मुग्लानी खबर ३० मङ्सिर
सुर्य खवास, युएई
"भाषा, संस्कार, संस्कृती हाम्रो पहिचान : समतामुलक समाजको निर्माण हाम्रो अभियान" भन्ने मुल नाराका साथ रोजगारिको शिलशिलामा युएईमा श्रमशिल भुजेलहरुको साझा संस्था "प्रवासी भुजेल समाज सेवा समिती युएई" को चौथो अधिवेशन तथा आफ्नो मौलिक सांस्कृतिक पर्व "पारिम पर्व" नेपाल आदिवासि जनजाती महासंघ युएईका अध्यक्ष महेश मोक्तान को प्रमुख आतिथ्यमा हिजो १३ डिसेम्बरका दिन वरदुबई स्थित सिल्भर स्पुन रेष्टुरेन्टको सभा कक्षमा भव्यताका साथ सम्पन्न भएको छ ।
राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा समाजका सचीव सुरिन भुजेलले स्वागत मन्तव्य राख्नु भएको थियो । उद्घघाटन र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको कार्यक्रममा समाजको बार्षिक प्रतिवेदन महासचिव मीन बहादुर भुजेलले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष प्रकाश भुजेलले २३ हजार तीन सय एक्काईस दिराम बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त दुबै प्रतिवेदनमाथी छलफल गर्दै अधिवेशनबाट सर्वसम्मतले पास गर्यो ।
अधिवेशनबाट संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासको संयोजकत्वमा निवर्तमान अध्यक्ष यम बहादुर घर्ती तथा पुर्व कोषाध्यक्ष अर्जुन भुजेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितीले आगामी सन २०१९/२०२१ को लागि रन्जन भुजेल (कास्की)को अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा तुल बहादुर घर्ती (स्याङ्जा), द्वितीय उपाध्यक्षमा चन्द्रकला खवास (मोरङ), महासचिवमा मीन बहादुर भुजेल (स्याङ्जा ), सचिवमा उर्मिला भुजेल (झापा), कोषाध्यक्षमा प्रकाश भुजेल (तनहुँ), सह-कोषाध्यक्षमा वसन्ती जियम (स्याङ्जा ) रहनु भएको छ । यसैगरी सदस्यहरुमा क्रमशः सुरज खवास (झापा) खडक भुजेल (स्याङ्जा ), सुनिता भुजेल (ईलाम), देव बहादुर घर्ती (लमजुङ), खड्ग भुजेल(तनहुँ), एन्जिला भुजेल (सोलुखुम्बु ), रमेश भुजेल (उदयपुर), खडग बहादुर भुजेल (चितवन), सन्जु भुजेल (कास्की) तथा भिम भुजेल (भोजपुर ) रहनु भएको छ
समाजका अध्यक्ष सुर्य बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी नेफिन युएईका अध्यक्ष महेश मोक्तान, विषेश अतिथि नेपाली समाज युएईका उपाध्यक्ष कमल गिरि, विषेश अतिथी आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिती तनहुँकि अध्यक्ष बसुन्धरा घर्ती, अतिथिहरु नेफिन युएईका पुर्व अध्यक्ष डेरराज तमु, थारु कल्याणकारी सभा युएईका उपाध्यक्ष खोर बहादुर महतो तथा समाजका सल्लाहकार यम बहादुर घर्तिले आफ्नो मन्तव्य राख्नु भएको थियो भने भुजेल जातिको मौलिक सांस्कृतिक पर्व "पारिम पर्व" को बारेमा वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा समाजालाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउनु हुने दुर्गा भुजेल, यशोदा भुजेल, रमेश भुजेल, मनिष भुजेल, एन्जिला भुजेल, दिलिप जिटि, धडकन तामाङ तथा निस्मा श्रेष्ठलाई कदर पत्र तथा मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।
कार्यक्रममा भुजेल जातिको मौलिक पर्व "पारिम पर्व" विधिवत सुर्य, वायु, जल, जमिन र जंगलको सामुहिक रुपमा पुजा आरधना गरि मनाईयो । पुजाको लागि पुजारामेको भुमिका समाजका सल्लाहकार दिलिप जिटिले निर्वाह गर्नु भएको थियो । कार्यक्रम महासचिव मीन बहादुर भुजेलले संचालन गर्नु भएको थियो ।