मुग्लानी खबर- ११ मङ्सिर
यदी कसैले तपाईलाई कति खुसी हुनुहुन्छ ? भनेर सोध्यो भने प्रतिउत्तरमा ट्याक्कै जवाफ दिन नसकिएला वा मापन गरेर ब्यक्त गर्न सजिलो हुँदैन ।किनकी खुसी भन्ने चिज समय सापेक्ष, परिवेशप्रद फरक अनुभुति अनुभव हो र व्यक्तिपिच्छे यसको परिभाषा पनि फरक हुने गर्दछ । तर समग्रमा विभिन्न आधारहरुको विश्लेषण गर्दा खुशीको अवस्था आँकलन गर्न सकिन्छ । यहि खुसीको आँकलन गरिएको प्रतिवेदन ‘वर्ल्ड ह्याप्पीनेश रिपोर्ट’ सार्वजनिक भएको छ । सो रिपोर्ट प्रतिव्यक्ति आय, सामाजिक सुरक्षा, स्वस्थ जीवनप्रत्यासा, छनौटको स्वतन्त्रता, उदारता, देशमा रहेको भ्रष्टाचारको अवस्था सहितका पक्षलाई विश्लेषण गरि प्रतिवेदन तयार भएको हो । जनताको खुसीको मापनलाई संविधानमै उल्लेख गरेर औपचारिक रुपमा सर्वे गर्दै आएको देश भुटान हो । अब नेपाल सरकारले पनि भुटानको सिको गर्न लागेको हो। त्यसो त भुटानले जस्तै विश्वका अन्य कतिपय देशहरुले आफ्ना जनताहरु कति खुसी छन् भन्नेबारे मापन गर्न थालेका छन् । संयुक्त राष्ट्र संघको मञ्चबाट समेत हरेक वर्ष ‘ह्याप्पीनेस इन्डेक्स’ मापन गर्न थालिएको छ, जसमा १५६ देशका जनताको खुसीको सूची तयार पार्ने गरिएको छ । सन् २०१८ को ‘ह्याप्पीनेस इन्डेक्स’मा नेपालको स्थान १५६ देशहरुमध्ये १०१ औं स्थानमा थियो।त्यसैगरी सन् २०१९ मा भने ‘ह्याप्पीनेस इन्डेक्स’ मा नेपाल १०० औं स्थानमा परेको छ भने फिनल्याण्ड संसारकै सबैभन्दा खुसी हुने देशमा परेको उक्त अध्यनले देखाएको छ ।
माथी उल्लेख गरिएको केवल विश्वबजारमा आफ्नो देशको नाक उचो बनाउने हेतुले गरिएको भ्रमित सर्वेक्षण हो । जसले गर्दा हरेक देशका राज्यप्रमुखले गर्ब गरि छाति फुलाउने भन्दा अरु कुनै उपलब्धि छैन। यस अर्थमा यो पनि भन्न सकिन्छ, कुशल नेतृत्वले आफ्नो जनताको मनोभावना बुझ्ने प्रयास गरेको छ। फिनल्याण्ड संसारकै सबैभन्दा खुशी हुने देश भने पनि के त्यहाको हरेक ब्यक्ति समान रुपमा खुसी छन् त ? मलाई लाग्दैन संसारको कुनै पनि देशको जनता त्यति धेरै खुशी छन जति त्यहाँको सरकारले भनेको छ। नेपालकै कुरा गरौ दश वर्ष जनयुद्ध भनौ वा वावुराम र प्रचन्डको धनयुद्ध त्यस बेला लागेका घाउको दाग राम्रो सँग पुरिन नपाउदै अनेकौ समस्याहरु जनताको टाउको थपिएर झन ऋणको बोझ बढेको अवस्थामा प्रति व्यक्ति आय, सामाजिक सुरक्षा, स्वस्थ जीवन प्रत्यासा, छनौटको स्वतन्त्रता, उदारता, देशमा रहेको भ्रष्टाचारको अवस्था सहितका पक्षलाई विश्लेषण गर्ने हो भने उल्लेखित प्रतिवेदन अनुसार कुन चाही नेपाली जनताले प्रत्याभुति पाएका छन? तैपनि नेपाल सरकारले भनेको भरमा १०० स्थान हासिल गर्न सफल भएका छन यो नै खुशीको कुरा हो।
म चाहिँ न कुनै दार्शनिक अथवा कुनै अनुसन्धान कर्ता ब्यक्ति नै हु यद्यपि मैले प्रत्यक्ष भोगेका देखेका अनुभव र अनुभुतिका आधारमा केहि महत्वपूर्ण कुराहरु तपाईहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु, तपाई आफु भित्र कति धेरै खुसी हुनुहुन्छ? के तपाईले चाहे जति खुसी भएर हिड्न सक्नु भएको छ त? यदी यहि प्रश्न करिब १०० जनालाई सोधियो भने लगभग ९९ जनाको जवाफ कुनै न कुनै तरिकाले छैनौ भन्ने नै आउने छ। कुनै कारणबस