मुग्लानी खबर- ३० कार्तिक २०७६
“तामाङ कला र सस्कृतिको जगेर्ना गरौ बिस्वभरि छरिएर रहेका तामाङ कलाकार एक हौ “ भन्ने मूल नाराका साथ सन : २०१६ मा स्थापित तथा नेपाल प्रबासी तामाङ समाज कतार द्धारा संरक्षण प्राप्त नेपाल तामाङ कलाकार संघ दोहा कतारको तेस्रो साधारण सभा अधिबेशन हिजो नोभेम्बर १५ तारीख शुक्रबारका दिन कतारको नज्मा स्थित गोर्खा नेपाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।
निवर्तमान कार्यबाहाक अध्यक्ष सोमन तामाङको सभापतित्व प्रमुख अतिथि र अतिथिहरुको हातबाट दिप प्रज्वलन र नेपाली राष्ट्रिय गान संगै सुरु भएको उक्त कार्यक्रममा संघका प्रथम उपाध्यक्ष तारा थिङ तामाङद्वारा अतिथिहरुका लागि स्वागत मन्तव्य राखिएको थियो भने स्थानीय कलाकारहरुले संघले भर्खरै मात्र बजारमा ल्याएको गीतमा स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिमा नेपाल प्रबासी तामाङ समाज कतारका बर्तमान अध्यक्ष धिरेन तामाङ रहेका थिए । बिशेष अतिथि र अतिथिहरुमा नेपाल प्रबासी तामाङ समाज कतारका लामा गुरु गुर्बा लामा, प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङ लगायत सल्लाहकारहरु, संस्थापक तथा प्रमुख संरक्षक सुक बहादुर तामाङ र संरक्षकहरु, म्हेन्दोमाया समाज दोहा कतारका उपाध्यक्ष गौतम तामाङ, साथै कतारमा कृयाशिल विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाज सेवी तथा बुद्दीजीविहरुको उपस्तिथी रहेको थियो ।
निवर्तमान पदाधिकारीहरुलाई खादा र सम्मान पत्र द्वारा सम्मान गर्दै बिदाई गरिएको थियो भने कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि र अतिथिहरु लगायत विभिन्न ब्यक्तित्वहरुबाट निवर्तमान कार्यसमितिलाई बधाई तथा नव कार्यसमितिलाई सफलताको शुभकामना दिईएको थियो। सस्थाको २०१८/२०१९ कार्यकाल अवधिमा गरेका प्रगति प्रतिवेदन सस्थाका सचिव नेत्र वाईबा तामाङले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन महासचिव रन्जित तामाङले प्रस्तुत गरेका थिए।
दोस्रो अधिबेशनका निर्वाचन संयोजक शंखलाल तामाङको संयोजकत्वमा सम्पन्न भएको उक्त अधिबेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यकालका लागि पदाधिकारीहरुमा क्रमस अध्यक्षमा सोमन तामाङ, उपाध्यक्षमा नबराज तामाङ, द्धितिया उपाध्यक्षमा कुमार ओख्रेली, महासचिवमा ईन्द्र तामाङ, सचिवमा रबिन्द्र तामाङ, कोषध्यक्षमा समिर तामाङ, सह कोषाध्यक्षमा सृष्टि तामाङ विजयी भएका छन भने नव निर्वाचित सदस्यहरुमा मोहन थिङ तामाङ, सम्सेर तामाङ, चक्र तामाङ, एलिना तामाङ, सिर्चेन तामाङ, अस्मिता पाख्रिन र मान बाहादुर तामाङ गरि पन्ध्र जनाको कार्यसमिति बनाएको छ ।
कार्यक्रमको अन्त्यमा बोल्दै नवनिर्वाचित अध्यक्ष सोमन तामाङले सबैको साथ र सहयोग लिएर संस्थालाई अझै चुस्त दुरुस्त ढंगबाट अगाडी बढाउने प्रतिबद्धता जनाएका थिए । नवनिर्वाचित कार्यसमितिलाई खादा ओडाएर स्वागत तथा सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको संचालक निवर्तमान महासचिव रन्जित तामाङले गरेका थिए।