कतारमा किरातीहरुको महान राष्ट्रिय चाड "चासोक तङ्नाम / साकेला उधौली / रापावा श्यादर पिदार -५०७९" सम्पन्न भएको छ । यहाँ स्थापित ३ किरात संस्थाहरु किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा सदा झै यस बर्ष पनि भब्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा नेपालका चर्चित अतिथि कलाकारहरु गायिका कला राई, गायक महेश मुखिया सुनुवार र गायिका तिर्सना नेम्बाङहरुको बिशेष सॉंस्कृतिक प्रस्तुती, साथै स्थानिय कलाकारहरुको मौलिक संस्कृतिक झाँकी केलाङ, साकेला शिली,स्यादर सिल लगायत मनोरञ्जनात्मक जोडदार साँस्कृतिक प्रस्तुतिमा ऐतिहासिक रुपमा २० डिसेम्बर २०१९ शुक्रबारको दिन सयौं दर्शकको साथमा मिसाइद स्थित अम्वाज कम्पनीको प्राङ्गनमा सम्पन्न भएको हो ।
किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र साम्याङ्खा लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिबासी जनजाती महासङ्घ कतारका अध्यक्ष शिव भुजेल रहेका थिए । मन्तव्यको क्रममा भुजेलले बोल्दै प्रवासी भुमी कतारमा रहेरपनि आफ्ना मौलिक चाडपर्व,रिति रिवाज परम्परा जोगाउनु, मनाउन पाउनु ठुलोकुरा रहेको वताए । किराँती राष्ट्रिय चाड मनाउन जसरी ठूलो जनमानसमा आज ३ सस्था एकजुट भएर लागेका छ्न यो दिगो रुपमा रहोस भन्दै सुभकामना ब्याक्तगरे । त्येस्तै प्रमुख अथिती भुजेलले राज्यले जनजातीका चाडपर्वलाई उपेक्षित गरेको बताउदै अवको बिकल्प जनजाति हरु एकबद्द हुँदै राज्यको ढोका ढक ढकाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुमा पाँच नम्बर प्रदेश बाट अध्यक्ष बुद्ध पान्डे,नेपाल प्रवासी तामाङ समाज कतार अध्यक्ष धिरेन तामाङ,किरात याक्थुङ चुम्लुङ कतार बाट डम्बर लिम्बू ,किरात राई यायोक्खा शाखा कतार बाट धिरज चाम्लिङ राई,सुनुवार सेवा समाज शाखा कतार बाट पुरुषतम सुनुवार लगायत समाज सेवि कमल मणि गुराँगाई रहेका थिए । कार्यक्रममा मातृ सस्थाका प्रतिनिधिहरु, सामाजिक,बैचारिक, साथै जिल्लागत संघसस्था लगायत पत्रकारहरुको पनि बाक्लो उपस्तिथि रहेको थियो ।
दोस्रो चरणको साङ्गितिक कार्यक्रम अन्तरगत तिनै ओटै किराँती सस्थाहरुको तर्फबाट मौलिक भेषभुसामा कलाकार हरुले स्वागत नृत्य प्रस्तुति दिएका थिए भने स्थानिय कलाकारहरुको मौलिक संस्कृतिक झाँकी प्रस्तुतिले पनि सबैको मन जित्न सफल रह्यो । कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार हरु चर्चित गायिका कला राईले सिर सिरे हावाले मनै उडायो जस्ता नेपाली सङ्गै राई भाषाका गीत गाउदै दर्सकको मन जितिन भने अर्का गायक महेश मुखिया सुनुवारले माथी माथी लेखमा,आउ नाचौ जस्ता लोकप्रिय गीत गाउँदै दर्सकको मन जित्न सफल रहे । त्येस्तै फक्ताङ्लुङ आइडियल सिजन २ कि बिजेता तथा उदियमान गायिका तथा तिर्सना नेम्बाङको गोर्खा पल्टन लगायतका गीतमा स्वर दिदा उपस्थिति दर्सक दीर्घ छमछमी नाचेर भरपुण मनोरञ्जन दिलाइन ।
कार्यक्रमको अन्त्यमा सभापति राजेन्द्र साम्याङ्खा लिम्बुले बोल्दै विभिन्न समस्याका बावजुद पनि ३ ओटा सस्था मिलेर कार्यक्रम सफल पार्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गरे । बिगतका बर्षहरुमा जस्तै यसपाली पनि किराँती सस्था मिलेर कार्यक्रम भब्य एवम सभ्य रुपमा सफल भएको बताउदै आगामी दिनमा पनि यस्तै एकतामा जोड दिए । औपचारिक कार्यक्रमको सन्चालन संकर मान राई र सास्कृतिक तर्फबाट शिला राईले साथ दिएकी थिइन् |