मुग्लानी खबर-२५ कार्तिक
नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा रुबिभ्याली गाउँ पालिका वडा न• २ का स्थानिय बासिन्दा ब्रेन ट्युमर पीडित हिमाल घलेको उपचारार्थ संकलित आर्थिक सहयोग मुग्लानी खबर मिडिया मार्फत हस्तान्तरण गरिएको छ।
नुवाकोट धादिङ रसुवा कुवेतका बरिस्ठ उपाध्यक्ष तथा मुग्लानी खबर कुवेत प्रतिनिधि ईमान तामाङ तथा समाजका कोषा अध्यक्ष कार्लो तामाङ र सास्कृतीक बिभाग उपप्रमुख रिता माया तामाङ को नेतृत्वमा त्यहाँ स्थित कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनिहरुबाट संकलन गरिएको नेपाली रुपैया ४२,४२५/-बयालिस हजार चार सय पच्चीस अक्षरेपी मुग्लानी खबरको टिम अन्तर्गत राजनितीक खरो बिश्लेशक डा. सुरेन्द्र केसी,अध्यक्ष थर्च लामा,प्रबन्ध निर्देशक दिलमाया तामाङ राणा , टिभी जर्नालिस्ट राज कुमार राई र समाजसेवी गोपाल राना लगाएतको टिमले बिरामी परिवारलाई प्रत्यक्ष भेटी आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
मुग्लानी खबरद्वारा समाचार सम्प्रेषण पश्चात् पिडित परिवारको दयनिय अवस्थालाई हेरी थप उपचारार्थ संकलित दोस्रो आर्थिक सहयोग हस्तान्तरण हो।पीडित बालकको कुवेत स्थितआर्थिक सहयोग गर्ने दाताहरुमा केसब बि.क- नुवाकोट,
कुल ब. तामाङ- धादिङ ,सितामान तामाङ -नुवाकोट,लाल माया तामाङ -धादिङ ,छिरिङ तामाङ -नुवाकोट,अबिनास तामाङ -धादिङ,सलमाया तामाङ- धादिङ ,राकेश तामाङ- धादिङ ,निमा घले - रसुवा ,सुमिना लोप्चन -रसुवा ,हित माया तामाङ -नुवाकोट ,धर्म तामाङ- नुवाकोट,माया तामाङ- रसुवा,
गणेश तामाङ- नुवाकोट ,माया मोक्तान -रसुवा,सर्चित माया तामाङ- धादिङ ,सीता माया तामाङ- धादिङ,चो माया तामाङ- धादिङ , चन्द्र बहादुर तामाङ -नुवाकोट,लुक बहादुर तामाङ- तनहु,कार्लो तामाङ -धादिङ ,माेटु माया तामाङ -धादिङ,नुनि माया तामाङ- धादिङ ,सुर्य तामाङ -नुवाकोट लगाएतका दाजुभाई तथा दिदिबहिनिहरु रहेका छन।