मुग्लानी खबर डट कम
सन्तोष केसी 22अप्रिल 2017 कतार
तामाङ जातिको परिबर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण" तामाङ भाषा,धर्म लिपि र साँस्कृतिको प्रबर्द्धन गरौं,ताम्सालिङ निर्माणको लागि जनदबाब सिर्जना गरौं भन्ने मूल नाराको साथ नेपालमा स्थापित नेपाल तामाङ घेदुंङद्दारा सम्बन्ध प्राप्त सन २००५ स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले गत सुक्रबारको दिन दोहा स्थित गल्फ होराइजन होटेलमा आफ्नो सातैँ अधिवेसन सम्पन्न गरेको छ ।
वर्तमान अध्यक्ष थर्चा लामा तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राईको प्रमुख आथित्यता रहेको थियो भने बिशेस अतिथि हरुमा नेपाल मगर संघ कतारका अध्यक्ष महेन्द्र थापा मगर,किंरात राई यायोख्खा शाखा दोहा कतारका अध्यक्ष एकराज राइ,किरात याक्थुम चुम्लुङ दोहा कतारका माहासचिव सागर लिम्बु,तमु (गुरुङ) समाज कतारका अध्यक्ष रस बहादुर गुरुङ,थारु कल्याणकारी सभा च्याप्टर कतारका महामन्त्री भगवति प्रसाद चौधरी,प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष नियम भुजेल,सुनुवार सेवा समाज शाखा दोहा कतारका अध्यक्ष सामुयल सुनुवार,ने.वा.पूःच कतारका अध्यक्ष उपेन्द्र रत्न साक्य,तमु प्येल्ह संघ कतारका गुरुङ थियो भने अथितिहरुमा म्हेन्दोमाया परिवार कतारका अध्यक्ष कान्छाराम तामाङ,नेपाली महिला समाज दोहा कतारका प्रथम उपाध्यक्ष अमिना खान,सन्ध्याग्रुप अलखोर कतारका अध्यक्ष बिरेन्द्र कु.याक्थुम्बा,ओखल ढुंगा सेवा समाज कतारका का.बा अध्यक्ष मिन तामाङ,नेपाल तामाङ कलाकार सँघ कतारका महासचिव रन्जित तामाङ,संखुवासभा सेवा समाज दोहा कतारका अध्यक्ष लोक ब.राई, सदभाव यूवा समाज दोहा कतारका सचिव सुरज सुबेदी,तामाङ चलचित्रका नायक तथा निर्माता जङ्ग लोप्चन तामाङ,समाज सेवी तथा बुद्धिजीवी सियाराम चौधरी,नेपाल तामाङ घेदुङ पु.वा सदस्य तथा समाज सेवी बुद्धिजीवी राम तामाङ, अन्तर्राष्ट्रिय राजधानि साप्ताहिक प्रतिनिधी दिल कुमार श्रेष्ठ,लगायत विभिन्न समाज सेवी बुद्दीजीविहरुको बाक्लो उपस्तिथी रहेको थियो।
कार्यक्रममा सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा सामुहिक व्यानर तथा दिप प्रज्वलन र राष्ट्रिय गान साथै प्रमुख सल्लाहकार कुमार मोक्तान तामाङ,प्रथम उपाध्यक्ष तिर्थ थिङ तामाङ लगायत अरु बुद्दिस्ट बुद्दिजिवीहरुले तामाङ समाजमा हुने कुनै पनि सुभकार्य गर्दा प्रचलनमा रहेको संगसेर्चेम गित डम्फुको साथमा गित गाउँदै सुरुभएको कार्यक्रम ३ चरण गरि सम्पन्न भएको थियो । कार्यक्रममा कान्छाराम तामाङ,अमिना खान,बिरेन्द्र कु.यक्थुम्बा,मिन तामाङ,रन्जित तामाङ,लोक ब.राई,सुरज सुबेदी लगायतका अतिथिहरुले तामाङ जातिको उत्थान र भाषा,धर्म संस्कृति साथै ताम्सालिङ निर्माणको लागि जनदबाब सिर्जना गर्नको निम्ति १२ बर्ष अंघि तामाङ समाज स्थापना गरेर सस्थाले धेरै उल्लेखनिय प्रगति गरेको र आफ्नो जातिको हक हित,पहिचान र कतारमा रहेको नेपाली समाजलाई एकबद्दता बनाउन संस्थाले उल्लेखनीय भुमिका खेलेको बताउँदै पुरानो समितिले गर्न बाँकि रहेका कामहरु आउने नयाँ कार्यसमितिले पुरा गर्दे जावोस भनि बधाई सहित शुभकामना मन्तब्य राखेका थिए ।
