नेपाली मौलिक लोक सांगीतिक आकाशका एक सुरिला खम्बा हुन लक्ष्मी बुढा मगर
मन बहादुर पुन
नेपाली मौलिक लोक सांगीतिक आकाशका एक सुरिला खम्बा हुन लक्ष्मी बुढा मगर । लोक दोहोरी गीत गाउन खप्पिस घर्तिगाँउ,६ रोल्पामा जन्मेकी लक्ष्मी बुढा मगर सानै उमरे देखि नै गीत गाउन भने पछि हुरुक्कै हुन्थिन भने सानो ठुलो कुनै पनि कार्यक्रममा नछुटाई सहभागी हुन्थिन ।दाङ्ग घोराहीको मेडिकलमा असिस्टेन ल्याबको जागीरै छोडेर लोक संगीतमा लागेकी उनि मायाको जाल लोक दोहोरी गीतबाट औपचारिक रुपमा सांगीतिक यात्रा तय गरेकी हुन ।
बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रतिभा प्रस्तुत गरि सकेकी लक्ष्मी बुढा मगरले दिए माया,माया मीठो घर्ती गाँउ रोल्पाको,दिए माया नछुटिने गरि,झारफुकले नी हुदैन, मायाको रोग,जे भन्यो त्यहि मान्ने,कालो बादल,दिन पनि लाग्न थाल्यो रात,लगाएत विभिन्न लोक दाहोेरी,झ्याउरे,सालैजो गीतहरुमा स्वर दिइसकेकी छिन ।
१५—१६ बर्षका उमेरमै उनि आफ्नो गाँउ,स्कुल लगायतका ठाँउहरुमा विभिन्न लोक दोहोरी गीतहरु गाएर सबैको प्यारी भइसकेकि थिइन ।उनि स्टेजमा मिठासपुर्ण ढङ्गले गीत गुञ्जाउथिन यसले गर्दा स्टेजमा सबैको आर्कषणका केन्द्रबिन्दु बन्थिन उनि ।बाल्यकाल देखि नेपाली लोक संगीतलाई पछ्याउदै आएकि लक्ष्मी बुढा मगरको ४ गीतको म्युजिक भिडियो बजारमा आएको छ ।आफ्नै क्षमता,प्रतिभा,सभ्यता,संस्कार, बलबुटा ज्ञान र बिबेकलाई पछ्याउदै उनि लोक संगीतको जीवनपथमा बढि रहेकि छिन र सफलता पनि प्राप्त गरिरहेकि छिन जीवनमा निरन्तर…………। मनास्लु पोष्ट