नेपाल पञ्चांग निर्णायक समितिले बिहान ८ः४२ मा शुरु हुने सूर्य ग्रहणलाई नहेर्न आग्रह गरेको छ ।
सूर्यग्रहणले मुख्य गरी चार राशीलाई कम असर गरे पनि अन्य राशीले हेर्न नहुने बताएको छ । तुला, कुम्भ र मीन राशिलाई ग्रहण हेर्नका लागि राम्रो भएपनि कुनैपनि राशीले नहेर्न समितिले आग्रह गरेको छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको योग रहेको छ ।
शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले नहेर्न समितिले आह्वान गरेको छ। । बिहान १०ः०१ बजे मध्ये हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ सुर्य ग्रहण कसैलाई पनि नजर नगर्न आग्रह गरिएको छ । पश्चिम र नैऋत्य कोणको बिचबाट बिहान ग्रहण लाग्दैछ । नेपाल पञ्चांग निर्णायक समितिले ग्रहण लाग्नुभन्दा १२ घण्टा अघि अर्थात बुधबार बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रूपमा भोजन नगर्न आग्रह गरेको छ ।
कतिपय मानिसले भोजन नै नगरी बसेका छन् । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।