त्यस्तै कतारमा रहेका महासंघमा अबद्दता मात्रिसंस्थाका बिशेष अतिथिहरुले मन्त्ब्य दिनेहरुमा नियम भुजेल,एकराज राइ,उपेन्द्र रत्न साक्य,भगवति प्रसाद चौधरि,सागर लिम्बु,महेन्द्र थापा मगर,रस बहादुर गुरुङ लगायतले आदिवासी जनजाति अन्तर्गत रहेका संस्थाहरु एकजुट हुँदै अंगाडि बढ्नु पर्ने विकल्प नरहेको साथै तामाङ समाज कतारले ताम्सालिङ राज्य प्राप्त गर्नको लागि जस्तो सुकै कठिन घडीमा पनि संघर्ष गर्दै अगाडी बढ्नु पर्ने बताउदै नेपालका ७५ जिल्ला मानै तामाङहरुको बसोबास भएको र आफ्नो भाषा पनि सबैले बोल्ने भन्दै सम्पूर्ण जनजातिहरु यसरी नै आफ्नो भाषा,धर्म,लिपि र सस्कृति,परम्परा जोगाई राख्नु पर्ने कुराहरु ब्याक्त गर्दै पुरानो समितिले गर्न बाकि रहेका अधुरा कामहरु नया कार्यसमितिले पुरा गरोस भन्ने कामना गर्दै सुभकामना मन्तब्य दिँदै उपस्तिथ मातृसंस्थाहरुले कार्यक्रम सफलताको लागि ८०८ कतारी रियल पनि सहयोग गरेका थिए । तेसैगरी बुद्धिजीवी सियाराम चौधरीले समाज बदल्न पहिला आफुलाई बदल्नु पर्ने र तामाङ जातिको हकहितको लागि ताम्सालिङ राज्य हुनै पर्ने कुरामा जोडदिएका थिए अर्का बुद्दिजीवी राम तामाङले तामाङ भनेको के हो र त्यो भित्र भएका जातहरु आखिर के हुन् भन्ने बारेमा आफ्नो पुस्तकमा लेखेको जनाउदै पुर्व देखि पश्चिम सम्मका तामाङहरुले एक हुनु पर्ने भन्दै नया आउने कार्यसमितिलाई बधाई तथा सुभकामना दिएका थिए ।
नेपाल प्रबासी तामाङ समाज कतारले गत जनवरीमा गरेको २८५३ सोनाम ल्योछार कार्यक्रममा नृत्य,गायन प्रस्तुत गरेका कलाकार र प्रायोजकलाई पनि संस्थाले सम्मान पत्रको साथमा सम्मान गरेको थियो । साथै कार्यक्रममा दोलखा जिल्ला सैलुन गाउपालिका वडा नम्बर-२ का दुबै मिर्गौला फेल भएका हाल काठमाडौं स्थित नेपाल मेडिकल कलेजमा उपचार भैरहेको पाल्देन लामाको उपचार को लागि संस्थागत रुपमा कतारी रियल ५०० र विभिन्न ठाँउबाट आएको सङ्कलित सहयोग रकम कतारी रियल १८०१ मिर्गौला रोगी बचाउ अभियानका संयोजक श्री पासाङ मोक्तान तामाङलाई हस्तान्तरण गरिएको थियो । प्रमुख अतिथि देवराज राईले तामाङ समाज कतारको बिशेस चर्चा गर्दै यो संस्थाले कतारको हकमा संस्था स्थापना गरेर तामाङ समुदाय एक कदम अगाडी बढेर आफ्नो भाषा,लिपि,धर्म संस्कृति रितिरिवाज परम्पराहरु जोगाउँदै लगेको र ताम्सालिङ निर्माणको लागि सम्पूर्ण तामाङहरु एकजुट भएर लाग्नु पर्ने र आउने जुझारु टिमले पनि आफ्नो पहिचानको निम्ति एकाढिक्का भई संघर्ष गर्दे अंगाडि बढ्नु पर्ने भन्दै नया आउने कार्यसमितिलाई शुभकामना मन्तब्य दिएका थिए । सल्लाहकार रोसन दोङ तामाङ,लक्ष्मण लामा तामाङ,बिशेष सल्लाहकार मिलन तामाङ,शंखालाल तामाङले समाज नारामा मात्रै सिमित नरहेको र बिगतमा धर्म संस्कृति प्रसिक्षण,भाषा लिपि संस्कारलाई लिपिबद्द र गरिव तथा जेहेन्दार बिध्यार्थिहरुको निम्ति कोष सम्म खडा गरेको र अन्य बिबिध सामाजिक कामहरु पनि गर्दे गई रहेको बताएका थिए ।
