नेपाल कम्युनिस्ट पार्टी मनाङले मनाङ जिल्लालाई नेपालकै प्रथम भ्रष्टाचार मुक्त जिल्ला मनाङ घोषणा नेकपा बाटै गर्ने तयारीका साथ काम गर्दै आएको जनाइएको छन ।भ्रष्टाचार मुक्त जिल्ला बनाउन नसके सम्म जिल्लामा बिकाश निकास तथा समृद्ध समाज निर्माणमा कठिन हुने र जनताका हरेक दुख कष्ट जस्ताका तस्तै रहि जनताले लोकतान्त्रिक गणतन्त्रको आभास सम्म नपाउने हुँदा स्वयं प्रदेश सांसद राजिब गुरुङको सक्रियतामा भ्रष्टाचार मुक्त जिल्ला मनाङको अभियानमा लागिएको हो। सांसद राजिब गुरुङ " दिपक मनाङे" ले आफू हर बखत मनाङी जनताको पक्षमा रहेकोले मनाङ जिल्ला बासी जनतालाई कुनैपनी समस्या परेमा आफुलाइ सिधै कल गरी ब्यक्त गर्न सक्ने बताएका छ्न।
बिदेशमा बसोबास गर्ने मनाङ्गे समुदाय हरुलाइ पनि तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरेका छन्। त्यसैगरी भर्खरै आउदै गरेको मनाङेहरुको साझा पर्व होल्ताङपा ल्होसार( Holtangba Lhosar ( Chi- Lho)२०७६ को उपलक्ष्यमा सम्पुर्ण देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण मनाङ्गे दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुका साथै सुख शान्ति समृद्धिको कामना समेत गरेका छन भने सम्पुर्ण मनाङ्गे समुदायहरुको एकता सहयोग आपसी सद्भाव भाइचाराको सम्बन्ध सुमधुर निरन्तर कायम रहोस भन्ने शुभेच्छा प्रकट गरेका थिए।