बहराइन । नेकपा एमाले सम्बद्ध प्रवास सङ्गठन प्रवासी नेपाली मञ्च बहराइनले आउँदै गरेको मुस्लिम धर्मावलम्बी हरुको महान चाड "इद अल फितर" मा हुने ३ दिनको बिदा लाई सदुपयोग गर्दै सास्कृतिक कार्यक्रम गर्ने भएको छ । इदको पहिलो दिन हुन लागेको उक्त कार्यक्रममा नेपाल का ख्यातिप्राप्त कलाकार हरुको उपस्थिति रहनेछ । कलाकारहरु धिरज राई, भुमिका गिरि तथा कृष्ण काफ्लेको बिशेष उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको आयोजकले जानकारी दिएको छ ।
एक ताका निकै चर्चित बनेका पप गायक एवम डान्सर धिरज राईको बेजोड प्रस्तुतीले दर्शकको मन जित्न सक्नेमा आयोजक बिश्वस्त रहेको छ । उनी गीत गाउदै नाच्नमा पनि माहिर छन् । त्यस्तै गरेर पछिल्लो समय लोकगीत मार्फत दर्शक माझ चिनिएकी लोक गायिका भुमिका गिरिले पनि आफ्नो प्रस्तुती मार्फत दर्शक नचाउनेमा दुई मत छैन । त्यस्तै बिगत १०/१२ बर्ष अघि बाट निरन्तर साङ्गीतीक यात्रामा संघर्ष गरिरहेका आधुनिक गायक कृष्ण काफ्लेले पनि आफ्नो बेजोड प्रस्तुती दिनेछन । बर्षकै सुपरहिट चलचित्र छक्का पन्जामा " देखन चम्पा सुनन चम्पा" बोलको गीत गाएर एकाएक चर्चामा आएका काफ्ले यतिखेर देश बिदेशमा हुने स्टेज कार्यक्रमहरुमा ब्यस्त हुन थालेका छन् । राष्ट्रिय स्तरका कलाकारहरुसगै बहराइनमा रहेका नेपाली कलाकार हरुले पनि उक्त कार्यक्रम मा आफ्नो प्रस्तुती दिनेछन् ।
मुस्लिम धर्मावलम्बी हरुको महान "इद अल फित्तर-2017" मा हुन लागेको उक्त कार्यक्रममा बहराइन बासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा उपस्थितिको लागि आयोजक ले अनुरोध गरेको छ । साथै बहराइनमा रहेका सम्पुर्ण संघ संस्थाहरु, राजनीतिक पार्टीका भातृसङ्गठनहरु, बुद्धिजिवि बर्ग, ब्यापारी बर्ग लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा तन, मन, धनले सहयोग गरी कार्यक्रम लाई भब्यताका साथ सफल पारिदिनुहुन पनि आयोजक टीमको अनुरोध छ ।
मिति :- इद अल फित्तर को पहिलो दिन 2017
स्थान :- डेल्मोन इन्टरनेसनल होटल, मानामा (गोल्ड सिटि अगाडी )
समय :- साझ ठिक ६ बजे देखी