सत्य बोल्ने हिम्मत भएन भने पनि आनाकानी गर्दै रुन्चे हासोमै टार्ने कोशिस गर्ने छन् । तर अब यो लेख राम्रो सँग पढ्नु भयो भने हिम्मत गरेर भन्नु हुनेछ हो म खुसी छैन तर खुसी हुन चाहान्छु तर कसरी? मेरो गुमेको खुसी पुन हासिल गर्न सक्छु? हो तपाईले आफ्नो खुसी पाउनु हुनेछ, त्यो पनि कहिले नगुम्ने र नहराउने एक अजम्बरी खुसी! कसरी भन्ने सवालमा मेरो तर्क बिस्तारमाः— कृपया मैले उदाहरणको लागि मदिरा जन्य र सुर्तिजन्य लिए पनि सेवन गर्न प्रोत्साहित गरेको कदापि होईन धुम्रपान र मदिरा सेवन स्वास्थ्यको लागी हानिकारक छ कृपया सेवन नगरौ।
तपाई मदिरा सेवन गर्नु हुदैन ठिक छ नगर्नुहोस, तर गर्नुहुन्छ भने ठिकै छ त्यो तपाईको अधिकारको कुरा हो गर्नुहोस् यदि छोड्न चाहानु भएको छ भने अति उत्तम मेरो स्वास्थ्य खराव हुन्छ पैसाको नास हुन्छ अथवा अन्य कुनै ब्यक्तिगत कारणले छोड्नुहोस। म अब कहिले पनि सेवन गर्दिन भनेर छोड्नुहोस। तर! मेरो श्रीमतीले मन पराउदिन, मेरो आमा बा कराउछन, छोराछोरीले रुचाउदैनन् वा समाजले घृणा गर्छ वा कसैको डर त्रासले पिउन सकिरहेको छैन भने सोच्नुहोस तपाईले कहिले पनि आफुले चाहे अनुसारको खुसीको प्रत्याभुति गर्न पाउनु हुने छैन। कति सेवन गर्ने त्यो तपाईको ईच्छाको विषय हो। तपाईको खुसी कसैले लुटेर गोजीमा हालेको छैन, एउटा चोरले सम्पुर्ण सम्पत्ति लुटे पनि तपाईको खुसी लुटेको हुदैन, आमा बा ले गाली गरे श्रीमतीले भनेको मानेन छोराछोरी कु-बाटोमा लागे भन्दैमा तपाईको खुसी लुटिएको भन्न मिल्दैन, तपाईको भौतिक शरिर तपाईको दुश्मनले बन्धक बनाए पनि तपाईको खुसी बन्धक बनाउन सक्तैन। तपाईको खुसी कुनै बजारमा बिक्री गर्न राखेको छैन जो किनेर पुर्ति गर्ने, किनभने खुसी कहि हुदैन केवल तपाई भित्र मात्रै हुन्छ, तपाईको घर अगाडि परालको टौवामा तपाईको सानो तर बहुमुल्य बस्तु खस्यो भने सजिलै पाउन सकिदैन। तपाई सोच्नु हुने छ मेरो बहुमुल्य सामान कहि गएको छैन परालको त्यन्द्रोले पुरिएको छ, प्रत्येक त्यान्द्रोलाई छिन्नभिन्न बनाउदै पन्छ्याउन सक्यो भने बहुमुल्य सामान पाईन्छ होईन भने त्यहि परालमा रुमल्लिएर हराउने छ। त्यस्तै हो तपाईको खुसी पनि तपाई भित्रको डर त्रास, लोभ लालच, क्रोध, अहंकार, घमण्ड, नकारात्मक सोच, अनावस्यक तनाव, चिन्ता आदी भित्र पुरिएको छ, तपाईको खुसी! जसरी परालको त्यान्द्रो जस्तै गरि यि सबलाई छिन्नभिन्न बनाउन सक्नु हुन्न तव सम्म खुसीको प्रत्याभुति हुनै सक्दैन। मानव चोला यति सुन्दर छ रे कि देवलोक बाट देवताहरु पनि मनव जीवन प्राप्तको लागि तछाडमछाड गरिरहेका छन रे।यति सुन्दर जीवन अरु कसैको लागी किन खेर फाल्ने? कुनै फिल्ममा सुनेको थिए “कसैको लागी जिएर हेर जिन्दगी अनि थाहा हुन्छ जीउनुको मज्जा” तर म भन्छु किन जिउने कसैको लागी, जिएर हेर जिन्दगी अनि थाहा हुन्छ जीउनुको मज्जा” तर म भन्छु किन जिउने कसैको लागी, तपाईको जीवन भगवानले अरु कसैको लागी नभएर तपाईकै लागी बनाईदिएका हुन। कसरी भन्ने सवालमा धेरै भन्न नपर्ला तपाईले अत्यधिक माया गर्ने र जो सँग सगै जीउने सगै मर्ने कसम खानु भएको छ भने भ्रम मुक्त हुनुहोस। किनभने तपाईको प्रिय जनको निधन भयो भने के गर्नु हुन्छ ?