पहिलो चरणको कार्यक्रमको अन्त्यमा सभापति थर्चा लामा तामाङले संस्था संचालनमा आफुलाई प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यबाद दिदै कतारमा रहेका सम्पूर्ण तामाङहरुलाई यहि संस्था भित्र संघठित हुन आग्रह गर्दै यति धेरै खटी कार्यक्रम सफल पार्नु हुने सम्पूर्ण कार्य समितिका सदस्यहरु,सल्लाहकारहरु प्रति आभार व्यक्त गरेका थिए हिजोका दिनमा जसरी संस्थाले आफ्नु शिर झुक्न दिएको थिएन आउने दिनमा पनि यसले निरन्तरता पाउने कुरामा ढुक्क रहेको बताउदै अन्त्यमा सम्पर्ण आमन्त्रित अतिथि गणहरुलाई धन्यबाद दिदै आउने नया कार्य समितिलाई कार्यकाल सफलताको कामना सहित पहिलो चरणको कार्यक्रम समापन गरेका थिए । भने कार्यक्रमको संचालक महासचिव कमल योञ्जन तामाङ र स्वागत मन्तब्य दृतिय उपाध्यक्ष तेज मोक्तान तामाङले गरेका थिए ।
दोस्रो चरणको बन्द सत्रमा थर्चा लामा तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख सल्लाहकार कुमार मुक्तान तामाङ,संरक्षक तथा संस्थापक अध्यक्ष सुक बहादुर तामाङ,बिषेश सल्लाहकार शंखलाल तामाङ र सल्लाहकार रोशन दोङ तामाङ रहेका थिए भने कार्यक्रममा संस्थाले २०१५ देखि २०१७ को अवधिमा गरेका संथाको प्रगति प्रतिवेदन माहासचिव कमल योञ्जन तामाङले,आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश तामाङले पेश गरेका थिए । बन्द सत्रको कार्यक्रममा प्रमुख सल्हाकार कुमार मोक्तान तामाङले नेपालमा स्थानीय निर्बाचन हुनै लाग्दा प्रवासबाट भए पनि सकेको सहयोग गर्नु पर्ने र तामाङ जातिको हकहितको लागि राजनिति अपिहार्य रहेको बताउँदै तामाङ बाहुल्य भएको क्षेत्रमा राजनिति पार्टिहरुले तामाङ उमेद्ववार नै उठाउनु पर्छ भन्ने कुरामा जोड़दिँदै संस्कार र संस्कृति जोगाउन सम्पुर्ण तामाङहरुले जोड दिनु पर्ने कुरामा जोड दिएका थिए । त्येस्तै संरक्षक तथा संस्थापक अध्यक्ष सुकबहादुर तामाङले समाज स्थापना गर्दा आफुले जुन दुख्ख भोगेको र अहिले स्थापना भएको १२ बर्षको अवधिमा संस्थाले गरेको प्रगति र कार्यक्रममा तामाङ दाजुभाईहरुको उपस्थितले गर्दा आफुलाई धेरै खुशि बनाएको बताउदै २००५ सालमा पहिलो चोटी ल्होछार कार्यक्रम गर्दा यो ल्होछार चाड तामाङको नै होर भन्ने गरेको बताउँदै नयाँ बन्ने कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । अन्त्यमा कार्यक्रमका सभापति थर्चा लामाले पुरानो कमिटि भंङ्ग भएको घोषणा गर्दै निर्बाचन संयोजकलाई माइक्रोफोन हस्तान्तर गर्दै दोस्रो चरणको कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रमको निर्वाचन संयोजकमा कुमार मुक्तान तामाङ र निर्वाचन सदस्यहरुमा क्रमस सुक बहादुर तामाङ,शंखलाल तामाङ,रोशन दोङ तामाङ,मिलन तामाङ र पर्यबेक्षकको रुपमा जिवी तामाङ,लक्ष्मण लामा,बिरेन्द्र कु.याक्थुम्वा र राम तामाङ रहेका थिए भने संस्थाका बिशेष सल्लाहकार तथा संसोधित विधान संयोजक शंखलाल तामाङले संस्थाको पाचौ संसोधित विधान प्रस्तुत गर्दे सदस्यहरुले उठाएका प्रश्नहरुको एक एक गर्दे उत्तर दिदै प्रश्ट पारेका थिए । अन्यमा निर्वाचन संयोजक कुमार मुक्तान तामाङले उमेद्ववार बन्न फारम भर्नुपर्ने भने पछि ३० जनाले आफ्नो पद सहित फारम भरेका थिए तर संस्थाको बिधानमा केवल २७ सदस्य कार्यसमिति रहेको हुँदा अन्त्यमा आपसि समझदारीमा ४ जनाको नाम फिर्ता लिदै २६ जनाको कार्य समिति र पछि १ जनालाई अध्यक्षले मनोनीत गर्ने कुरा संयोजक कुमार मुक्तानले बताएका थिए ।
