मुग्लानी खबर २७ मङ्सिर
१३ औं साग खेलकुदमा पदक ल्याउने खेलाडी हरुलाइ आज नगर परिक्रमा गराइएको छ
त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भएको कार्यक्रममा राखेपका उपाध्यक्ष एवं नेपाली टोलीका ‘सेभ दी मिसन’ पिताम्बर तिम्सिना, संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीसहितको टोली न्यूरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमन्डपसम्म पैदल गएको थिए ।
पैदल नगर परिक्रमाका दौरान अगाडि भागमा नेपाली सेनाको ब्यान्ड टोली थियो ।
भृकुटीमन्डपबाट टोलीले भ्यानमा नगर परिक्रमा गरेको थियो । भृकुटीमन्डपबाट टोली सिंहदरबार, माइतीघर, थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर हुँदै माइतीघर, थापाथलीबाट त्रिपुेश्वरस्थित राखेपको हातामा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो ।
पूर्वनिर्धारित् कार्यक्रमअनुसार कोटश्वरदेखि सूर्यविनायकसम्म तय गरिएको रुट भने वर्षाका कारण स्थगित गरिएको थियो ।