मुग्लानी खबर डटकम
सन्तोष कुवर 01 अप्रिल 2017
प्रवासको पसिना,स्वदेशको साकार सपना भन्ने नाराका साथ बि.स.२०५४ सालमा कतारमा स्थापित नेपाली संघ सस्थाहरु मध्ये सबै भन्दा पुरानो संस्था खोटाङ सेवा समाज कतारले ३१ मार्च २०१७ का दिन दोहाको नज्मा स्थित अलनख्यान रेस्टुरेन्टको सभाहलमा सम्पन्न नबौ साधारण सभाले तिल बहादुर खत्रीलाई अध्यक्षमा निर्बा्चित गरेको छ ।
संस्थाका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न नबौ साधारण सभामा गैह्र आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्य परिषदका गल्फ उप संयोजक उमेश अधिकारिको प्रमुख आथित्यता रहेकोथियो । तेस्तै अन्य अतिथि हरुमा दोहामा स्थापित बिभिन्न राजनीतिक,सामाजिक,जातीय र धार्मिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
ब्यानर अनावरण, दीपप्रज्वलन,रास्ट्रीय गान र मौन धारण संगै शुरु गरिएको कार्यक्रममा दृतिय उपाध्यक्ष एकराज राइले खोटांग जिल्लाको चिनारी बारे प्रस्ट् पारेका थिए भने जिल्लामा एम्बुलेन्स संचालन गर्नुको उदेश्यहरु र सस्थामा अहिले सम्म उठेको सहयोग बारे संस्थाका सचिब कैलाश श्रेस्ठले प्रकाश परेका थिए ।
प्रमुख अतिथि उमेश अधिकारीले आफुपनि खोटाङको भएको र खोटाङ बासीहरुले यतिठुलो कार्य गरिरहदा निकै खुसि भएको बताए । जिल्ला भित्र प्राय जसो गाविसमा सडक पुगी सकेको र जिल्ला बासि बाट पनि यसरि सहयोग हुनु भनेको आफ्नु जन्मभुमिप्रतिको माया रहेको बताउदै आगामी दिनमा पनि यस्ता खालको सहयोग गर्ने आशा राखेको बताउदै सम्पूर्ण सहयोगी मन प्रतिहार्दिक धन्यबाद प्रकट गरेका थिए ।
संस्थामा बिभिन्न हिसाबले सहयोग गरेका र एम्बुलेन्स अभियानका ११८ सहयोगीलाई प्रसंशापत्र,कदरपत्र,सम्मानपत्र र ताम्रापत्रले खादातथा दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरुङले सस्था संचालनमा आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यबाद दिदै यति धेरै खटी कार्यक्रम सफल पार्नु हुने सम्पूर्ण कार्य समितिका सदस्यहरु,सल्लाहकारहरु प्रति पनि आभार व्यक्त गरेका थिए ।
अध्यक्ष गुरुङले हिजोका दिनमा जसरि सस्थाले आफ्नु शिर झुक्न दिएको थिएन आउने दिनमा पनि यसले निरन्तरता पाउने कुरामा ढुक्क रहेको बताए ।अन्त्यमा सम्पर्ण आमन्त्रित अतिथि गणहरु तथा खोटाङ बासीहरुलाई धन्यबाद दिदै आउने कार्यसमितिलाई कार्यकाल सफलताको कामना सहित कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रमको स्वागत मन्तब्य प्रथम उपाध्यक्ष तिल बहादुर खत्रीले राखेका थिए भने कार्यक्रमको संचालन सस्थाका महासचिब रुद्र आचार्य गरेका थिए ।
नव निर्बाचित कार्यसमिति को नामावली ।।
अध्यक्ष तिल खत्री,प्रथम उपाध्यक्ष एकराज राई,दितिय उपाध्यक्ष रुद्र प्रसाद आचार्य,महासचिब कैलास श्रेष्ठ,सचिब पबन श्रेष्ठ,कोषाध्यक्ष डिल्लीशेर खडका, सह कोषाध्यक्ष दिनेश कार्की रहेका छन भने सदस्यहरुमा बिज्ञान राई,जैबि राई चाम्लिंग,रबिन शेर्पा,बलराम आचार्य,महेश दाहाल,किशोर भट्टराई,टिका नारायण श्रेष्ठ,सन्तोष आले,सी एम पुरी,तोया खनाल,बलराम तामाङ,जीवनकार्की,रामकुमार मगर,हुक्तराज राई रहेका छन् । निर्बिरोध निर्बा्चित उक्त कार्यसमितिको निर्बाचन समितिमा संयोज कबिल गुरुङ र सदस्यहरु धिरज चाम्लिंग राई र चन्द्रशेर राई रहेका थिए ।