मुग्लानी खबर कार्तिक १७
तराईका जिल्ला लगायत नवलपरासी पश्चिममा छठ पर्व अन्तर्गत आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत आइतबार साँझ सूर्यलाई अर्घ्य दिएका छन् । नवलपरासीको रामग्राम परासी,प्रतापपुर, गुठी परसौनी, सुस्ता, सरावल महेशपुर पाल्हिनन्दन, लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।
छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाड़ा वर्तन,कनसुप्ति, छिट्टा (बाँसले निर्मित सामग्री)० सहितका भाड़ा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढ़ाउने गर्दछन् ।
सन्तानको प्राप्ति र लामो आयुका लागि गरिने छठ पर्व गर्दा छाला सम्बन्धी रोग समेत नलाग्ने जनविश्वास रहेको छ ।
छठ पर्व शनिवार साँझ अस्ताउँदै गरेको सूर्यलाई त्यही अर्घ गर्दै छठ पर्व सुरु भएको थियो भने दुई दिन लगातार निराहार व्रत बसेका व्रतालुहरुले आइइतबार दिन व्रत तोड्दै पारन गर्नेछन् ।