत्रमा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा उत्प्रेरकहरुले "हाम्रो भविस्य, हाम्रो आइबोस" भन्ने नारा सहित हामी नेपाली आउदो पाँच बर्ष भित्र कसरी सुखी र सम्पन्न हुन सकिन्छ ? भन्ने विषयमा छलफल प्रशिक्षण दिएका थिए । समारोहमा विषम परिस्थितिमा पनि कम्पनिको बस्तुहरु बिक्री बितरण गर्ने विभिन्न डिलरहरु र बजार प्रवन्धकहरुलाइ विशेष सम्मन सहित उपहार प्रदान गरिएको थियो ।