के तपाई पनि सङ्गै चितामा जल्नु हुने छ कि खाल्डोमा सगै पुरिन तयार हुनुहुन्छ?,अह यो सब गर्न सक्नु हुदैन तपाईको साथ घरको ढोका सम्म या त्यो भन्दा टाढा भए घाट सम्म पुर्याएर सुकेको दाउरामा राखेर जल्दै गरेको आफ्नै आखाले देख्दा समेत सहानुभुतिको दुई थोपा आसु र एक बचनमा समेत कन्जुस गर्नुहुने छ। यो नियम दोहोरो हुने छ, तापाईको आमा - बा, दाजुभाई, दिदिबहिनी, ईष्टमित्र, छोराछोरी, साथीभाई अनि श्रीमान, श्रीमती आदी तपाईको कोहि होईनन्। तिनिहरु सबैभन्दा पहिला तपाई जस्तै आम मानव हुन। उनिहरुले पनि तापाईले झै गर्ने छन, अनि अरुले सिकाएको नाता सम्बन्ध, आज तपाईको टाउकोमा प्रसव पिडा भएको छ भने के तपाईको प्रिय -जनले पिडाको अनुभुति गरेका छन्? कि तपाईको आधा पिडा लान सकेका छन? सोच्नुहोस अह हुदैन केहि शरिर मेरो पिडा मेरो कष्ट मेरो डर त्रास, अनावस्यक तनाव, चिन्ता आदी मेरो तर बाच्नु पर्ने अरुको लागी? अरे कोहि कोहि त झन यो धर्तिमा एक दिन खुसीले बाच्न सकेको छैन उसैले झन स्वर्गको आनन्दमय जिवनको अभिलाषा गर्दै दिवा स्वप्ना देखेर कहिले थाक्दैनन । मानिसहरु जिन्दगी जिउने आसमा पलपल मरिरहेका छन् । कोहि खान नपाएर मरेका छन् कोहि धेरै खाएर मरेका छन् भने कोहि बाच्न नजानेर मरेका छन् ।
मान्छेहरु भन्ने गर्छन, आफ्नो लागी त कमिला पनि बाचेको छ। अरे मुर्ख मानिस एकदिन केवल एक दिन कमिलाको शैलीमा जीएर त हेर केहि बुझ्ने छौ जिन्दगीको महत्व के हो। ज्यान तपाईको प्राण तपाइको तपाइले लिने प्रत्येक स्वासप्रस्वास तपाईकै अनि दुख दुखाई, पिडा कष्ट, जति तपाईको अनि खुसी जति अरुको? म ४० वर्षिय पुरुष हु मैले यो अवस्थामा कस्तो लगाउने कस्तो खाने समाजमा देखाउनकै लागी भए पनि खोक्रो आदर्श देखाउनु पर्ने? मैले ग्राउन्ड (ट्यापे) गरेको जिन्स लगाउदा समाजमा कुरा काट्छन भने काटुन मलाई जसरि खुसि मिल्छ म त्यो लगाउछु जे खान मन लाग्छ खान्छु, मैले छिमेकीलाई मागेर लाएको होईन खाएको होईन, किन तिनीहरु मेरो कुरा काट्ने सायद तिनिहरुको काम नभएर होला फुर्सदको सदुपयोग गर्नको लागी मेरो कुरा काटेको मलाई बाल मतलब छैन किनकी म त्यो कपडामा आफुलाई सन्तुष्ट पाउछु । बिवाहित महिलामा निकै कठिनाई हुने गरेको छ , बिवाह पश्चात लागाउने वश्त्रको बिषयमा, आफ्नो शरिर हो तर कपडा अरुले छानेको लाउन पर्ने के त्यसो गर्दा खुसि होला कि उसलाई भनिदिने जस्तो ईच्छा लाग्छ त्यस्तै लागाउ तर सामाजिक मर्यदाको ख्याल गर यदि यसो भनिदिने हो भने अदभुत खुसी मिल्थ्यो होला। तपाईलाई जे लगाउन मन लाग्छ लगाउ, जे खान मन लाग्छ मज्जाले खाउ, जहा जान मन लाग्छ जाउ, अरुको लागी नलाउ, न खाउ, नजाउ, जे गर्छौ गर तर तिम्रो खुसिले त्यसैले खुसी अन्त कहि पाउदैन, आफै भित्र छ त्यसलाइ आमाको पटुकिमा होइन, बुबाको गोजिमा होइन, श्रीमान् , श्रीमतीको! साथमा होईन, साथि भाई, आफ्न आफन्तको घरमा होइन, आफ्नै मन भित्र आफ्नै शरिरमा आफ्नै स्वासमा खोज्नुहो पक्कै सधैको लागी हासिल गर्नुहुनेछ। यो मैले कुनै पुस्तक पढेर वा ध्यान साधाना गरेर प्राप्त गरेको ज्ञान होईन बिगत केहि साल देखी मेरो वास्तविक जिबनमा घटेको घट्नालाई उजागर गरेको हु।
खिम सुनार दोहा कतार।।