मुग्लानी खबर डट कम
बिवेक पुलामी मगर 09 अप्रिल 2017 [ दाेहा ]
नेपाल मगर संघ,शाखा कतारको मातहतमा रहेको साहानिया एरिया समितिले २०१७ अप्रिल ६ तारिकका दिन पदम थापामगरको सभापतित्व तथा नरेन्द्र ल्हायो मगरको सञ्चालनमा केन्द्रिय समितीका अध्यक्ष महेन्द्र थापामगरको प्रमुख आतिथ्यमा, केन्द्रिय समितिका संगठन सचिव बिवेक पुलामी मगरको बिशेष आतिथ्यमा नेपाल मगर संघ,शाखा कतार, साहानिया एरिया समितिको पांचौ भेला सम्पन्न भएको छ ।
नेपाल मगर संघ, शाखाको १२ औं महाधिवेशन जुन ३० २०१७ मा हुन गैरहेको ले संघको मातहतमा रहेको संपुर्ण समिति, कोष आदि सबैको बिधानत भेला, साधारण सभा गराउनु पर्ने प्रावधान रहेको छ ।
यसै अनुसार यस सहानियां एरिया समितिको भेला कार्यक्रमको औपचारिकता संगै शुरु भएको कार्यक्रममा स्वागत मन्तब्य भागिराम बुढा मगर ले दिनु भएको थियो । भने कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । भेलामा शुभकामना मन्तब्यको क्रममा बक्ताहरुले मगर रमगर संघको बारेमा चर्चा गर्नुहुँदै साहनिया एरिया समिती शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्तगर्दै शुभकामना पनि दिनुभएको थियो । कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी अध्यक्ष महेन्द्र थापामगरले संघको स्थापनाकाल देखिकोे गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था र सहानिया एरिया समिति हरेक क्षेत्रमा अगाढी बढि रहेकोमा संपुर्ण कार्य समितिका पदाधिकारी लाई धन्यवाद दिनु भएको थियो भने अन्तमा सभापतिले भेलामा उपस्थित सहभागिहरुमा धन्यवाद सहित खुल्ला शत्रको कार्यक्रमलाई अन्त्य गर्नु भएको थियो ।
बन्द शत्रको कार्यक्रममा का.वा. सचिव दिनेश आले मगरले सांगठिनिक प्रतिवेदन र कोषाध्यक्ष कैलाश बुढा मगरले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाईसामान्य शंसोधनका साथ भेलालेसर्वसहमत वाट पारित गरेको थियो । केन्द्रिय समितिका संगठन सचिव बिवेक पुलामी मगरको संयोजकत्वमा गठित निर्वाचन समितिले पुन पदमथापामगर (पाल्पा) का अध्यक्षतामा १५ सदस्यिय समितिको चयन गरेको थियो ।
उपाध्यक्षमा नरेन्द्र ल्हायो मगर (सिन्धुली),सचिवमा दिनेश आले मगर (ओखलढुंगा), सहसचिवमा भागिराम बुढा मगर (रोल्पा), कोषाध्यक्षमा कैलाश बुढा मगर (रोल्पा), सह कोषाध्यक्षमा जनक बुढा मगर (रुकुम) र सदस्यहरुमा गमवहादुर खाम्चा मगर (पाल्पा),मनोज थापा मगर (रोल्पा), डोल ब. बुढा मगर(पाल्पा), दुर्गा ल्हायो मगर (ओखलढुंगा), पहलसिं थापा मगर (उदयपुर, भक्त ब. ढेंगा मगर (नवलपरासी), टुसार पुन मगर (लमजुङ), रमेश रोका मगर (रोल्पा), पल ब. बुढा मगर (रोल्पा) र बैकल्पिक सदस्यमा खिमलाल रोका मगर(रुकुम) निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचन समितिवाट निर्वाचित नयां कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिको रहोवरमा प्रमुखअतिथी अध्यक्ष महेन्द्र थापामगरले संस्थागत शपथ ग्रहण गराउनुभएको थियो । अन्तमा निर्वाचित समितीका अध्यक्षले मन्तव्य नयां निर्वाचित सदस्यहरुमा भविष्यमा साहनियामा रहेका मगरहरु संग हातेमालो गरी समितिलाई अगाढी लैजानुपर्ने र यस कार्यका लागि संपुर्ण पदाधिकारीहरुको साथ र सहयोगको अपेक्षा लिएको बताउनु भएको थियो ।