नेपाल प्रबासी तामाङ समाज कतारको अधिवेशनबाट चुनिएका नयाँ कार्यसमिति । अध्यक्ष – तिर्थ थिङ तामाङ,प्र.उपाध्यक्ष -तेज बहादुर मुक्तान,दृतिय उपाध्यक्ष-प्रकास तामाङ,महासचिव-कमल योन्जन तामाङ सचिव- तामाङ,कोषाध्यक्ष - नेत्र कुमार वाईवा,सहकोषाध्यक्ष-गाैतम तामाङ,सदस्यहरु क्रमस सन्जय सागर डिम डुङ,भावना तामाङ (गुराँस), पुस्पा मोक्तान तामाङ, सुकमान तामाङ,गणेश ब्लेन्देन तामाङ,ईस्वर लामा,रबिन्द्र तामाङ,कुमारी लामा,स्यामलाल तामाङ,राजु तामाङ,बिनोद गोले तामाङ,अमृत तामाङ,पदम ब.स्याङतान,लक्ष्मण तामाङ,असोक बम,लिला कुमार तामाङ,हर्क ब.तामाङ,पासाङ मुक्तान,पुर्ण सिंह लामा तामाङ रहेका छन ।अन्त्यमा नबनिर्बाचित अध्यक्षले सबैको साथ र सहयोग लिएर संस्थालाई अझै चुस्त दुरुस्त ढंगबाट अगी बढाउने प्रतिबद्धता जनाउदै साताै अधिबेशन सम्पन्न भएको बताएका थिए ।
[caption id="attachment_2159" align="alignnone" width="768"]
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै सन्ध्याग्रुप अलखोर कतारका अध्यक्ष बिरेन्द्र कु.याक्थुम्बा[/caption]
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै म्हेन्दोमाया परिवार कतारका अध्यक्ष कान्छाराम तामाङ
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै ने.वा.पूःच कतारका अध्यक्ष उपेन्द्र रत्न साक्य
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै सुनुवार सेवा समाज शाखा दोहा कतारका अध्यक्ष सामुयल सुनुवार
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष नियम भुजेल
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै थारु कल्याणकारी सभा च्याप्टर कतारका महामन्त्री भगवति प्रसाद चौधरी
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै तमु (गुरुङ) समाज कतारका अध्यक्ष रस बहादुर गुरुङ
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै किरात याक्थुम चुम्लुङ दोहा कतारका माहासचिव सागर लिम्बु
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै नेपाल मगर संघ कतारका अध्यक्ष महेन्द्र थापा मगर
कार्यक्रममा महासंघमा अबद्दता मात्रिसंस्थाहरुले कार्यक्रम सफलताको कामना गर्दै सहयोग
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै नेपाल तामाङ घेदुङ पु.वा सदस्य तथा समाज सेवी बुद्धिजीवी राम तामाङ
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै सदभाव यूवा समाज दोहा कतारका सचिव सुरज सुबेदी
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै संखुवासभा सेवा समाज दोहा कतारका अध्यक्ष लोक ब.राई
नेपाल तामाङ कलाकार सँघ कतारका महासचिव रन्जित तामाङ
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै ओखल ढुंगा सेवा समाज कतारका का.बा अध्यक्ष मिन तामाङ
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै नेपाली महिला समाज दोहा कतारका प्रथम उपाध्यक्ष अमिना खान
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै किंरात राई यायोख्खा शाखा दोहा कतारका अध्यक्ष एकराज राइ
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै समाज सेवी तथा बुद्धिजीवी सियाराम चौधरी
कार्यक्रममा शुभकामना मन्तब्य दिंदै सल्लाहकार लक्ष्मण लामा तामाङ