मुग्लानी खबर डट कम
बिरेन्द्र कु थाक्थुम्बा (सुबास) 04 अप्रिल 2017
आज इलामको टुडिखेल मैदानमा भएको अन्तरराष्ट्रिय टुवोर्ग माई माईभ्याली गोल्डकप 2017 खेलको अन्तिम फाइनल सम्पन्न भएको छ ।
दर्शकहरुको बाक्लो उपस्थितिसंगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशबकुमार बिष्टको प्रमुख आथितियमा अन्य जिलास्तरिया खेलकुद कमिटीका अथितीहरु, राष्ट्रिय कलाकार सिब श्रेष्ठ लागायत् आर्मी प्रहरी र अन्य समाजिक सस्था बाट अथितिको रुपमा उपस्थित रहेको शो-कार्यक्रमलाइ शुन्दर नगरी इलामालाई मौसमले नी निक्कै साथ् दिरहादा आयोजकको दर्बिलो ब्यबस्थापनले खेल सौहाद्रापूर्ण रुपमा खेल सफल भएको थियो ।
खेल फाइनलको प्रतिसपर्धीहरुमा नेपाल त्रिभुवन आर्मी क्लब भर्सेश रमपम झापा-११ बीच कडा प्रतिस्पर्दा भएको थियो । खेलको मध्यान्तर अगी शुन्य बराबर भएको थियो भने त्यसपछी ९० मिनेटको पुरैसमयमा पनी शुन्य बराबर भएपछी ट्राइबेकरमा रमपम झापा-११ ले दुई गोलको बिरुद्द चार गोल गरी खेलमा विजय गरी खेल सकिएको थियो ।
त्यसपछी पुरस्कारहरु वितरण निम्ननुसार भएको थियो ।
प्रथम बिजेता टिमलाई रु.चार लाख नगद पुरष्कार सहित शिल तथा मेडलहरु
र दितीय बिजेता टीमलाईलाई रु. दुई लाख पचास हजार सहित शिल, मेडलहरु र सर्बोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी बाट बिबेक बस्नेतले घोषित गरी पचिस हजार नगद सहित १५० सिसि यामहा मोटर-बाईक पुरष्कार प्राप्त गरेका थिए ।
त्यस्तै उत्कृष्ट राइजिंग खेलाडीमा इलामका अभिनाश लिम्बुले नगद १५००० पुरस्कार सहित ट्रफी प्राप्त गरे भने उनी अहले हालै आसलाग्दा उदयीमान खेलाडीको रुपमा चिनिन्छंन !
लगायत अन्य ब्याक्तिगत उत्कृष्ट खेलाडीहरुलाई बिभिन्न सिर्षक अनुरुप ट्रफीक मेडलहरु वितरण गरिएको थियो र अथितीहरुलाई पनी इलामको मायाको चिनो स्वरूप उपहारहरु अयोजक दुवारा वितरण गरिएको थियो !
पुरस्कार वितरणको अन्त्यमा आयोजक तथा पुरस्कार वितरण सभाका सभापति निरज खड्काले कार्यक्रमलाई सम्बोधन गर्दै समाप्त गरेका थिए ।
नोट: झापाका खेलाडी कर्ण लिम्बुको दर्शकले आसा गरे बमोजिम प्रस्तुती नभएको र उत्कृष्ट खेलाडीमा त्रिभुवन आर्मी क्लबका बिबेक बस्नेत घोसित गलत भएको आम दर्शकहरूले बाहिरै व्यक्त गरेका र सामाजिक संजलाहरुमा पनी पोखिन थालेको ले निणर्यकहरुमाथी प्रश्न चिन्ह उठ्दै छ भने खेल बिगतका पहिलो र दोश्रो भन्दा खासै नौलो प्रतियोगिता नभएको उपस्थित दर्शकहरुको भनाइ पाइन्थियो