मुग्लानी खबर डट कम
अर्जुन घिमिरे 01 अप्रिल 2017 [ दाेहा ]
स्याङ्जा सहयाेग समाजकाे चाहना बिशुद्द सामाजिक सेवाकाे भावना भन्ने मुल नाराका साथ सन् 2005 मा स्थापित स्याङ्जा सहयाेग समाज कतारकाे बाह्राैँ बार्षिकउत्सब, नेपाली नया बर्ष २०७४ काे शुभकामना आदानप्रदान, बनभाेज तथा साँस्कृतिक कार्यक्रम ३१ मार्च २०१७ शुक्रबार उमसलाल अलि स्थित अल दाना क्लबमा भब्यताका साथ सु सम्पन्न भएकाे छ ।
समाजका अध्यक्ष धनञ्जय लम्साल काे सभापतित्व, नेपाली दुताबास कतारका द्वित्तिय सचिब श्री हरि प्रसाद अर्याल काे प्रमुख आतिथ्यता, समाजका प्रमुख सल्लाहकार गाेप सुनार, एन आर एन आई सि सि मध्यपुर्व उपसँयाेजक, आई सि सि सदस्यहरु, एन सि सि उपाध्यक्ष, समाजका सँस्थापक उपाध्यक्ष, सँस्थापक सदस्यहरु लगायत सल्लाहकारहरु, सामाजिक तथा बैचारिक सँस्थाहरु, काे विशेष आतिथ्यता, जिल्ला सँस्थाहरु, धार्मिक, साँस्कृतिक, जातिय लगायत सामाजिक सँस्था हरुकाे आतिथ्यता रहेकाे थियाे । स्याङ्जाबासि तथा गैर स्याङ्जा बासिहरुकाे र बाक्लाे उपस्थिति रहेकाे कार्यक्रममा स्वागत मन्तब्य समाजका उपाध्यक्ष अजमत अलि ले राखेका थिए भने समाजका सचिब अर्जुन घिमिरेले सँचालन गरेका थिए ।
दिप प्रज्वलन सँगै समुद्घाटन भएकाे कार्यक्रममा सभापति प्रमख अतिथि विशेष अतिथिहरु लगायतले केट काटेर बाह्राैँ जन्माेत्सब मनाईरेकाे दृष्य मनमाेहक थियाे ।
कार्यक्रममा बक्ताहरुले स्याङ्जा जिल्ला नेपालमा मात्र नभई प्रवासमा पनि उदाहरणिय जिल्ला भएकाे , समाजले स्थापनाकालदेखि नै कतारमा रहका सँगठनहरु र दुतावास सँग समन्वय गर्दै सामाजिक कार्यमा अग्रणि भुमिका निर्वाह गरेकाे प्रति प्रशंसा गर्दै समाजलाइ थप सफलताकाे शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा समाजकाे विशेष पहलमा स्याङ्जा जिल्लालाई समेटेर तयार पारिएकाे स्याङ्जाकि चेली टाैमाया गुरुङ काे गीति एल्बम स्याङ्जा दर्पणकाे छायाँकन समेत भएकाे थियाे ।
कार्यक्रम मा समाज काे गरिमालाई स्थापना कालदेखि याे उचाई सम्म ल्याइ पुर्याउन विभिन्न कालखण्डमा याेगदान पुर्याउनुहुने सँस्थापक, अग्रज , सहयाेगि लगायत लाई सम्मान पत्रले सम्मानित गरिएकाे थियाे । साथै समाज प्रति बफादार भई समाजमा सक्रिय रहेकाे निबर्तमान कार्यसमिति लाई कदर पत्र प्रदान गरिएकाे थियाे भने कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न आफ्नाे प्रस्तुति राख्नुहुने कलाकार हरुलाइ समेत प्रशंसा पत्रले सम्मानित गरिएकाे थियाे ।
कार्यक्रममा नवप्रतिभा साँस्कतिक परिवार का कलाकारहरु शिवराम ढकाल, रुबिन बिसि, सँजिप बिक , बन्धु घिमिरे, ऋषिराम पाैडेल, बिश्वकर्मा सँस्कृतिक परिवारका कृष्ण घायल । गायक अबिरल अजित, सबिन चाैधरि र सानि नानी पुजा केसि ले गायन र सुनिता सेन्चुरि , भरत केसि , रिदम कला केन्द्र कि लक्ष्मि गरि, खगेन्द्र परियार सुवास तामाङ र अन्जान तामाङ काे नृत्य साथै मितेरी साँस्कृतिक परिवारका सँयाेजक ईमानसिँह ठकुरि ले कमेडि नृत्य प्रस्तुत गरेर दर्शकलाइ भरपुर मनाेरन्जन प्रदान गरेका थिए ।
अन्तमा कार्यक्रम सफल बनाउन आ आफ्नाे स्थानबाट खट्नुहुने साथै निमन्त्रणा स्विकार गरि उपस्थित सबैलाई धन्याबाद दिदै सभापतिले कार्यक्रम समापन गरेका थिए ।